काठमाडौं- सरकारले सार्वजनिक बिदा कटौती गरी अन्तिम टुंगो लगाएसँगै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि बिदाको सूची सार्वजनिक गरेको छ। राष्ट्र बैंकले विभिन्न आगामी वर्ष ३३ वटा शीर्षकको बिदामा ३७ दिन बिदा दिने निर्णय गरेको हो।
राष्ट्र बैंकले बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म १० बजेदेखि ५ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला रहने जनाएको छ। त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म वित्तीय संस्था खुला रहे पनि ३ बजेसम्म मात्रै बैंकिङ कारोबार हुने जनाइएको छ। यस अवधिमा शुक्रबार १० बजेदेखि १२:३० सम्म बैंकिङ कारोबार हुन्छ भने अन्य समयको शुक्रबार भने १:३० सम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।