काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ।
पार्टी कार्यालय सानेपामा सोमबार साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले २०७७ फागुन ८ देखि ४ दिनसम्म १४औं महाधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकमा सभापति शेरबहादुर देउवासहित पार्टीका तीनै समूहका नेताहरू सहभागी थिए।
यसैगरी सो महाधिवेशनमा सहभागी हुन २०७६ भरमा क्रियाशील सदस्यता वितरणको काम सक्ने समेत पार्टीको केन्द्रीय समितिले निर्णय गरेको छ।
पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्न परिमार्जनसहित सोमबार पारित कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गर्ने निर्णयसमेत भएको कांग्रेसले जानकारी दिएको छ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक माघ २३ गते दिउँसो २ बजे बस्नेछ।
बैठकका निर्णयहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।