Samsung Content Block AD - AI Samsung Content Block AD - AI
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, वैशाख ३०, २०८२ Tue, May 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
आस्थासँग प्रहरीको ‘बदला’ : छाड्छु भन्दै हिरासतमा ‘अभद्र व्यवहारको अनुसन्धानमा हिरासत कानुनको दुरुपयोग’
64x64
नेपाल लाइभ सोमबार, माघ १३, २०७६  २०:५८
1140x725

काठमाडौं- गायिका आस्था राउत सिक्किमको कार्यक्रम सकाएर सोमबार काठमाडौं फर्किए लगत्तै परिवारको साथ उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगिन्।

विमानस्थलमा जाँचका क्रममा महिला प्रहरीसँग भएको झाँगलझुँगलमा अभद्र व्यवहारको आरोप खेपेकी उनको परिवारका सदस्यले उनी नेपाल आए लगत्तै प्रहरी कार्यालयमा उपस्थित गराउने वचन दिएका थिए। आस्थाको परिवारले वचन पालना गर्‍यो।

बिहान सरकारी कार्यालय खुले लगत्तै उनी प्रहरी परिसर टेकुमा हाजिर भइन्। 

माघ १ गते त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा महिला प्रहरीसँग भएको विवादपछि उनले सामाजिक सञ्जालमा भिडियो लाइभ गर्दै प्रहरीविरुद्ध बोलेका केही शब्दप्रति प्रहरी असन्तुष्ट थियो।

माघ ३ मा काउन्टरमा अवैध रूपमा सिसिटिभी फुटेज सार्वजनिक गराएको प्रहरीले सोही दिन आस्थाविरुद्ध महिला प्रहरीको जाहेरी लिएर माघ ५ मा पक्राउ पुर्जी जारी भएको थियो। त्यही मुद्दा सल्टाउन उनी सोमबार प्रहरी कार्यालय पुगेकी थिइन्। उनले आफू प्रहरीलाई 'कोअपरेट' गर्न आएको बताइन्।

आस्थाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि अभद्र व्यवहारमा गायिकालाई थुन्ने तयारीप्रति नकारात्मक प्रतिक्रिया आएपछि प्रहरी केही नरम देखिएकाले सोमबारै यो केस मिलापत्रमा पुगेर सल्टिने संकेत देखिएको थियो। 

आस्था १३ दिनपछि प्रहरीको सम्पर्कमा आएकी थिइन्। उजुरी परिसकेको, प्रहरीले प्रमाण स्विकार गरेको विमानस्थलको फुटेज र आस्थाको फेसबुकको भिडियो लाइभ प्रहरीसँगै रहेको र पीडित मानिएकी प्रहरीको बयान लिन आस्थाको उपस्थिति आवश्यक नपर्ने भएकाले प्रहरीले आस्थाको बयान मात्र बाँकी राखेर मुद्दाको औपचारिक प्रक्रियाका लागि आस्थालाई कुर्न सक्थ्यो। 

नियन्त्रणपछिको प्रक्रिया अनुसार वीर अस्पतालमा उनको स्वास्थ्य परीक्षण भयो। दिउँसो १ बजेतिर प्रहरीले आस्थाको बयान सकाएर काठमाडौं जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझायो। न्यायधिवक्ताको कार्यालयमा उनको बयान शुरु भयो। सबै प्रक्रिया छिटोछिटो भइरहेको थियो। 

Ncell 2
Ncell 2

आस्थाको परिवारले सोमबार नै उनलाई घर लैजान पाउनेमा आशावादी थियो। तर एकाएक सरकारी न्यायाधिवक्ताको कार्यालयले प्रक्रिया पूरा नभएको भन्दै आस्थालाई प्रहरी कार्यालयमै फर्कायो। अहिले उनी परिसरको हिरासतमा छिन्।

‘प्रहरीको तर्फबाट अनुसन्धानमा पूरा गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेर जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझाएका थियौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘तर प्रक्रिया पूरा नभएको भनेर उनलाई फिर्ता पठाएकाले कानुनी प्रक्रिया अनुसार हिरासतमा राखेका छौं।’

भ्याइएन कि बदला!

आस्थालाई प्रहरी हिरासतमा राख्ने मुख्य आधार महिला प्रहरीको जाहेरी नै हो। प्रहरीले चोरबाटोबाट सार्वजनिक गरेको क्लोज सर्किट टेलिभिजनको फुटेज हेर्ने हो भने त्यसमा आस्थाले मात्रै हैन महिला प्रहरीले पनि अभद्र व्यवहार गरेको देखिन्छ नै। तर ती महिला प्रहरीलाई अभद्र व्यवहारमा प्रहरीले कारबाहीको दायरामा ल्याएको देखिन्न।

महिला प्रहरीमाथिको व्यवहारभन्दा पनि प्रहरी आस्थाले फेसबुक लाइभमा प्रहरीलाई ‘डन्ठे’, ‘फुलिस’लगायत भनेकोमा रिसाएको थियो।

सोमबार प्रक्रिया नसकिएको भन्दै हिरासतमा राख्नुको अर्थ ‘एक दिन भने पनि हिरासतमा राखेर प्रहरीविरुद्ध बोल्नेलाई सबक सिकाउने’ नियत देखिन्छ।

हिरासत कानुनसम्मत हो त?
नेपाल बार एसोसियसनका पूर्व महासचिव सुनीलकुमार पोखरेलका अनुसार आस्था घटनामा फौजदारी संहिताको आशयको गलत प्रयोग भएको छ।

