• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ललिता निवासको सरकारी जग्गा बुहारीदेखि साढुभाइसम्मलाई बकस

64x64
दुर्गा दुलाल शुक्रबार, माघ २४, २०७६  १७:३०
1140x725

काठमाडौ- ललिता निवास प्रकरणमा मालपोत विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्यदेखि युक्तप्रसाद श्रेष्ठसहित पाँच कर्मचारीले बदनियतपूर्ण रुपमा सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिएवापत त्यहीँको जग्गा आफन्तको नाममा बकसपत्रमार्फत् पास गरेको खुलेको छ।

काम गरिदिएवापत उनीहरु कसैले बुहारीको नाममा त कसैले श्रीमती, बहिनी र साढुभाइको नाममा जग्गा पास गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपपत्र अनुसार सार्वजनिक जग्गा किर्ते गर्ने कार्यमा सहयोग गरेवापत प्राप्त भएको जग्गालाई उनीहरुले लुकाउने प्रयोजनका लागि आफन्तको नाममा जग्गा पास गरिदिएका हुन्।

महानिर्देशकद्वारा बुहारीलाई बकस  
पदको अधिकार दुरुपयोग गर्दै तत्कालीन मालपोत विभागका महानिर्देशक मुकुन्द आचार्यले ललिता निवासको जग्गा आफ्नै कार्यकक्षमा लिखत तयार पार्दै पास गराएका थिए।

तत्कालीन महानिर्देशक आचार्यले आफ्नै छोरीज्वाईं बैकुण्ठ शर्मा रेग्मीलाई बकसमार्फत ललिता निवासको जग्गा दिलाए। अख्तियारमा बैकुण्ठले दिएको बयानमा मालपोत विभागका महानिर्देशक रहेका बेला कार्यकक्षमा बोलाएर सही छाप गराएको र उक्त कागजातका बारेमा प्रश्न गर्दा ससुराको विश्वास छैन भनेको बताएका छन्। उक्त जग्गा सार्वजनिक भएको बारे सञ्चार माध्यममा सार्वजनिक भएपछि मात्र आफूले जानकारी पाएको उनको तर्क छ । 


साढुदाजु मालपोत अधिकृत  हुँदा बकस 
मालपोत कार्यालयका अधिकृत कलाधर देउजाले बालुवाटारको सार्वजनिक जग्गा आफ्ना साढुभाइ इन्द्रबहादुर क्षेत्रीको नाम पास गरिदिए। बकसको रुपमा उनले बालुवाटारको सार्वजनिक जग्गा आफ्नो नाममा पास गरेका थिए। क्षेत्रीले अख्तियारलाई दिएको बयानमा राणा परिवारलाई आफुले नचिनेको तर साढुदाइ देउजाले बालुवाटारमा एउटा जग्गा छ तपाईको नाम राखिदिउँ भन्दै पास गरिदिएको अख्तियारमा बयान दिएका छन्। उनले उक्त जग्गा दुई वर्षपछि १० लाखमा बिक्री गरेका थिए ।  

काकाससुरा मालपाेतमा हुँदा बकस 
यसरी जग्गा बकसमा पाउने मध्येका एक प्रतिवादी शान्ति मल्ल प्रधानले आफ्नो काकाससुरा मालपोत कार्यालयमा कार्यरत हुँदा बकसमा प्राप्त गरेकी थिइन्। उनलाई मालपोत कार्यालयमा कार्यरत रहेका नाताले काका ससुरा सुरेन्द्रमान कपालीले बालुवाटारको जग्गा ८१ हजार मुल्य राख्दै उनको नाममा बकस गरिदिएका थिए । उक्त जग्गा उनले ४/५ वर्षपछि ८ लाखमा विक्री गरेकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

श्रीमान मालपोतमा हुँदा श्रीमतीलाई जग्गा 
अख्तियारको बयानमा युक्तप्रसाद श्रेष्ठकी श्रीमतीले पनि मालपोत कार्यालयमा कार्यरत रहेका श्रीमानको पहुँचका आधारमा बालुवाटारको जग्गा प्राप्त गरेको बयान अख्तियारलाई दिएकी छन् । उनी डिल्लीबजार मालपोतमा कार्यरत रहेको समयमा २०४९ सालमा ८५ हजार मोठ राखेर बकसपत्र गरिएको थियो। श्रेष्ठकी श्रीमती सरस्वतीकुमार श्रेष्ठले दिएको बयानमा जग्गा कारोबारी मिठुराम चापागाईंबाट बकसपत्रमार्फत प्राप्त भएको खुलाएकी छिन्।

बहिनीलाई वकस
युक्तप्रसाद श्रेष्ठले श्रीमतीमात्र नभई बहिनी निर्मलादेवी श्रेष्ठलाई पनि बकसमा जग्गा पास गराएका थिए। अख्तियारको बयानमा निर्मलादेवीले दाजु डिल्लीबजार मालपोत कार्यालयमा खरिदार रहँदा आफ्नो नाममा एउटा जग्गा पास गर्न बोलाएको र पछि उनैले ऋण लाग्यो वेच्न पर्‍याे भनेपछि आफूले पास गरिदिएको बयान दिएकी छन् । 

'जग्गाको पुर्जा नै देखेको छैन'
मुख्य दलाली रामकुमार सुवेदीले राणा परिबारको जग्गा ठेक्कामा लिए। सबै मोहीहरुलाई खडा गर्दै सुवेदीले नै सबै जग्गाको पुर्जा लिएका थिए । अख्तियारको बयानमा एक मोही बिलबहादुर महर्जनले आजसम्म जग्गाको पुर्जा नदेखेको बयान दिएका छन्। उनले मोही कायम भएवापत नौ लाख अठासी हजार रुपैया आफूले बुझेको भने सकारेका छन्।

...मोही नै बेपत्ता 
बालुवाटार जग्गा प्रकरणमा जग्गा माफियाहरुले राखेका नक्कली मोहीमध्ये ५६ जना अख्तियारको बयानमा भेटिएनन्। रामकुमार सुवेदी र शोभाकान्त ढकालले नक्कली मोहीको नाम राखेका उनीहरुको नाममा गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दासमेत फेला नपरेका हुन्।

उनीहरुलाई अख्तियारले बेपत्ता भएका मोहीको नाम राखेर आरोपपत्र विशेष अदालतमा पेश गरेको छ । यसरी फर्जी मोही खडा गरिएका अधिकांश महर्जन र डंगोल थरका छन् । २०७६  असार ११ गते उनीहरुको नाममा अख्तियारले हाजिर हुन आउने सार्वजनिक सूचना गरेको थियो । उनीहरुको स्थायी ठेगाना अनुसार खोजी गर्दा नभेटिएपछि अख्तियारले सार्वजनिक सुचना जारी गरेको थियो ।  

 

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्