• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सभामुख सापकोटाको पहिलो दिन : सर्वोच्चमा थुन्न माग, सिंहदरवारमा पदभार

'सापकोटा युद्ध अपराधका आरोपी हुन्, उन्मुक्ति दिन मिल्दैन'
64x64
नेपाल लाइभ सोमबार, माघ १३, २०७६  २१:००
1140x725

सभामुखको कार्यभार सम्हाल्दै अग्नि सापकोटा। सापकोटाले सो कार्यभार सम्हालिरहँदा सर्वोच्च अदालमा भने उनलाई सभामुखको काम गर्नबाट रोक लगाउन माग गर्दै बहस भइरहेको थियो। तस्बिर : रासस


काठमाडौं- सर्वोच्च अदालत र सिंहदबार दुवै सीमा जोडिएका छन्। यहाँभित्र हुने गतिविधिबारे नागरिकको चासो पनि अधिक हुन्छ। 

सिंहदरवार व्यवस्थापिकाको केन्द्र हो (कार्यपालिकाको केन्द्र पनि सिंहदरवार नै हो।) भने सर्वोच्च अदालत न्यायपालिकाको। सोमबार दुवै केन्द्रमा एकै व्यक्तिबारे बहस भइरहेको थियो। 

एकै व्यक्तिबारे व्यवस्थापिका र न्यायपालिकाको केन्द्रमा एकैपटक बहस हुनु इतिहासमै विरलै हुने संयोग हो। सोमबार सभामुखबारे दुवै निकायमा गर्मागर्मी बहस चलिरहेको थियो। सिंहदरवारको संघीय संसद्‍ भवनभित्र नयाँ सभामुखको स्वागतमा चर्चा परिचर्चा भइरहेको थियो भने अदालतमा उनी अयोग्य भएको भन्दै बहस चर्किएको थियो। 

सर्वोच्च अदालतको इजलास नम्बर ९ मा वरिष्ठ अधिवक्तादेखि अधिवक्तासम्म सापकोटाविरुद्ध बहस गरिरहेका थिए भने संसदमा सापकोटा फूलमाला लिँदै संसदीय अभ्यासबारे आफ्ना योजना सुनाइरहेका थिए। 

बिहान ११ बजे शुरु भएको सर्वोच्च अदालतको ९ नम्बर इजलास भरिभराउ थियो। न्यायाधीश प्रधानले आफ्नो इजलासमा तोकिएको मुद्दाको सुनुवाइ सुरु गरिन्। पहिलो नम्बरमा उनको इजलासमा लक्ष्मी गुरुङविरुद्ध लक्ष्मी थापा रहेको मुद्दा थियो। 

सापकोटालाई सभामुख बनाउने निर्णय गैरकानुनी भएकाले रोक्न माग गर्दै दायर भएको मुद्दा प्रधानको इजलासको सातौं नम्बरमा पालो थियो। कानुन व्यवसायी र अन्य व्यक्तिले भरिएको उक्त इजलासमा १ बजेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको पालो आयो। 

सभामुख निर्वाचन हुनुभन्दा पहिले गत शुक्रबार त्रिपाठीले हालेको निवेदनको सुनुवाई सोमबार मात्र हुँदै थियो। आइतबार सापकोटा सभामुखमा चयन भएका थिए। आइतबारै यो मुद्दाको पेसी भए पनि हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी पर्दा सापकोटालाई सभामुखमा निर्वाचित हुन सहज भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सोमबार सुनुवाईको पालो आए लगत्तै वरिष्ठ अधिवक्ता त्रिपाठीले बहसको शुरुवात गरे। उनले अन्तराष्ट्रिय मानव अधिकार कानुन, नेपालले गरेका मानव अधिकार सन्धि र द्वन्द्वकालीन मुद्दाको आरोपीलाई सभामुख बनाउने कुरा गैरन्यायिक भएको दाबी गरे। नेपालमा चलेको सशस्त्र द्वन्द्वको समयमा बिना हातहतियार शान्तिपूर्ण रूपमा विद्यालयमा रहेका काभ्रेपलान्चोक जिल्लाका अर्जुन लामालाई हत्या गरिएको र त्यसमा सापकोटाको संलग्नता रहेको जिकीर इजलास समक्ष पेश गरे। त्रिपाठीको तर्कसँगै न्यायाधीश प्रधानले प्रश्न पनि तेर्स्याइन्, 'आरोप लाग्दैमा  सभामुखका लागि कसरी अयोग्य त?'  

