• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

आस्थासँग प्रहरीको ‘बदला’ : छाड्छु भन्दै हिरासतमा

‘अभद्र व्यवहारको अनुसन्धानमा हिरासत कानुनको दुरुपयोग’
64x64
नेपाल लाइभ सोमबार, माघ १३, २०७६  २०:५८
1140x725

काठमाडौं- गायिका आस्था राउत सिक्किमको कार्यक्रम सकाएर सोमबार काठमाडौं फर्किए लगत्तै परिवारको साथ उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगिन्।

विमानस्थलमा जाँचका क्रममा महिला प्रहरीसँग भएको झाँगलझुँगलमा अभद्र व्यवहारको आरोप खेपेकी उनको परिवारका सदस्यले उनी नेपाल आए लगत्तै प्रहरी कार्यालयमा उपस्थित गराउने वचन दिएका थिए। आस्थाको परिवारले वचन पालना गर्‍यो।

बिहान सरकारी कार्यालय खुले लगत्तै उनी प्रहरी परिसर टेकुमा हाजिर भइन्। 

माघ १ गते त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा महिला प्रहरीसँग भएको विवादपछि उनले सामाजिक सञ्जालमा भिडियो लाइभ गर्दै प्रहरीविरुद्ध बोलेका केही शब्दप्रति प्रहरी असन्तुष्ट थियो।

माघ ३ मा काउन्टरमा अवैध रूपमा सिसिटिभी फुटेज सार्वजनिक गराएको प्रहरीले सोही दिन आस्थाविरुद्ध महिला प्रहरीको जाहेरी लिएर माघ ५ मा पक्राउ पुर्जी जारी भएको थियो। त्यही मुद्दा सल्टाउन उनी सोमबार प्रहरी कार्यालय पुगेकी थिइन्। उनले आफू प्रहरीलाई 'कोअपरेट' गर्न आएको बताइन्।

आस्थाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि अभद्र व्यवहारमा गायिकालाई थुन्ने तयारीप्रति नकारात्मक प्रतिक्रिया आएपछि प्रहरी केही नरम देखिएकाले सोमबारै यो केस मिलापत्रमा पुगेर सल्टिने संकेत देखिएको थियो। 

आस्था १३ दिनपछि प्रहरीको सम्पर्कमा आएकी थिइन्। उजुरी परिसकेको, प्रहरीले प्रमाण स्विकार गरेको विमानस्थलको फुटेज र आस्थाको फेसबुकको भिडियो लाइभ प्रहरीसँगै रहेको र पीडित मानिएकी प्रहरीको बयान लिन आस्थाको उपस्थिति आवश्यक नपर्ने भएकाले प्रहरीले आस्थाको बयान मात्र बाँकी राखेर मुद्दाको औपचारिक प्रक्रियाका लागि आस्थालाई कुर्न सक्थ्यो। 

नियन्त्रणपछिको प्रक्रिया अनुसार वीर अस्पतालमा उनको स्वास्थ्य परीक्षण भयो। दिउँसो १ बजेतिर प्रहरीले आस्थाको बयान सकाएर काठमाडौं जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझायो। न्यायधिवक्ताको कार्यालयमा उनको बयान शुरु भयो। सबै प्रक्रिया छिटोछिटो भइरहेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

आस्थाको परिवारले सोमबार नै उनलाई घर लैजान पाउनेमा आशावादी थियो। तर एकाएक सरकारी न्यायाधिवक्ताको कार्यालयले प्रक्रिया पूरा नभएको भन्दै आस्थालाई प्रहरी कार्यालयमै फर्कायो। अहिले उनी परिसरको हिरासतमा छिन्।

‘प्रहरीको तर्फबाट अनुसन्धानमा पूरा गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेर जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझाएका थियौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘तर प्रक्रिया पूरा नभएको भनेर उनलाई फिर्ता पठाएकाले कानुनी प्रक्रिया अनुसार हिरासतमा राखेका छौं।’

भ्याइएन कि बदला!

आस्थालाई प्रहरी हिरासतमा राख्ने मुख्य आधार महिला प्रहरीको जाहेरी नै हो। प्रहरीले चोरबाटोबाट सार्वजनिक गरेको क्लोज सर्किट टेलिभिजनको फुटेज हेर्ने हो भने त्यसमा आस्थाले मात्रै हैन महिला प्रहरीले पनि अभद्र व्यवहार गरेको देखिन्छ नै। तर ती महिला प्रहरीलाई अभद्र व्यवहारमा प्रहरीले कारबाहीको दायरामा ल्याएको देखिन्न।

महिला प्रहरीमाथिको व्यवहारभन्दा पनि प्रहरी आस्थाले फेसबुक लाइभमा प्रहरीलाई ‘डन्ठे’, ‘फुलिस’लगायत भनेकोमा रिसाएको थियो।

