काठमाडौं- गायिका आस्था राउतविरुद्ध प्रकाउ पुर्जी जारी भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीमाथि गायिका राउतले दुर्व्यवहार गरेको भन्दै परेको उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको हो।
तीन दिनअघि भएको विमानस्थलको घटनामा गायिका राउतले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो।
श्रेष्ठले विमानस्थलस्थित प्रहरी कार्यालयमा गायिका राउत विरुद्ध शुक्रबार उजुरी दिएकी थिइन्।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।