• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपाल लाइभमा सोमबार : नेविसंघको हानाहानदेखि कोरोनाका कारण चीनमा ८१ को मृत्युसम्म

64x64
नेपाल लाइभ सोमबार, माघ १३, २०७६  २३:००
1140x725

नेपाल लाइभमा सोमबार प्रकाशित मुख्य समाचारहरू

कांग्रेस कार्यालयमा नेविसंघका २ गुटबीच झडप
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ। नेपाल विद्यार्थी संघका नेता कुन्दन काफ्ले निकट विद्यार्थीहरूले सोमबार केन्द्रीय कार्यालयमा पार्टी सभापति देउवाविरुद्ध नाराबाजी सुरु गरेपछि दुई पक्षबीच झडप भएको हो। 

विधानविपरीत नेविसंघको कार्य समितिमा ३२ वर्ष माथिका व्यक्ति नेतृत्वमा ल्याउन लागिएको भन्दै काफ्ले निकट विद्यार्थीहरूले आमरण अनसन सुरु गरेका थिए। सो अनशनमा उनीहरूले पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए। 
पार्टी सभापति विरुद्ध नाराबाजी सुरु भएको भन्दै अर्को पक्षका नेताहरूले नाराबाजी गर्दै अनसन सुरु गरेका विद्यार्थीमाथि आक्रमण सुरु गरेपछि स्थिति असामान्य बनेको थियो। 

केन्द्रीय कार्यालयमा काफ्ले निकट नेविसंघ पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीसहितका नेताहरू आमरण अनशन सुरु गरेका थिए।

झडपमा परी महेन्द्र रत्न क्याम्पस ताहचलका नेविसंघ नेता कमल पन्त घाइते भएका छन्। विद्यार्थीहरूबीच गमला र इट्टा हानाहान भएको थियो।

आमरण अनसन बसेको टोली माथि पार्टी सभापति देउवा निकटका विद्यार्थी समूहले हस्तक्षेप गरेको अनशन बस्ने पक्षको दाबी छ।

थप समाचार : कांग्रेस मुख्यालयमा विद्यार्थी नेताबीच किन भयो ‘ग्याङ फाइट’?

सापकोटाको पदभार
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पदभार ग्रहण गरेका छन्। 

nimb
nimb

सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको सपथ लिएपछि सिंहदरबारस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

बिहान ११ बजे आयोजित सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए।

सभामुखमा निर्वाचित भएको भोलिपल्टै सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्। 

यसैबीच सापकोटाले आफू आबद्ध दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट राजीनामा दिएका छन्।

सभामुखको पद तथा गोपनीयताको सपथ लिई पदभार सम्हालेको केही घण्टापछि सोमबार उनले नेकपाको सदस्यबाट राजीनामा दिएका हुन्।

थप समाचार : सभामुख सापकोटाको पहिलो दिन : सर्वोच्चमा थुन्न माग, सिंहदरवारमा पदभार

नेपाली कांग्रेसले तोक्यो महाधिवेशन मिति
नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ।

पार्टी कार्यालय सानेपामा सोमबार साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले २०७७ फागुन ८ देखि ४ दिनसम्म १४औं महाधिवेशन गर्ने  निर्णय गरेको हो।

बैठकमा सभापति शेरबहादुर देउवासहित पार्टीका तीनै समूहका नेताहरू सहभागी थिए। 

यसैगरी सो महाधिवेशनमा सहभागी हुन २०७६ भरमा क्रियाशील सदस्यता वितरणको काम सक्ने समेत पार्टीको केन्द्रीय समितिले निर्णय गरेको छ। 

पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्न परिमार्जनसहित सोमबार पारित कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गर्ने निर्णयसमेत भएको कांग्रेसले जानकारी दिएको छ। 

थप समाचार : कांग्रेसको १४‍औं महाधिवेशन २०७७ फागुन ७ देखि

आस्था अस्पताल भर्ना, ४ दिन प्रहरी हिरासतमा राख्न प्रशासनको अनुमति
गायिका आस्था राउत अस्पताल भर्ना गरिएको छ। प्रहरी हिरासतमा रहेकी उनलाई प्रहरीले त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल भर्ना गरेको हो। स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्‍याइएकी उनलाई चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको हो। यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। 

सोमबार जिल्ला प्रशासनले गायिका राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासनमा उपस्थित गराएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन्।

उजुरीका आधारमा उनीविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो।

प्रहरीले पनि उनीविरुद्ध लगाएको अभद्र व्यवहार मुद्दाको छिनोफानो चाँडो सकाउन सोमबार बिहानैदेखि प्रक्रिया थालेको थियो।

सरकारी वकिलको कार्यालयमा बयान लिनुअघि उनलाई वीर अस्पताल स्वास्थ्य परिक्षणसमेत गराइएको थियो।

