• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

आस्था प्रकरण : घर फर्किने आइजीलाई संगठनको लज्जाजनक उपहार

64x64
नेपाल लाइभ मंगलबार, माघ ७, २०७६  १३:३३
1140x725

काठमाडौं- गम्भीर अपराधमा फरारहरुको चाङले थिचिएको प्रहरी संगठन अहिले एक गायिका पक्राउ गर्न शक्ति सञ्चय गरेर बसेको छ। उसलाई थाहा छ, आस्था राउत व्यावसायिक यात्रामा नेपाल बाहिर छिन्। तर, उनलाई अन्तर्राष्ट्रिय अपराधीझैं फरार करार गर्दै नेपाल भित्रिने गौंडा ढुकेर बसेको छ प्रहरी संगठन। 

प्रहरीको ‘मुड’ हेर्दा देखिन्छ, उसको सबैभन्दा महत्वपूर्ण काम नै गायिका आस्थालाई पक्राउ गर्नु हो। संगठनका सदस्यहरु एकपछि अर्को असफलताले थिचिएर माघ २८ मा बिदा हुने तयारीमा रहेका आफ्ना हाकिम प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विदाईमा आस्था पक्राउको उपहार दिन व्यग्र छन्। तर, यो उपहारले उनको अवकाशको समयलाई सम्मानजनक होइन, थप लज्जाजनक बनाउने पक्का छ।

विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुका रुपमा आस्था अनि यात्रुको सुरक्षा जाँच गर्ने जिम्मेवारी पाएकी एक महिला प्रहरीबीच भएको नोकझोक नै यो प्रकरणको पृष्ठभूमि थियो। विमानस्थलमा आफूलाई अपमान गरिएको भन्दै गायिका आस्थाले सामाजिक सञ्जालबाट प्रतिवाद गर्दा प्रयोग गरेका शब्द नै यो प्रकरणका मुख्य कारण हुन्।

आस्थाले प्रयोग गरेको ‘डन्ठे’, ‘फुलिस’ जस्ता शब्दले प्रहरीको मन कुँडिएको देखियो। केही प्रहरी अधिकारीसँग यो प्रकरणमा अनौपचारिक संवाद गर्दा आस्थाको हर्कतले तल्लो तहका प्रहरीको मनोबल नै खस्किएको विश्लेषण सुनाए। उनीहरुकै शब्दमा ‘यदि अहिले केही नगर्ने हो भने प्रहरी संगठनको खस्किएको मनोबल उकासिँदैन।’

घटनाक्रम प्रष्ट छ, आम नागरिकको सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी संगठन एक नागरिकसँग बदला लिने मुडमा छ। शक्ति देखाइदिने अभिष्टमा छ। त्यसैले उसका लागि आस्थाले आफ्नो गल्ती स्वीकार गर्दै माफिनामासहित बगाएको आँशुको कुनै मूल्य छैन।

त्यसैले उनीहरु संगठनका तल्ला तहका कर्मचारीको खस्किएको मनोबल उकास्न आस्थालाई अभद्र व्यवहारको आरोपमा हिरासतमा राख्न तम्तयार भएर बसेका छन्। प्रहरीको यो व्यग्रतामा गृह प्रशासनले लाहछाप लगाइसक्यो, काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत पक्राउको आदेश स्वीकृत गरेर। 

घटनाक्रम प्रष्ट छ, आम नागरिकको सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी संगठन एक नागरिकसँग बदला लिने मुडमा छ। शक्ति देखाइदिने अभिष्टमा छ। त्यसैले उसका लागि आस्थाले आफ्नो गल्ती स्वीकार गर्दै माफिनामासहित बगाएको आँशुको कुनै मूल्य छैन। राज्यले एक नागरिकलाई रुवाइसक्यो। तर, उसको चित्त बुझेको छैन। ऊ आफ्नो शक्ति देखाइदिन चाहन्छ, एक नागरिकलाई अभद्र व्यहारजस्तो सामान्य आरोपको आधारमा हिरासतमै राखेर।

छक्क पार्ने अर्को दृष्य, नागरिकविरुद्ध राज्य संयन्त्र बदलाको मुडमा पुग्दा समाज विभाजित छ। ‘उनले माफी मागिसकिन्, अब किन पक्राउ?’ भन्ने पक्ष नदेखिएको होइन। तर यो स्वरको ‘रेन्ज’ अलिक मधुरो छ। ‘गायिका भएर दम्भ देखाउने, त्यसलाई ठिक पार्नुपर्छ’ भन्ने पक्षधरको स्वर नै कर्कश र चर्को छ।

Ncell 2
Ncell 2
nimb
nimb

आस्थामाथि राज्यले गरेको बदलाको तयारीलाई एउटा यस्तो ‘डेमो’का रुपमा हेर्न सकिन्छ, जसको तार राज्यको नियतसँग जोडिन्छ। सामान्य घटना जसको निराकरण गल्ती गर्नेले गल्ती स्वीकार गरी माफी माग्दा समाप्त हुनसक्छ, त्यसलाई माफीमै टुंग्याउनुको साटो प्रहरीलाई पुल्पुल्याउन समाजको ठूलो तप्का सक्रिय हुनु लोकतान्त्रिक राज्यका लागि लाजको विषय हो। 

प्रहरीले गायिका आस्थाको ‘फेसबुक लाइभ’लाई काउन्टर दिन चोर बाटो प्रयोग गरेर सार्वजनिक गरेको क्लोज सर्किट टेलिभिजनको मौन दृष्यले देखाइरहेको छ, गल्ती यात्रु आस्थाबाट मात्रै भएको छैन, महिला प्रहरीबाट पनि भएको छ। यात्रुलाई झाङ्गलझुङ्गल बनाउनु, पाखुरामा समातेर तान्नु, ब्यागमा झोल पदार्थ खन्याइदिने प्रयास गर्नु प्रहरीको आचरणभित्र पर्छ र?

