• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा ब्यानरमा अटाएनन् मार्क्स र लेनिन

ब्यानरमा पुष्पलाल–मदन, 'स्ट्याण्ड'मा ओली–प्रचण्ड 
64x64
किशोर दहाल बुधबार, माघ १५, २०७६  १५:५०
1140x725

काठमाडौं- काठमाडौंको राष्ट्रियसभामा बुधबार सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको ब्यानर रातै थियो। जसमा कार्यक्रमबारे जानकारी पनि थियो। ब्यानरमा पुष्पलाल र मदन भण्डारीको फोटो थियो। मुख्य ब्यानरको छेउमै दुईतर्फ नेकपा अध्यक्षद्वयको फोटो थियो। विशेष 'स्ट्याण्ड'मा सजाएर देब्रेतिर केपी ओलीलाई राखियो, दाहिनेतिर पुष्पकमल दाहाल प्रचण्डलाई। तर, मार्क्स र लेनिन दुवैको तस्बिर थिएनन् मञ्चमा।

कम्युनिस्ट पार्टीहरुको कार्यक्रममा प्राय कम्युनिस्ट गुरुहरुको तस्बिर छुट्दैनन्। सामान्यतया मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको फोटोहरु ब्यानरमा प्रमुखताका साथ राखिन्छन्। उनीहरुको संयुक्त तस्बिर कम्युनिष्ट पार्टीका लागि लोगोजस्तै नै हो। 

कम्युनिस्ट पार्टीहरुले अपनाएका मार्गदर्शक सिद्धान्त र विचारधारा अनुसार तस्बिरको प्रयोग हुने गरेको छ। कतिपयले सबैलाई आदर्श नमान्ने भएकाले मार्क्स र लेनिनको तस्बिरमात्रै राख्ने गरेको पनि देखिन्छ। 

पूर्व माओवादीले माथिका पाँचै र पूर्व एमालेले भने मार्क्स र लेनिनको मात्रै तस्बिर राख्ने गरेको थियो। माले र मार्क्सवादी मिलेर एमाले बनेदेखि नै सो पार्टीले माओको तस्बिर राख्न छाड्यो। उसले बरु पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीलाई स्थान दिएको थियो। बुधबार भने मार्क्स र लेनिन पनि हराए, मनमोहन पनि हराए।

मञ्चमा सचिवालयका नौं जना नै सदस्य बसेका थिए। देब्रेबाट क्रमशः विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, माधव नेपाल, ओली, प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम र रामबहादुर थापा 'बादल'।
बैठक महासचिव पौडेलले सञ्चालन गरे। उनले सुरुवातमै बैठक ढिला सुरु भएकाले माफी मागे।

कार्यसूची अनुसार केही औपचारिक प्रक्रिया पूरा गरेर ओलीले भाषण गरे। उनले दुई घण्टाभन्दा बढी सम्बोधन गरे। सरकारले काम गरिरहेको तर विरोधीहरुले त्यस विरुद्ध प्रचार युद्ध छेडिएकोमा उनको सम्बोधन बढी केन्द्रित देखियो। 

पहिले पनि हराएका थिए गुरु, भएको थियो विवाद
२०७५ बैशाख ९ गते। सोही दिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने प्रचार गरिएको थियो। तर, अन्तिम समयमा सोही मितिमा एकता घोषणा हुन सकेन। तर, सोही दिन दुवै पार्टीका तर्फबाट एकता संयोजन समितिले संयुक्त रुपमा राष्ट्रियसभामै एउटा कार्यक्रम आयोजना गर्‍यो।

कार्यक्रममा एमालेका तर्फबाट ब्यानर राखिएको थियो। ब्यानरमा एमाले अध्यक्ष ओलीको फोटो केही ठूलो र माओवादी अध्यक्ष दाहालको फोटो केही सानो थियो। आयोजकमा राखिएको दुई पार्टीको नाममा अगाडिपट्टि एमालेको नाम थियो। तर, ब्यानरमा कम्युनिस्ट गुरुहरुको तस्बिरै थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

लेनिनकै जन्मजयन्तीलाई आधारित बनाएर गरिएको कार्यक्रममा लेनिनकै समेत तस्बिर थिएन। बरु नेपाल कम्युनिस्ट आन्दोलनका एक मुख्य नेता पुष्पलालका साथै एमालेका दुई प्रमुख नेताहरु मनमोहन अधिकारी र मदन भन्डारीको फोटो थियो।

माओवादीका युवा कार्यकर्ता तथा विद्यार्थी नेतालाई आक्रोशित बनाउन कारण पुगिहाल्यो। उनीहरुले नाराबाजी गरे। लेनिनको फोटो चाहियो, माओको फोटो चाहियो भन्न थाले।

'हाम्रा नेताहरु कति धेरै ठूला भएका, कति धेरै महत्त्वाकांक्षी भएका', एकजना विद्यार्थीले पंक्तिकारलाई प्रतिक्रिया दिएका थिए, 'एकताको टुंगो गर्न नसक्ने नेताहरुले आफूहरुलाई मार्क्स र लेनिनभन्दा ठूलो ठान्न पाउँछन्?'
उनको जस्तै तर्क अरुको पनि थियो। विरोध चर्को भएपछि मञ्चमा राखिएको ब्यानर झिकियो।

