एजेन्सी- हालसम्म चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण ७६ जनाको मृत्यु भएको पुष्टि भएकाे छ।
बीबीसीका अनुसार भने चीनमा कोरोना भाइरसका कारण ८० जनाको मृत्यु भएको छ। याे भाइरसबाट २ हजार ७ सय ४४ जना संक्रमित भएका छन्।
५ हजार ७ सय ९४ जना काेराेना भाइरसबाट संक्रमित भएको हुनसक्ने आशंका गरिएकाे छ। तीस हजारभन्दा बढी मानिसलाई निगरानीमा राखिएको छ।
यसैबीच, फ्रान्सेली स्वास्थ्यमन्त्री एग्नेस बुजिनले चीन सरकारसँगको सम्झौता पछि फ्रान्सेले आफ्ना नागरिकलाई यसै हप्ता बीचमा फ्रान्स लैजाने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।