विमानस्थलमा आस्थाबाट जुन प्रकारको व्यवहार भयो, त्यो राम्रो होइन। सुरक्षामा प्रहरीलाई सघाउनु नागरिकको पनि दायित्व हो। त्यसमा उनी चुकिन्। तर, त्यसको मूल्य प्रहरी हिरासत होइन भन्न कानुनका कुनै ठेली पल्टाइरहनु पर्दैन। नागरिकको तहबाट भएको सामान्य गल्तीको सजाय विमानस्थलमा सुरक्षाको प्रबन्ध अनी यात्रुले पालना गर्नुपर्ने नियम सम्झाए पुग्छ। आस्थाको व्यवहारमा आपत्ति नै हो भने उनलाई विमानस्थलका उपल्ला तहका हाकिमले कोठामा राखेर १० मिनेट सम्झाएको भए पक्कै यो घटना यो तहसम्म पुग्दैनथ्यो।

विमानस्थलमा आस्थासँग पौंठेजोरी खोज्ने महिला कर्मचारीको व्यवहार प्रहरी संगठनका सदस्यहरुको व्यवहारसँग दाँज्ने हो भने यो व्यवहार पहिलो होइन, पटके हो।

आस्था यस्तो घटनामा चुकेको सायद यो पहिलो घटना होला। यस अगाडि उनले यस्तो व्यवहार गरेको सार्वजनिक भएको थिएन। नेपालको कानुनले पहिलो पटक गरिने कानुन उल्लंघनको घटनालाई नरम रुपमा हेर्छ। कानुन उल्लंघन क्षम्य नहुने भए पनि पहिलो पटक कानुन उल्लंघन अनजानमा पनि हुनसक्छ भन्ने कानुनमा राखिएका दन्ड जरिवनाको प्रावधानले नै देखाउँछ। त्यसैले त कानुनले पहिलो पटक र पटके भनेर वर्गीकरण गरेको छ।

विमानस्थलमा आस्थासँग पौंठेजोरी खोज्ने महिला कर्मचारीको व्यवहार प्रहरी संगठनका सदस्यहरुको व्यवहारसँग दाँज्ने हो भने यो व्यवहार पहिलो होइन, पटके हो। अहिले सडकमा हिँड्दा कुनै प्रसंगवस प्रहरी कर्मचारीसँग ठोक्कियो या प्रहरी कार्यालय जानुपर्ने भयो भने दर्जनौं यस्ता दृश्य सहजै देखिन्छन्।

प्रहरी कर्मचारीले सर्वसाधारणलाई तुच्छ शब्दले सम्बोधन गर्नु र अभद्र व्यवहार गर्नु सामान्य दृश्य लागेरै हुनसक्छ, आस्थाको घटनामा समाजका केही सदस्य यसरी विभाजित भएको र आस्थाको विपक्षमा उत्रिएको। तर, प्रहरीका यस्ता समस्या सामान्य होइनन्, गम्भीर हुन्। त्यसैले यो प्रकरणमा प्रहरीको दुव्र्यवहारलाई छोप्दै आस्था माथिको कारबाहीको प्रक्रियामा सहमति जनाउनु नागरिकको जीउधनको सुरक्षाको जिम्मेवारी पाएको प्रहरीलाई आम नागरिकमाथि चाहेको बखत, चाहेको स्थानमा अभद्र व्यवहार गर्न अनुमति दिनु हो। के सभ्य समाजले यस्तो असम्भव व्यवहारका लागि राज्यको एक निकायका सदस्यलाई अनुमति दिन सक्छ?

काउन्टरमा गैरकानुनी रुपमा विमानस्थलको सिसिटिभी फुटेज चोर बाटोबाट सार्वजनिक गर्ने, आफ्नो कर्मचारीलाई आफ्नै संगठनमा अभद्र व्यवहारको उजुरी दिन लगाउने, त्यही उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयमा पक्राउको अनुमति माग्ने अनि अनुमति दिनेले पनि प्रकरणका सबै पाटोको विश्लेषण नै नगरी अनुमति दिने जुन काम भयो, यसले राज्यको वास्तविक चरित्र समेत देखाउँछ।

भन्नका लागि हामी लोकतान्त्रिक गणतन्त्र देशका नागरिक हौं। तर, यो प्रकरणले निरंकुश राज्यको झल्को दिन्छ। राज्य एक नागरिकसँग बदलाको मुडमा छ। नागरिकसँग बदला लिने राज्य लोकतान्त्रिक हुनै सक्दैन।
 

प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १३:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्