• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

के आर्मीले लिग जिते पहिलो उपाधि हो? 

‘इतिहास मेटाएर मेटिँदैन’ 
64x64
ऋग्वेद शर्मा शुक्रबार, फागुन २, २०७६  १९:०१
1140x725

काठमाडौं- ‘आर्मी अहिलेसम्म लिग च्याम्पियन भएको छैन। हामीले लिग सुरु हुँदादेखि नै एउटा लक्ष्य बनाएका थियौँ- जसरी भए पनि लिग जित्ने’ त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेको भनाइ हो यो। 

सहिद स्मारक ‘ए’ डिभिजन लिगको ४३औँ संस्करणको अन्तिम खेलमा शनिबार आर्मीले मछिन्द्र क्लबविरुद्ध खेल्दैछ। दशरथ रंगशालामा दिउँसो साढे १ बजे हुने खेलले नै यो लिगको विजेता टुंगो लाग्नेछ। 

मछिन्द्र क्बलले आर्मीलाई हराएमा उसको पहिलो ‘ए’ डिभिजन उपाधि हुनेछ। मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल पहिलो उपाधिको जितमा आफूहरु कुनै कसर बाँकी नराख्ने बताउँछन्। यता आर्मीका प्रशिक्षक नवीन न्यौपाने पनि आफूहरु पहिलो उपाधिको योजनामा रहेको नै बताउँछन्। 

तर आर्मीले जितेमा पहिलो उपाधि हो या दोस्रो उपाधि हो भन्ने तर्क भिन्न ढंगले आइरहेका छन्। ‘आर्मी पहिलो उपाधिको खोजीमा’ जस्ता शैलीमा समाचार शीर्षकहरु आइरहेका छन्। खेलाडीदेखि प्रशिक्षकसम्म पहिलो उपाधिकै रटानमा छन्। 

खास कुरा के हो त? एकैछिन नेपालमा लिग फुटबलको सुरुवात र सहिद स्मारक ‘ए’ डिभिजन लिगको जन्मलाई नियालौँ, 

नेपालमा फुटबल कहिलेदेखि खेल्न थालियो यकीन छैन। बिस १९७० को दशकमा नेपालमा खेलाडी जुटेर राम्ररी फुटबल खेल्न थालेको भनाइ भने सुनिन्छ। त्यसमा विशेष त भारत कोलकाता पढ्न जाने राणा शासकको देन छ। 

राणाप्रधानमन्त्री जुद्धसम्सेरका नाति नरसम्सेर जबराले पनि कोलकातामा नै सिकेको फुटबल नेपालमा आएर विकास गर्न निकै काम गरेका थिए। राणा दरबारभित्र सीमित फुटबल उनैले सर्वसाधरणको पहुँचमा पुर्‍याएको विश्वास गर्ने आधारहरु पाइन्छ।  

ट्रफीसाथ आर्मीका कप्तान भरत खवास र मछिन्द्रका कप्तान विराज महर्जन।

नरशम्सेरकै पहलमा बिस १९९५ मा नेपालमा पहिलो अनाधिकारिक लिग फुटबलसमेत भएको थियो। त्यो लिग पाटन टुँडिखेलमा गरिएको थियो। जहाँ अहिले सेनाको राजदल गणको ब्यारेक छ। त्यो लिगमा नरसम्सेरको सक्रियतामा जावलाखेल,  भारतीय दुतावासका कर्मचारी मिश्रित ठमेल, डिल्लीबजारको महावीर क्लब, पाटन, क्रषिकेश शाहहरूको सक्रियतामा गठित इन्टर इन्टिस्च्युट लगायतका टोली समावेश रहेको लेखोटहरु पाइन्छ। तर झगडाको कारण त्यो लिग बिचमै टुंगियो। जुन झगडा राणा प्रधानमन्त्री कहाँ पुग्दा लिग पुनः सुरु गर्न नसकिएको बताइन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पछि बिस २००४ सालमा नरशम्सेरकै सक्रियतामा नेपाल फुटबल संघको गठन भएपछि पद्म सम्शेरको सहमतिमा केही वर्षमा नै आधिकारिक लिगका रुपमा आयोजित राम जानकी कप सुरु भयो। त्यसलाई नेपाली फुटबल विकासको मुख्य आधार मानिन्छ। 

बिस २००७ सालपछि रक्षा दल (हाल नेपाल प्रहरी) ले रामजानकी कपको पहिलो तीन वटै संस्करण जितेर शील्ड नै पचाएपछि उक्त लिग पनि संकटमा परेको थियो। 

त्यो समय रक्षा बाहिनीका आइजी ज्ञानबहादुर याकथुम्बा थिए। उनकै नेतृत्वमा सिंहदरबारमा बसेको बैठकमा रक्षा बाहिनीका खेलाडीले रामजानकी कपलाई सहिद नामाकरण गर्ने प्रस्ताव राखेका थिए। प्रहरीकै सहयोगमा बनेको नयाँ ट्रफीलाई ‘सहिद स्मारक ट्रफी’ नाम दिएर नेपाल फुटबल संघलाई हस्तान्तरण गरियो। जसले बिस २०११ सालदेखि पुनः लिग सुरु भयो। 

