काठमाडौं– पश्चिमी वायुको प्रभावले बिहीबार पनि देशैभर वर्षा हुने मौसमविद्हरुले बताएका छन्। पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण मौसममा बदली र वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए।
उनका अनुसार मनसुनी गतिविधि अझै केहि दिन जारी रहनेछ। पूर्वमनसुनको समय भएकाले बदली हुने र मध्यम खालको वर्षा हुने उनको भनाइ छ।
मौसम पुर्वानुमान महाशाखाले भने आज देशैभर दिनभर बादल लागिरहने र मध्य, पूर्व तथा पश्चिमी भागका केहि पहाडी इलाकाहरुमा चट्याङ तथा हावाहुरीसहितको वर्षा हुने बताएको छ।
पश्चिमी वायुको प्रभावले बुधबार देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा वर्षा भएको थियो।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ११ दशमलब ४ मिलिमिटर वर्षा भएको छ।
देशभरमा सबैभन्दा बढी पोखरामा २५ दशमलब ४ मिलिलिटर तथा दाङमा १२ मिलिलिटर वर्षा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।