सोमबार प्रक्रिया नसकिएको भन्दै हिरासतमा राख्नुको अर्थ ‘एक दिन भने पनि हिरासतमा राखेर प्रहरीविरुद्ध बोल्नेलाई सबक सिकाउने’ नियत देखिन्छ।

हिरासत कानुनसम्मत हो त?
नेपाल बार एसोसियसनका पूर्व महासचिव सुनीलकुमार पोखरेलका अनुसार आस्था घटनामा फौजदारी संहिताको आशयको गलत प्रयोग भएको छ।

नयाँ फौजदारी संहिताले केही मुद्दामा थुनामा नराखी अनुसन्धान गर्न सकिने परिकल्पना गरेको बताउँदै उनले भने, ‘आस्था राउत राष्ट्रिय कलाकार भएकाले अभद्र व्यवहारमा उनलाई थुनामा नराखी पनि अनुसन्धान गर्न सकिन्थ्यो। थुन्ने भन्दा नथुनेरै अनुसन्धान गर्न सकिने फौजदारी संहिताको आशयको गलत प्रयोग भएको छ।’

के कसुर लाग्यो?
महिला प्रहरीको जाहेरीका आधारमा प्रहरीले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ११८ अनुसार अभद्र व्यवहार कसूरमा पक्राउपुर्जी माग गरेको थियो। सोही अनुसार उनीविरुद्ध पक्राउपुर्जी जारी भई सोमबार ४ दिनको म्याद थप भएको हो। 

सो दफाअनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न नहुने’ उल्लेख छ। सो कसुर प्रमाणित एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

मंगलबार : हिरासत कि धरौटी?
अनुसन्धान प्रक्रियामा संलग्न प्रहरी अधिकारीको दाबी अनुसार प्रहरीको काम सोमबारै सकिइसकेको छ।

बयानलगायतका अन्य प्रक्रिया नसकिएकाले उनलाई सरकारी वकिलले हिरासतमा राख्न प्रहरी कार्यालय फर्काएको हो। यदि दाबी सत्य हो भने आस्था मंगलबार धरौटीमा रिहा हुन सक्छिन्।

टिप्पणी

‘यो कस्तो लोकतन्त्रको अभ्यास?’
मनोज पण्डित, फिल्म निर्देशक

गायिका आस्थाले जे गरिन् त्यो हिरासतमै राख्नुपर्ने प्रकृतिको अपराध थिएन। तर राज्यले रिस साँध्न आस्थालाई हिरासतमा राखेरै छाड्यो। एयरपोर्टको दृश्य देख्दा महिला प्रहरीको व्यवहार पनि ठिक थिएन। 

आस्था प्रकरण मानिवय त्रुटीको उपज हो। एयरपोर्टमा प्रहरीले जस्तो काम गर्‍यो, आस्थाले त्यसको प्रतिक्रिया मात्रै दिएको हो।

आस्थाले रिस पोखेको मात्र हो भन्ने विमानस्थलकै भिडियोमा प्रष्टै देखिन्छ। तर राज्यले हरेकलाई अपराधी देख्न थाल्यो। यस्तो हो भने अब राज्यको मानसिक अवस्था के छ भनेर प्रश्न गर्नुपर्ने अवस्था आएको। र, यो एक किसिमको खतराको संकेत हो। यो निरंकुशताको संकेत हो।

अब राज्यको कुनै निकायमाथि सर्वसाधारणले रिस पोख्नै नहुने हो त? 

राज्यका क्रियामाथि प्रतिक्रिया जनाउनेलाई राज्यले अपराध भन्न थाल्ने हो भने अब यो समाजमा राज्यले मान्छे होइन, मेसिन बनाए हुन्छ। मान्छे हो भने त भावनात्मक प्रतिक्रिया हुन्छन् नै जसलाई हामीले मानवीय त्रुटीका रुपमा लिनुपर्छ। त्यो अपराध होइन।

आस्थालाई हिरासतमै राख्नुले के संकेत गर्छ भने अब शासक र शासक वरिपरीका मान्छेचाँही देउता हुन् र उनीहरुमाथि केही प्रतिक्रिया जनायो भने त्यो अपराधी ठहरिनेछ। लोकतान्त्रिक अभ्यासका क्रममा हामी यो कस्तो निरंकुशताको अभ्यास गरिरहेका छौ?

यो त अत्यन्तै खतराको संकेत हो। 

सम्बन्धित समाचार :

१‍ बयान नसकिएपछि आस्था आज हिरासतमै 

२ आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

३  गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी

४ ‘प्रहरीलाई सघाउन तयार छु, प्लिज फरार नभन्दिनुस्’

५ आस्था प्रकरण : घर फर्किने आइजीलाई संगठनको लज्जाजनक उपहार

६ रिसमा फेसबुक लाइभ गर्दा समस्यामा आस्था

७ सामाजिक सञ्जालको जञ्जालमा सेलिब्रिटी

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्