काठमाडौं– दिल्लीबाट काठमाडौं चल्ने टुरिस्ट बसहरु तस्करीमा प्रयोग भइरहेको प्रहरीले जनाएको छ। बसहरुमा बाहिरबाट थाहा नहुने गरी फल्स बटम नै बनाएर अवैध सामानसमेत तस्करी भइरहेको खुलेको हो।
मंगलबार बिहान कलंकीमा प्रहरीले एक बसमा चेकजाँच गर्दा रक्तचन्दन तथा तस्करीका कपडाहरु फेला पारेको छ। बा ४ ख ४५१६ नम्बरमा बसबाट ११ केजी रक्तचन्दत तथा २५ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको हो।
प्रहरीले बसका चालक भिल्केमान रुम्बा र सहचालक सुजन पुनलाई पक्राउ गरेको छ। गाडीका धनी भने फरार छन्।
महानगरीय प्रहरी वृत्त कालिमाटीले सुराकीको आधारमा सो बसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। गाडीका भित्री भागहरुमा ती सामानहरु लुकाइएको थियो। यसअघि पनि टुरिस्ट बसबाट प्रहरीले तस्करीका सामान बरामद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।