काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले चीन र बंगलादशेसँग विद्युत व्यापार सम्झौता (पिटिए) गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। बिद्युत्मा बिदेशी लगानीमा भित्राउन ती देशसँग पिटिए प्रक्रिया अघि बढाइएको हो। थाइल्यान्डको बैंककमा आयोजित दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसंग द्विपक्षीय विद्युत व्यापार तथा समन्वय प्रक्रिया सुरु भएको जानकारी दिएका हुन्। भारतसंग विद्युत व्यापार सम्झौता भइसकेको जानकारी दिंदै अव वंङगलादेश र चीनसंग पनि छिट्टै उक्त सम्झौता हुने बताए।
‘हामीले भारतसंग पिटिए सम्झौता गरिसकेका छौ, अव चीन र बंगलादेशसंग पनि हामी पिटिए गर्ने तयारीमा छौ, यसबाछ क्षेत्रीय विकासमा योगदान पुग्ने विश्वास हामीले लिएका छौं,’ मन्त्री पुनले भने। नेपालमा स्थायित्व र विकासको युग सुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। विगतको तुलनामा ऊर्जा तथा जलविद्युत विकासमा उल्लेख्य सुधार भएको दावी गर्दै उनले क्षेत्रीय सम्बन्ध विस्तार, आर्थिक विकास र विद्युत उत्पादन विस्तार गर्न आवश्यक रहेको बताए।
उनले दिगो र गुणस्तरीय विद्युत विकास गर्न क्षेत्रीय सदस्यबीच सम्बन्ध बलियो हुनुपर्ने धारणा समेत कार्यक्रममा राखेका छन्। उर्जामन्त्री पुनले म्यानमारका उर्जामन्त्री जयर अंग र पाकिस्तानी समकक्षी अहमद खानसंग भेटवार्ता गरेका छन्। मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काकाअनुसार भेटमा पाकिस्तानी उर्जामन्त्रीले आफ्नो देशको उर्जा क्षेत्रको अवस्थाका बारेमा उर्जामन्त्री पुनलाई जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।