• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १६, २०८२ Sun, Nov 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा ब्यानरमा अटाएनन् मार्क्स र लेनिन

ब्यानरमा पुष्पलाल–मदन, 'स्ट्याण्ड'मा ओली–प्रचण्ड 
64x64
किशोर दहाल बुधबार, माघ १५, २०७६  १५:५०
1140x725

काठमाडौं- काठमाडौंको राष्ट्रियसभामा बुधबार सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको ब्यानर रातै थियो। जसमा कार्यक्रमबारे जानकारी पनि थियो। ब्यानरमा पुष्पलाल र मदन भण्डारीको फोटो थियो। मुख्य ब्यानरको छेउमै दुईतर्फ नेकपा अध्यक्षद्वयको फोटो थियो। विशेष 'स्ट्याण्ड'मा सजाएर देब्रेतिर केपी ओलीलाई राखियो, दाहिनेतिर पुष्पकमल दाहाल प्रचण्डलाई। तर, मार्क्स र लेनिन दुवैको तस्बिर थिएनन् मञ्चमा।

कम्युनिस्ट पार्टीहरुको कार्यक्रममा प्राय कम्युनिस्ट गुरुहरुको तस्बिर छुट्दैनन्। सामान्यतया मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको फोटोहरु ब्यानरमा प्रमुखताका साथ राखिन्छन्। उनीहरुको संयुक्त तस्बिर कम्युनिष्ट पार्टीका लागि लोगोजस्तै नै हो। 

कम्युनिस्ट पार्टीहरुले अपनाएका मार्गदर्शक सिद्धान्त र विचारधारा अनुसार तस्बिरको प्रयोग हुने गरेको छ। कतिपयले सबैलाई आदर्श नमान्ने भएकाले मार्क्स र लेनिनको तस्बिरमात्रै राख्ने गरेको पनि देखिन्छ। 

पूर्व माओवादीले माथिका पाँचै र पूर्व एमालेले भने मार्क्स र लेनिनको मात्रै तस्बिर राख्ने गरेको थियो। माले र मार्क्सवादी मिलेर एमाले बनेदेखि नै सो पार्टीले माओको तस्बिर राख्न छाड्यो। उसले बरु पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीलाई स्थान दिएको थियो। बुधबार भने मार्क्स र लेनिन पनि हराए, मनमोहन पनि हराए।

मञ्चमा सचिवालयका नौं जना नै सदस्य बसेका थिए। देब्रेबाट क्रमशः विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, माधव नेपाल, ओली, प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम र रामबहादुर थापा 'बादल'।
बैठक महासचिव पौडेलले सञ्चालन गरे। उनले सुरुवातमै बैठक ढिला सुरु भएकाले माफी मागे।

कार्यसूची अनुसार केही औपचारिक प्रक्रिया पूरा गरेर ओलीले भाषण गरे। उनले दुई घण्टाभन्दा बढी सम्बोधन गरे। सरकारले काम गरिरहेको तर विरोधीहरुले त्यस विरुद्ध प्रचार युद्ध छेडिएकोमा उनको सम्बोधन बढी केन्द्रित देखियो। 

पहिले पनि हराएका थिए गुरु, भएको थियो विवाद
२०७५ बैशाख ९ गते। सोही दिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने प्रचार गरिएको थियो। तर, अन्तिम समयमा सोही मितिमा एकता घोषणा हुन सकेन। तर, सोही दिन दुवै पार्टीका तर्फबाट एकता संयोजन समितिले संयुक्त रुपमा राष्ट्रियसभामै एउटा कार्यक्रम आयोजना गर्‍यो।

कार्यक्रममा एमालेका तर्फबाट ब्यानर राखिएको थियो। ब्यानरमा एमाले अध्यक्ष ओलीको फोटो केही ठूलो र माओवादी अध्यक्ष दाहालको फोटो केही सानो थियो। आयोजकमा राखिएको दुई पार्टीको नाममा अगाडिपट्टि एमालेको नाम थियो। तर, ब्यानरमा कम्युनिस्ट गुरुहरुको तस्बिरै थिएन।

