काठमाडौं– नागरिक लगानी कोषको बोनस सेयरपछिको मूल्य समायोजन भएको छ।
कम्पनीको बोनस सेयरपछिको मूल्य नेप्सेले २ हजार २ सय ५३ दशमलब २८ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य २ हजार ७ सय ८५ दशमलब ६४ रुपैयाँ दिएको थियो। नेप्सेले कम्पनीको २२ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो।
कोषको २२औं वार्षिक साधारण सभाले २२ प्रतिशत बोनस र कर तिर्न १ दशमलब १५ प्रतिशत नगद गरी कुल २३ दशमलब १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। उक्त लाभांश चैत २१ सम्म सेयर खरिद गर्ने लगानीकर्ताले पाउने छन्।
हाल नागरिक लगानी कोषको सेयर पुँजी ७४ करोड ३ लाख रुपैयाँ छ। बोनसपछि पुँजी ९० करोड ३१ लाख ५८ हजार २ सय ७२ रुपैयाँ पुग्नेछ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।