'कर्तज्य ज्यान जस्तो जघन्य अपराधको आरोप लागेको व्यक्तिलाई सभामुखका रूपमा काम गर्न दिने होइन, अनुसन्धान गर्नु पर्दछ, हाम्रो पनि निवेदनको माग यही हो,' न्यायाधीशको प्रश्न झर्न नपाउँदै त्रिपाठीले भने, '२०६८ सालदेखि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। तर यसको निर्णय नहुँदै सभामुख बनाउनु दण्डहीनता हो।' 

विस्तृत शान्ति सम्झौताअनुसार छानबिन हुनुपर्ने मुद्दा सो अनुसार नहुँदा नियमित अदालतले फैसला गरेर सजाय निर्धारण भइरहेको भन्दै उनले सापकोटाका हकमा पनि सभामुख पदमा काम नर्गन र काभ्रे प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिनुपर्ने माग गरे। उनले हत्या गरिएका लामाकी श्रीमती पूर्णीमाया लामाले दिएको किटानी जाहेरीमाथि अनुसन्धान गर्न सापकोटाको सभामुख पद बाधक हुने भएकाले रोक्न आदेश जारी हुनुपर्ने माग गरे। 

त्रिपाठीपछि नेपाल बारका पूर्व महासचिव सुनीलकुमार पोखरेलको पालो आयो। पोखरेलले संसद् भनेको कानुन बनाउने स्थान भएकाले त्यहाँ नियुक्त हुने व्यक्ति उच्च नैतिक चरित्रको हुनैपर्ने मागदाबी गरे। यसअघि सभामुख रहेका कृष्णबहादुर महरा नैतिक आचरण ठीक नभएका कारण नै सभामुख पदबाट राजीनामा दिन बाध्य भएकाले अग्नि सापकोटाका हकमा पनि त्यही लागू हुने जिकीर उनको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

द्वन्द्वकालीन मुद्दाका लागि आयोग गठन भए पनि ती आयोगहरुले प्रभावकारी रुपमा काम नगरेकाले पनि सापकोटा सभामुख पदमा लागि अयोग्य भएको जिकीर पोखरेलको थियो। मानव अधिकार हननको आरोप लागेको व्यक्तिलाई राज्यको एक अङ्गको प्रमुख बनाउन नमिल्ने जिकीर उनले गरे। 

यसपछि अधिवक्ता राजु चापागाईंले सापकोटाको नियुक्ती रोक्न माग गर्दै बहस गरेका थिए। चापागाईंले अन्तर्राष्ट्रिय कानुन र द्वन्द्वकालीन मुद्दा देखाएर न्याय प्राप्त गर्ने पीडितको संवैधानिक हक हनन गर्न नमिल्ने जिकीर गरे। 'सापकोटा युद्ध अपराधका आरोपी हुन्,  उनीमाथि द्वन्द्वकालमा शान्तिपूर्ण भेला भएका व्यक्तिलाई हत्या गरेको आरोप छ,' उनले भने, 'अन्तराष्ट्रिय मानव अधिकार कानुन र नेपालको कानुनले पनि न्यायमा अवरोध गर्नेलाई पदीय जिम्मेवारी दिने नभई सजाय गर्ने व्यवस्था छ।' 

नेपालको कानुनी व्यवस्थामा यस्ता अपराधलाई छानबिन नगर्ने हो भने अन्तराष्ट्रिय क्षेत्राधिकार आर्कषित हुने भएकाले अदालतले सक्रियतापूर्वक हस्तक्षेप गर्न माग गरे। 

अर्का अधिवक्ता ओमप्रकाश अर्यालले मानव अधिकार उल्लंघनको आरोप लागेको व्यक्तिलाई पदमा पुर्‍याउने कानुनी शासन नहुने जिकीर गरे। कानुनी शासनमा कानुन बनाउने थलोमा हत्याको आरोप लागेको व्यक्तिलाई राख्नु न्यायिक चुनौती भएको जिकीर गरे। सर्वोच्च अदालतले यस्ता घटनामा सक्रियता नदेखाउने हो भने देशमा नागरिक अन्यायमा पर्ने र शासक झन् निरंकुश हुँदै जाने उनको दाबी छ। कानुनी अभ्यासका लागि पनि सापकोटालाई सभामुखको जिम्मेवारीमा कुनै पनि काम नर्गन आदेश जारी हुनुपर्ने माग उनले गरे। 

त्यस्तै, सोमबार नै अधिवक्ताहरु बाबुराम गिरी, विकास भट्टराई र अनन्त लुईंटेल लगायतले बहस गरेका थिए। निवेदकका तर्फबाट बहस बाँकी भएकाले मंगलबारसम्म मुद्दा 'हेर्दा हेर्दै'मा राखिएको छ। मुद्दामा मंगलबार पुनः बहस हुने छ। 

मंगलबारको बहसपछि सर्वोच्चले सापकोटालाई सभामुखको रुपमा काम गर्न दिने वा नदिने निर्णय सुनाउने छ। 

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्