तनहुँ- (रासस) - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको आरोप लगाएका छन्। दमौलीमा बुधबार पत्रकार भेटघाटमा नेता पौडेलले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा भन्दा पनि झुट र भ्रमको खेतीतर्फ उन्मुख भएको आरोप लगाए। सरकार काम गर्नेभन्दा पनि लोकप्रियता कमाउनेतर्फ बढी मात्रामा लागेको उनको टिप्पणी थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भारतीय समकक्षी नरेन्द्र मोदीसँग बिग्रेको सम्बन्ध सुधार्नेबाहेक आफूले अरु कुनै उपलब्धि नदेखेको नेता पौडेलले बताए। उनले भ्रमणलाई लिएर धेरै लोकप्रियता कमाउनेतर्फ लाग्नुभन्दा पनि देशको आर्थिक समृद्धि र विकासलाई अगाडि बढाउन प्रधानमन्त्री ओलीलाई सुझाव समेत दिए। कांग्रेस अब कसरी अगाडि बढ्ला भन्ने पत्रकारको जिज्ञासामा नेता पौडेलले १४औं महाधिवेशनपछि काँग्रेस फेरि जुझारु र सक्रिय हुने दाबी गरे। कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ्नु आवश्यक रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।