काठमाडौं– टुरिजम डेभलपमेन्ट बैंकले लगानीकर्तालाई बोनस सेयर दिने प्रस्ताव गरेको छ। बैंकको चैत २२ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो।
बैंक सञ्चालक समितिको २१२औं बैठकले लगानीकर्तालाई ३० करोड १५ लाख ९२ हजार ९ सय ८५ रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको हो।
लगानीकर्ताले भने उक्त प्रस्तावित बोनस सेयर बैंकको आगामि साधारणसभा र नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपछि मात्रै पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।