Ncell 2
Ncell 2

लेनिनकै जन्मजयन्तीलाई आधारित बनाएर गरिएको कार्यक्रममा लेनिनकै समेत तस्बिर थिएन। बरु नेपाल कम्युनिस्ट आन्दोलनका एक मुख्य नेता पुष्पलालका साथै एमालेका दुई प्रमुख नेताहरु मनमोहन अधिकारी र मदन भन्डारीको फोटो थियो।

माओवादीका युवा कार्यकर्ता तथा विद्यार्थी नेतालाई आक्रोशित बनाउन कारण पुगिहाल्यो। उनीहरुले नाराबाजी गरे। लेनिनको फोटो चाहियो, माओको फोटो चाहियो भन्न थाले।

'हाम्रा नेताहरु कति धेरै ठूला भएका, कति धेरै महत्त्वाकांक्षी भएका', एकजना विद्यार्थीले पंक्तिकारलाई प्रतिक्रिया दिएका थिए, 'एकताको टुंगो गर्न नसक्ने नेताहरुले आफूहरुलाई मार्क्स र लेनिनभन्दा ठूलो ठान्न पाउँछन्?'
उनको जस्तै तर्क अरुको पनि थियो। विरोध चर्को भएपछि मञ्चमा राखिएको ब्यानर झिकियो।

यी सबै भइरहँदा झन्डै १ बजिसकेको थियो। एमालेले निम्तो गरेको १२ बजेको समय र माओवादीले प्रचारित गरेको १ बजेको समय नजिक पुग्दैगर्दा दुवै पार्टीका शीर्ष नेताहरु कार्यक्रम स्थल राष्ट्रियसभा गृह प्रवेश गरिसकेका थिए। उनीहरु भिआइपी कोठामा बसेर वार्ता गर्न थाले।

समय बित्दै गएपछि मञ्चमा कसैले गायक बद्री पंगेनीलाई लिएर गयो। उनले गीत गाएर उपस्थितलाई भुलाउने प्रयास गरे। र, पुरानो भाकामा गीत गाएर सचेत बनाए– 'प्रचण्ड र ओली, नबिर्स है त्यो बोली।'
केही राष्ट्रवादी भाव झल्कने गीत गाएर उनी पनि हिँडे।

यता, मञ्चमा साना नेताहरुको दौडधुप चलिरहेको थियो। उता, सहमतिको प्रयास पनि भइरहेको थियो। माओवादीको तर्फबाट छुट्टै ब्यानर राख्ने सहमति भएपछि ३ घन्टादेखि रोकिएको कार्यक्रम सुरु हुने सम्भावना बढेको थियो।

यसैबीच, एमाले नेता कृष्णगोपाल श्रेष्ठ मार्क्स र लेनिनको फोटो बोकेर मञ्चमा देखापरे। उनले दुवै नेताको फ्रेमवाला फोटो ल्याएर मञ्चको अघिल्तिर कुर्सीमा बडो जतनले अड्याए। दुई फोटोमध्ये मार्क्सको फोटो केही सानो थियो। तर यस्ता कुरामा कसैले चासो लिएन।

एकछिनपछि माओवादीका तर्फबाट नयाँ ब्यानर आइपुग्यो। नयाँ ब्यानरमा ठूलो अक्षरमा 'नेपाल कम्युनिस्ट पार्टी : ६९ औं स्थापना दिवस' लेखिएको थियो भने माथिल्लो दाहिँने कुनामा पाँचजनाकम्युनिस्ट गुरुकोतस्बिर थियो। र, पुरानो ब्यानरमा राखिएको एमालेपछिको आफ्नो नामलाई नयाँमा अगाडि ल्याएको थियो।

नयाँ ब्यानर कुनातिर टाँगियो। तर, केहीबेरमा नयाँ ब्यानरको डोरी चुँडियो। निकालिसकिएको भर्‍याङ फेरि ठड्याइयो र ब्यानर पुनः टाँगियो। तर, केहीबेर माओको फोटो नदेख्दा रिसाएका माओवादीका कार्यकर्ता अहिले भने माओ खोज्नतिर लागेनन्। कुर्सीमा बसेका मार्क्स र लेनिन हेरेरै चित्त बुझाए।

