• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर २५, २०८२ Thu, Dec 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ललिता निवासको सरकारी जग्गा बुहारीदेखि साढुभाइसम्मलाई बकस

64x64
दुर्गा दुलाल शुक्रबार, माघ २४, २०७६  १७:३०
1140x725

काठमाडौ- ललिता निवास प्रकरणमा मालपोत विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्यदेखि युक्तप्रसाद श्रेष्ठसहित पाँच कर्मचारीले बदनियतपूर्ण रुपमा सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिएवापत त्यहीँको जग्गा आफन्तको नाममा बकसपत्रमार्फत् पास गरेको खुलेको छ।

काम गरिदिएवापत उनीहरु कसैले बुहारीको नाममा त कसैले श्रीमती, बहिनी र साढुभाइको नाममा जग्गा पास गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपपत्र अनुसार सार्वजनिक जग्गा किर्ते गर्ने कार्यमा सहयोग गरेवापत प्राप्त भएको जग्गालाई उनीहरुले लुकाउने प्रयोजनका लागि आफन्तको नाममा जग्गा पास गरिदिएका हुन्।

महानिर्देशकद्वारा बुहारीलाई बकस  
पदको अधिकार दुरुपयोग गर्दै तत्कालीन मालपोत विभागका महानिर्देशक मुकुन्द आचार्यले ललिता निवासको जग्गा आफ्नै कार्यकक्षमा लिखत तयार पार्दै पास गराएका थिए।

तत्कालीन महानिर्देशक आचार्यले आफ्नै छोरीज्वाईं बैकुण्ठ शर्मा रेग्मीलाई बकसमार्फत ललिता निवासको जग्गा दिलाए। अख्तियारमा बैकुण्ठले दिएको बयानमा मालपोत विभागका महानिर्देशक रहेका बेला कार्यकक्षमा बोलाएर सही छाप गराएको र उक्त कागजातका बारेमा प्रश्न गर्दा ससुराको विश्वास छैन भनेको बताएका छन्। उक्त जग्गा सार्वजनिक भएको बारे सञ्चार माध्यममा सार्वजनिक भएपछि मात्र आफूले जानकारी पाएको उनको तर्क छ । 


साढुदाजु मालपोत अधिकृत  हुँदा बकस 
मालपोत कार्यालयका अधिकृत कलाधर देउजाले बालुवाटारको सार्वजनिक जग्गा आफ्ना साढुभाइ इन्द्रबहादुर क्षेत्रीको नाम पास गरिदिए। बकसको रुपमा उनले बालुवाटारको सार्वजनिक जग्गा आफ्नो नाममा पास गरेका थिए। क्षेत्रीले अख्तियारलाई दिएको बयानमा राणा परिवारलाई आफुले नचिनेको तर साढुदाइ देउजाले बालुवाटारमा एउटा जग्गा छ तपाईको नाम राखिदिउँ भन्दै पास गरिदिएको अख्तियारमा बयान दिएका छन्। उनले उक्त जग्गा दुई वर्षपछि १० लाखमा बिक्री गरेका थिए ।  

काकाससुरा मालपाेतमा हुँदा बकस 
यसरी जग्गा बकसमा पाउने मध्येका एक प्रतिवादी शान्ति मल्ल प्रधानले आफ्नो काकाससुरा मालपोत कार्यालयमा कार्यरत हुँदा बकसमा प्राप्त गरेकी थिइन्। उनलाई मालपोत कार्यालयमा कार्यरत रहेका नाताले काका ससुरा सुरेन्द्रमान कपालीले बालुवाटारको जग्गा ८१ हजार मुल्य राख्दै उनको नाममा बकस गरिदिएका थिए । उक्त जग्गा उनले ४/५ वर्षपछि ८ लाखमा विक्री गरेकी थिइन्।

Ncell 2
Ncell 2

श्रीमान मालपोतमा हुँदा श्रीमतीलाई जग्गा 
अख्तियारको बयानमा युक्तप्रसाद श्रेष्ठकी श्रीमतीले पनि मालपोत कार्यालयमा कार्यरत रहेका श्रीमानको पहुँचका आधारमा बालुवाटारको जग्गा प्राप्त गरेको बयान अख्तियारलाई दिएकी छन् । उनी डिल्लीबजार मालपोतमा कार्यरत रहेको समयमा २०४९ सालमा ८५ हजार मोठ राखेर बकसपत्र गरिएको थियो। श्रेष्ठकी श्रीमती सरस्वतीकुमार श्रेष्ठले दिएको बयानमा जग्गा कारोबारी मिठुराम चापागाईंबाट बकसपत्रमार्फत प्राप्त भएको खुलाएकी छिन्।

बहिनीलाई वकस
युक्तप्रसाद श्रेष्ठले श्रीमतीमात्र नभई बहिनी निर्मलादेवी श्रेष्ठलाई पनि बकसमा जग्गा पास गराएका थिए। अख्तियारको बयानमा निर्मलादेवीले दाजु डिल्लीबजार मालपोत कार्यालयमा खरिदार रहँदा आफ्नो नाममा एउटा जग्गा पास गर्न बोलाएको र पछि उनैले ऋण लाग्यो वेच्न पर्‍याे भनेपछि आफूले पास गरिदिएको बयान दिएकी छन् । 

'जग्गाको पुर्जा नै देखेको छैन'
मुख्य दलाली रामकुमार सुवेदीले राणा परिबारको जग्गा ठेक्कामा लिए। सबै मोहीहरुलाई खडा गर्दै सुवेदीले नै सबै जग्गाको पुर्जा लिएका थिए । अख्तियारको बयानमा एक मोही बिलबहादुर महर्जनले आजसम्म जग्गाको पुर्जा नदेखेको बयान दिएका छन्। उनले मोही कायम भएवापत नौ लाख अठासी हजार रुपैया आफूले बुझेको भने सकारेका छन्।

...मोही नै बेपत्ता 
बालुवाटार जग्गा प्रकरणमा जग्गा माफियाहरुले राखेका नक्कली मोहीमध्ये ५६ जना अख्तियारको बयानमा भेटिएनन्। रामकुमार सुवेदी र शोभाकान्त ढकालले नक्कली मोहीको नाम राखेका उनीहरुको नाममा गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दासमेत फेला नपरेका हुन्।

उनीहरुलाई अख्तियारले बेपत्ता भएका मोहीको नाम राखेर आरोपपत्र विशेष अदालतमा पेश गरेको छ । यसरी फर्जी मोही खडा गरिएका अधिकांश महर्जन र डंगोल थरका छन् । २०७६  असार ११ गते उनीहरुको नाममा अख्तियारले हाजिर हुन आउने सार्वजनिक सूचना गरेको थियो । उनीहरुको स्थायी ठेगाना अनुसार खोजी गर्दा नभेटिएपछि अख्तियारले सार्वजनिक सुचना जारी गरेको थियो ।  

 

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सरकार जेनजी सम्झौता : सुदनलाई मेरो जेठो छोरो भन्दै प्रधानमन्त्रीले दिइन् धन्यवाद बुधबार, मंसिर २४, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
जेनजी आन्दोलनलाई सरकारले दियो जनआन्दोलनको मान्यता बुधबार, मंसिर २४, २०८२
काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायर बुधबार, मंसिर २४, २०८२
संविधान असफल भएका वेलाको चुनावले देशलाई संकटमा धकेल्छ : राजेन्द्र लिङ्देन बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप बुधबार, मंसिर २४, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्