थप समाचार : आस्थासँग प्रहरीको ‘बदला’ : छाड्छु भन्दै हिरासतमा

कुलमानको भण्डाफोर गर्ने धम्की
आफूले भनेअनुसार कर्मचारीको सरुवा नभएको भन्दै नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियन आन्दोलनमा उत्रिएको छ। कर्मचारी सरुवामा भनेअनुसार नभएपछि कार्यकारी निर्देशक कुलमान घिसिङको भण्डाफोर गर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। 

अनुकूल सरुवा नभएपछि युनियनका पदाधिकारीहरुले कर्मचारी प्रशासन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक तुलाराम गिरी माथिसमेत आक्रमणको प्रयास गरेका छन्। 

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका संयोजक रामेश्वरप्रसाद पौडेल र उपसंयोजक खगेन्द्र शाहीले निकालेको विज्ञप्तिमा सहज र स्वच्छ विद्युत प्राधिकरणलाई विभिन्न बहानामा असहयोग गर्ने, विनियमावली विपरित विना प्रतिस्पर्धा खरिद गराउने जस्ता काम भइरहेको र यसको भण्डाफोर गर्ने उल्लेख छ। 

थप समाचार : आफू अनुकूल सरुवा नभएपछि कुलमान घिसिङको भण्डाफोर गर्ने विद्युत प्राधिकरण कर्मचारी युनियनको धम्की

मिडिया काउन्सिल विधेयक : जेल हाल्ने कुराबाट सरकार ब्याक
मिडिया काउन्सिलविधेयकमा रहेका प्रेसनियन्त्रणमुखी प्रावधान हटाउन सरकार राजी भएको छ। सरकार आफ्नो अडानबाट पछि हटेसँगै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले केही प्रावधानमा संशोधनसहित सोमबार विधेयकपास गरेको छ।

चौतर्फी दबाबपछि सरकार विभिन्न बुँदामा संशोधनगर्न तयार भएको हो। सरकारसँगको परामर्शमा समितिले विधेयक संशोधन गरेको हो। सूचनाप्रविधितथा सञ्चारमन्त्रीगोकुलबाँस्कोटाले समितिको संशोधनमा सरकार सहमत रहेको बताएपछि विधेयक संशोधनसहितपास गर्न सहमति जुटेको हो। 

विधेयकमा रहेको दण्ड, जरिवाना  र क्षतिपूर्ति तिराउने प्रावधान हटाइएको छ। प्रचलितकानुनविपरीत हुने क्रियाकलापको छिनोफानो गर्ने जिम्मेवारी अदालतको भएकाले काउन्सिलबाट हटाइएको हो। काउन्सिलले भने अन्याय परेकालाई न्यायदिएर मेलमिलाप गराउनेछ।

सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका सचिव नेतृत्वको समितिले काउन्सिलकापदाधिकारी सिफारिस गर्ने व्यवस्थापनि हटाइएको छ। पत्रकारिता गर्नका लागि आमसञ्चार विषयमा अध्ययनका साथै प्रवेश परीक्षा अनिवार्य गरिएको छ। हाल पत्रकारितामा रहेकाहरुले भने स्वतःलाइसेन्स पाउनेछन्। नयाँ आउन चाहनेहरुको भने काउन्सिलले पत्रकारिता प्रवेश अनुमतिपत्रका लागि जाँच लिनेछ।

थप समाचार : मिडिया काउन्सिल विधेयकको जेल हाल्ने प्रावधानबाट सरकार ‘ब्याक’

कोरोना भाइरसको संक्रमणका कारण चीनमा ८१ को मृत्यु
चीनमा कोरोना भाइरसको सङ्क्रमणका कारण ८१ जनाको मृत्यु भएको छ। भाइरसकाकारण अहिलेसम्म झन्डै तीनहजार जनामा संक्रमण भएको पुष्टि भएको छ।

चीनको सरकारी सञ्चारमाध्यमकाअनुसार हुबे प्रान्तमा ३ सय जनाभन्दा धेरै मानिस भाइरसकाकारण गम्भीर न्युमोनियाको सिकार भएका छन्।

चिनियाँ अधिकारीका अनुसार उक्त प्रान्तमा ७६ जनाको मृत्यु भएको सोमवार बताएका छन्। यसअघि त्यहाँ ५६ जनाको मृत्यु भएको थियो।मृत्यु हुने अन्यपाँचव्यक्ति अरू ठाउँका हुन्।

स्वास्थ्य सेवाका पाँच लाख कर्मचारी उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्न परिचालन गरिएको छ।

यसैबीच नेपालमा भने २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने कोरोना भाइरसको नमुना परीक्षण नेपालमा नै हुन थालेको छ। परीक्षणका लागि आवश्यक पर्ने केमिकलको व्यवस्थापन भएसँगै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण सुरु भएको हो।

थप समाचार : चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ८० को मृत्यु

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  २३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ?
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्