यी सबै भइरहँदा झन्डै १ बजिसकेको थियो। एमालेले निम्तो गरेको १२ बजेको समय र माओवादीले प्रचारित गरेको १ बजेको समय नजिक पुग्दैगर्दा दुवै पार्टीका शीर्ष नेताहरु कार्यक्रम स्थल राष्ट्रियसभा गृह प्रवेश गरिसकेका थिए। उनीहरु भिआइपी कोठामा बसेर वार्ता गर्न थाले।

समय बित्दै गएपछि मञ्चमा कसैले गायक बद्री पंगेनीलाई लिएर गयो। उनले गीत गाएर उपस्थितलाई भुलाउने प्रयास गरे। र, पुरानो भाकामा गीत गाएर सचेत बनाए– 'प्रचण्ड र ओली, नबिर्स है त्यो बोली।'
केही राष्ट्रवादी भाव झल्कने गीत गाएर उनी पनि हिँडे।

यता, मञ्चमा साना नेताहरुको दौडधुप चलिरहेको थियो। उता, सहमतिको प्रयास पनि भइरहेको थियो। माओवादीको तर्फबाट छुट्टै ब्यानर राख्ने सहमति भएपछि ३ घन्टादेखि रोकिएको कार्यक्रम सुरु हुने सम्भावना बढेको थियो।

यसैबीच, एमाले नेता कृष्णगोपाल श्रेष्ठ मार्क्स र लेनिनको फोटो बोकेर मञ्चमा देखापरे। उनले दुवै नेताको फ्रेमवाला फोटो ल्याएर मञ्चको अघिल्तिर कुर्सीमा बडो जतनले अड्याए। दुई फोटोमध्ये मार्क्सको फोटो केही सानो थियो। तर यस्ता कुरामा कसैले चासो लिएन।

एकछिनपछि माओवादीका तर्फबाट नयाँ ब्यानर आइपुग्यो। नयाँ ब्यानरमा ठूलो अक्षरमा 'नेपाल कम्युनिस्ट पार्टी : ६९ औं स्थापना दिवस' लेखिएको थियो भने माथिल्लो दाहिँने कुनामा पाँचजनाकम्युनिस्ट गुरुकोतस्बिर थियो। र, पुरानो ब्यानरमा राखिएको एमालेपछिको आफ्नो नामलाई नयाँमा अगाडि ल्याएको थियो।

नयाँ ब्यानर कुनातिर टाँगियो। तर, केहीबेरमा नयाँ ब्यानरको डोरी चुँडियो। निकालिसकिएको भर्‍याङ फेरि ठड्याइयो र ब्यानर पुनः टाँगियो। तर, केहीबेर माओको फोटो नदेख्दा रिसाएका माओवादीका कार्यकर्ता अहिले भने माओ खोज्नतिर लागेनन्। कुर्सीमा बसेका मार्क्स र लेनिन हेरेरै चित्त बुझाए।

दुवै पार्टीका अध्यक्षले सम्बोधन गर्ने उक्त कार्यक्रम तोकिएको समयभन्दा झन्डै ४ घन्टा ढिलो सुरु भयो।

अझै पुराना घटना
केही वर्षअघि अमेरिकी राजदूत एमालेको पार्टी कार्यालय बल्खु आउँदा मार्क्स र लेनिनको फोटो लुकाइएको घटना अहिले पनि बेलाबखत चर्चामा आउँछ। त्यतिबेला एमालेले पुस्तकालय मिलाउँदा उक्त तस्बिरहरु संयोगले हटेको बताएको थियो।

लेनिनकै फोटोले लफडा एमालेको आठौं महाधिवेशनमा पनि भएको थियो। २०६५ फागुन ५ देखि १४ सम्म बुटवलमा सम्पन्न सो महाधिवेशनक्रममा फागुन ८ गते यो विवाद उठेको थियो।

समूह प्रतिवेदन प्रस्तुतिका क्रममा बन्दसत्रको मञ्चमा कार्ल मार्क्सको तस्बिर राखिएको तर लेनिनको नभएको भन्दै उठ्यो। त्यसै विषयमा विवाद पनि भयो। धेरै समय त्यसमै बित्यो। अन्ततः अध्यक्षमण्डलले लेनिनको तस्बिर ल्याउने वचन व्यक्त गरे। त्यसपछि मात्रै प्रतिवेदन प्रस्तुतिको काम अघि बढ्यो। 

भोलिपल्ट अर्थात् ९ गते भने मार्क्सको तस्बिरसँगै लेनिनको तस्बिर पनि मञ्चको पृष्ठभूमिमा राखियो।

२०७१ सालमा काठमाडौंमा सम्पन्न एमालेको नवौं महाधिवेशनको पहिलो दिन महाधिवेशन स्थलमा पनि माथि उल्लेखित कुनै पनि कम्युनिस्ट गुरुहरुको तस्बिर राखिए। उद्घाटन सत्रमा विदेशी अतिथि र देशभित्रका विशिष्ट व्यक्तिलाई बोलाइएको थियो। सोही कारण तस्बिर नराखिएको हुनसक्ने त्यतिबेला अनुमान गरिएको थियो। एमालेकै नेताहरुले महाधिवेशन व्यवस्थापनमा खटिएका नेताहरुले नियतवश नै तस्बिर नराखेको प्रतिक्रिया दिएका थिए।

भोलिपल्ट भने मार्क्स, एंगेल्स र लेनिनको तस्बिर राखियो। 

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण... मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीच विवाद भएपछि बसमा आगलागी भएको र चालकको मृत्यु भएको... मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा बैठकले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतका विषयमा निर्णय लिनेछ। मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्