दुवै पार्टीका अध्यक्षले सम्बोधन गर्ने उक्त कार्यक्रम तोकिएको समयभन्दा झन्डै ४ घन्टा ढिलो सुरु भयो।

अझै पुराना घटना
केही वर्षअघि अमेरिकी राजदूत एमालेको पार्टी कार्यालय बल्खु आउँदा मार्क्स र लेनिनको फोटो लुकाइएको घटना अहिले पनि बेलाबखत चर्चामा आउँछ। त्यतिबेला एमालेले पुस्तकालय मिलाउँदा उक्त तस्बिरहरु संयोगले हटेको बताएको थियो।

लेनिनकै फोटोले लफडा एमालेको आठौं महाधिवेशनमा पनि भएको थियो। २०६५ फागुन ५ देखि १४ सम्म बुटवलमा सम्पन्न सो महाधिवेशनक्रममा फागुन ८ गते यो विवाद उठेको थियो।

समूह प्रतिवेदन प्रस्तुतिका क्रममा बन्दसत्रको मञ्चमा कार्ल मार्क्सको तस्बिर राखिएको तर लेनिनको नभएको भन्दै उठ्यो। त्यसै विषयमा विवाद पनि भयो। धेरै समय त्यसमै बित्यो। अन्ततः अध्यक्षमण्डलले लेनिनको तस्बिर ल्याउने वचन व्यक्त गरे। त्यसपछि मात्रै प्रतिवेदन प्रस्तुतिको काम अघि बढ्यो। 

भोलिपल्ट अर्थात् ९ गते भने मार्क्सको तस्बिरसँगै लेनिनको तस्बिर पनि मञ्चको पृष्ठभूमिमा राखियो।

२०७१ सालमा काठमाडौंमा सम्पन्न एमालेको नवौं महाधिवेशनको पहिलो दिन महाधिवेशन स्थलमा पनि माथि उल्लेखित कुनै पनि कम्युनिस्ट गुरुहरुको तस्बिर राखिए। उद्घाटन सत्रमा विदेशी अतिथि र देशभित्रका विशिष्ट व्यक्तिलाई बोलाइएको थियो। सोही कारण तस्बिर नराखिएको हुनसक्ने त्यतिबेला अनुमान गरिएको थियो। एमालेकै नेताहरुले महाधिवेशन व्यवस्थापनमा खटिएका नेताहरुले नियतवश नै तस्बिर नराखेको प्रतिक्रिया दिएका थिए।

भोलिपल्ट भने मार्क्स, एंगेल्स र लेनिनको तस्बिर राखियो। 

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
शुक्रबार स्थगित भएको कांग्रेस बैठक आज बस्दै,  महाधिवेशनबारे जुट्ला सहमति ? शुक्रबार बस्दै नबसी स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो। आइतबार, कात्तिक १६, २०८२
आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आइतबार, कात्तिक १६, २०८२
एकताको विषयलाई लिएर पार्टी फुट्दैन : माओवादी आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले माओवादी नफुट्ने बताए। शनिबार, कात्तिक १५, २०८२
ताजा समाचारसबै
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
भोलि कतार जाँदै राष्ट्रपति पौडेल आइतबार, कात्तिक १६, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
बञ्चरेडाँडाको अवरोध खुल्यो, १५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धता आइतबार, कात्तिक १६, २०८२
नागढुंगा सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि ग्लोबल टेण्डर, ५ वर्षका लागि दिइँदै आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना आइतबार, कात्तिक १६, २०८२
आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा, प्रचण्डले भने अराजक शैली शनिबार, कात्तिक १५, २०८२
विश्वकप लिग २ : नेपाल लगातार तेस्रो खेलमा पनि पराजित शनिबार, कात्तिक १५, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
नागढुंगा सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि ग्लोबल टेण्डर, ५ वर्षका लागि दिइँदै आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्