२०११ सालको लिग ट्रफी। जुन आरसिटीको संग्रहालयमा सुरक्षित छ। ट्रफीमा २०१४ सालमा सैनिक ११ ले लिग जितेको उल्लेख छ।

नेपाल फुटबल संघ अस्तित्वमा रहेसम्म लिगको आयोजना १५ पटक भएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) भएपछि २०३२ यता अहिले जारी लिगसमेत २८ वटा लिग भएको छ। संरचना र अन्य सबै कुरा एउटै नै रहँदा २०११ सालदेखि नै अहिलेसम्म एउटै लिग निरन्तर हो भन्नैपर्ने हुन्छ। समय समयमा बीचका केही वर्ष लिग नभए पनि अहिले ४३औँ लिग चलिरहेको छ। 

२०११ सालमा महावीर ११ क्लब, २०१२ र २०१३ मा नेपाल पुलिसले लिग जितेपछि २०१४ सालमा सैनिक ११ टिमले लिग जितेको थियो। जुन अहिलेको स्वरुपमा हेर्दा आर्मी क्लबकै रुपमा निरन्तर हो। 

२०१७ र २०१९ सालमा एनआरटी, २०२० मा विद्या व्यायाम, २०२३ मा महावीर ११, २०२४ मा फ्रेन्ड्स युनियन, २०२५ मा देउराली क्लब ठमेल, २०२६ मा महावीर ११ र २०२७ मा पुनः देउराली क्लब ठमेलले नै लिग उपाधि जित्यो। त्यसपछि भने २०२८, २०२९ र २०३० मा रानीपोखरी कर्नर टिम (आरसिटी) ले लिग जित्दै ट्रफी आफ्नो बनाएको थियो। 

नेपाल पुलिस क्लबले पछिल्लो पटक २०६८ सालमा लिग उपाधि जित्दा २०६७ र २०६३ सँगै २०१२ र २०१३ समेतको उपाधि गणना गर्दै पाँचौँ उपाधि भनियो। त्यसो भए अहिले आर्मीलाई किन पहिलो उपाधिको खोजी भनिँदैछ त? 

सैनिक ११ ले लिग जितेको २०१४ सालतिर नै नेपाली फुटबलमा सक्रिय रहेका खेलाडी कोमल पाण्डे भने अहिले आर्मीले उपाधि जिते दोस्रो उपाधि नै हुने र इतिहास मेटाउने प्रयास कसैले गर्न नहुने तर्क गर्छन्। 

‘आर्मीले जमानामा २०१४ सालमा लिग जितिसकेको छ। यसपटक आर्मीले पहिलो उपाधिको आशमा भन्नु त इतिहास मेटाउने गलत प्रयास हो नि। त्यस्तो भन्नु मिल्दैन। एन्फा यस्तो विषयमा प्रष्ट हुनुपर्छ’, पाण्डे भन्छन्, ‘लिग उही हो। ट्रफी उस्तै हो। संरचना उस्तै हो भनेदेखिन इतिहास बिर्सेर अगाडि बढ्न हुँदैन। एन्फामा नै यस्तो जानकारी छैन भने त संघ चलाउनुको के अर्थ र!’

जारी लिगमा आर्मी टिम।

आर्मीले लिग जिते पहिलो उपाधि भन्ने कि दोस्रो त? एन्फा प्रवक्ता किरण राईले ‘यो विषय यही हो भन्ने यकीन नभएको’ भन्दै छोटो जवाफ दिए। 

एन्फा लिग समितिका निर्देशक सञ्जिव मिश्र भने प्रवक्ता राई भन्दा केही स्पष्ट र भिन्न रुपमा देखिए। ‘पहिलो उपाधि जित्दै भने पनि हुने र दोस्रो उपाधि भने पनि हुने’ भन्दै उनी भन्छन्- ‘यदि आर्मीले लिग जितेमा त्रिभुवन आर्मी क्बलको रुपमा पहिलो उपाधि भनिनु पनि जायज नै हो। २०१४ सालमा सैनिक ११ टिमलाई विभागीय टिमको एउटै रुपमा हेर्दा आर्मीको दोस्रो उपाधि भन्दा पनि हुन्छ।’  

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना शुक्रबार, भदौ २६, २०८३
अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड शुक्रबार, भदौ २६, २०८३
भोटेकोसी विपदपछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट दायर शुक्रबार, भदौ २६, २०८३
रसुवा बाढी : उद्धार टोली चिलिमे टनेलभित्र प्रवेश गर्ने अवस्थामा शुक्रबार, भदौ २६, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्