नयाँ फौजदारी संहिताले केही मुद्दामा थुनामा नराखी अनुसन्धान गर्न सकिने परिकल्पना गरेको बताउँदै उनले भने, ‘आस्था राउत राष्ट्रिय कलाकार भएकाले अभद्र व्यवहारमा उनलाई थुनामा नराखी पनि अनुसन्धान गर्न सकिन्थ्यो। थुन्ने भन्दा नथुनेरै अनुसन्धान गर्न सकिने फौजदारी संहिताको आशयको गलत प्रयोग भएको छ।’

के कसुर लाग्यो?
महिला प्रहरीको जाहेरीका आधारमा प्रहरीले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ११८ अनुसार अभद्र व्यवहार कसूरमा पक्राउपुर्जी माग गरेको थियो। सोही अनुसार उनीविरुद्ध पक्राउपुर्जी जारी भई सोमबार ४ दिनको म्याद थप भएको हो। 

सो दफाअनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न नहुने’ उल्लेख छ। सो कसुर प्रमाणित एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

मंगलबार : हिरासत कि धरौटी?
अनुसन्धान प्रक्रियामा संलग्न प्रहरी अधिकारीको दाबी अनुसार प्रहरीको काम सोमबारै सकिइसकेको छ।

बयानलगायतका अन्य प्रक्रिया नसकिएकाले उनलाई सरकारी वकिलले हिरासतमा राख्न प्रहरी कार्यालय फर्काएको हो। यदि दाबी सत्य हो भने आस्था मंगलबार धरौटीमा रिहा हुन सक्छिन्।

टिप्पणी

‘यो कस्तो लोकतन्त्रको अभ्यास?’
मनोज पण्डित, फिल्म निर्देशक

गायिका आस्थाले जे गरिन् त्यो हिरासतमै राख्नुपर्ने प्रकृतिको अपराध थिएन। तर राज्यले रिस साँध्न आस्थालाई हिरासतमा राखेरै छाड्यो। एयरपोर्टको दृश्य देख्दा महिला प्रहरीको व्यवहार पनि ठिक थिएन। 

आस्था प्रकरण मानिवय त्रुटीको उपज हो। एयरपोर्टमा प्रहरीले जस्तो काम गर्‍यो, आस्थाले त्यसको प्रतिक्रिया मात्रै दिएको हो।

आस्थाले रिस पोखेको मात्र हो भन्ने विमानस्थलकै भिडियोमा प्रष्टै देखिन्छ। तर राज्यले हरेकलाई अपराधी देख्न थाल्यो। यस्तो हो भने अब राज्यको मानसिक अवस्था के छ भनेर प्रश्न गर्नुपर्ने अवस्था आएको। र, यो एक किसिमको खतराको संकेत हो। यो निरंकुशताको संकेत हो।

अब राज्यको कुनै निकायमाथि सर्वसाधारणले रिस पोख्नै नहुने हो त? 

राज्यका क्रियामाथि प्रतिक्रिया जनाउनेलाई राज्यले अपराध भन्न थाल्ने हो भने अब यो समाजमा राज्यले मान्छे होइन, मेसिन बनाए हुन्छ। मान्छे हो भने त भावनात्मक प्रतिक्रिया हुन्छन् नै जसलाई हामीले मानवीय त्रुटीका रुपमा लिनुपर्छ। त्यो अपराध होइन।

आस्थालाई हिरासतमै राख्नुले के संकेत गर्छ भने अब शासक र शासक वरिपरीका मान्छेचाँही देउता हुन् र उनीहरुमाथि केही प्रतिक्रिया जनायो भने त्यो अपराधी ठहरिनेछ। लोकतान्त्रिक अभ्यासका क्रममा हामी यो कस्तो निरंकुशताको अभ्यास गरिरहेका छौ?

यो त अत्यन्तै खतराको संकेत हो। 

सम्बन्धित समाचार :

१‍ बयान नसकिएपछि आस्था आज हिरासतमै 

२ आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

३  गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी

४ ‘प्रहरीलाई सघाउन तयार छु, प्लिज फरार नभन्दिनुस्’

५ आस्था प्रकरण : घर फर्किने आइजीलाई संगठनको लज्जाजनक उपहार

६ रिसमा फेसबुक लाइभ गर्दा समस्यामा आस्था

७ सामाजिक सञ्जालको जञ्जालमा सेलिब्रिटी

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशी मुख्यमन्त्रीको कार्यकक्षमा मोबाइल लैजान प्रतिबन्ध
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
राप्रपा रुपन्देही उपाध्यक्षसहित तीन नेताले दिए राजीनामा
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
कोशी मुख्यमन्त्रीको कार्यकक्षमा मोबाइल लैजान प्रतिबन्ध मंगलबार, वैशाख ३०, २०८२
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति मंगलबार, वैशाख ३०, २०८२
राप्रपा रुपन्देही उपाध्यक्षसहित तीन नेताले दिए राजीनामा मंगलबार, वैशाख ३०, २०८२
सांसद माया राईविरूद्ध ३७ लाख ३५ हजार बिगाेसहित पुरक अभियाेजनमार्फत मुद्दा दायर मंगलबार, वैशाख ३०, २०८२
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा मंगलबार, वैशाख ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
हामीले कुरा गर्‍यौँ , भारत-पाकिस्तानबिचको हात हालाहाल रोकियो : प्रधानमन्त्री ओली सोमबार, वैशाख २९, २०८२
अमेरिकी चर्चित रेस्लर साबुको निधन सोमबार, वैशाख २९, २०८२
महिला टी–२० एसिया क्वालिफायर M हङकङसँग नेपाल पराजित मंगलबार, वैशाख ३०, २०८२
महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी , छलफलमा झिकायो मंगलबार, वैशाख ३०, २०८२
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरपालिकाकाे निर्देशन सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्