• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २३, २०८२ Mon, Apr 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

सामाजिक सञ्जालको जञ्जालमा सेलिब्रिटी

64x64
नेपाल लाइभ शुक्रबार, माघ १०, २०७६  १४:३६
1140x725

काठमाडौं- विमानस्थलमा सुरक्षा जाँचको क्रममा महिला प्रहरीसँग भएको लफडाबारे सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दा गायिका आस्था राउत आफैं कानुनी घेरामा आइन्।

अघिल्लो साता बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट भद्रपुरतर्फ उड्ने तयारीका क्रममा महिला प्रहरीसँग नोकझोक भएपछि रिसले चुर भएकी आस्थाले मन थाम्न सकिनन् र भद्रपुरमा विमानबाट ओर्लिएर गाडीमा हिँड्दाहिँड्दै फेसबुक लाइफ गरिन्। 

विमानस्थलमा ती महिला प्रहरीसँग भएको नोकझोकपछि तातेको उनको कन्पारो अझै सेलाएको थिएन। 

फेसबुक लाइभमा उनले आफूमाथि दुर्व्यवहार भएको जनाउ मात्रै दिइनन्, प्रहरीलाई ‘डन्ठे’, ‘प्युसा’, ‘प्युपा’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेर हदैसम्म गाली गरिन्। आवेगमा आएर गाली गर्दा ‘त्यो डन्ठीलाई भेटें भने डन्ठा मुखबाट छिराएर कहाँबाट निकाल्दिन्छु, मलाई थाहा छ’ सम्म भन्न भ्याइन्।  

उनले फेसबुक लाइभ नगरेसम्म यो घटना गुपचुपै थियो। लाइभसँगै उनको भिडियो भाइरल भइदियो। आस्थालाई लागेको हुनसक्छ- यति गरेपछि त सबै मेरै पक्षमा आइहाल्छन्। तर, त्यसो भइदिएन। 

सामाजिक सञ्जाल लोकप्रिय भएसँगै सेलिब्रिटीदेखि आम नागरिकसम्मलाई आफ्ना धारणा राख्न परम्परागत सञ्चार माध्यमकै खोजी गर्ने झन्झट हट्यो। आफूलाई लागेको, भोगेको, देखेको विषय सहजै पस्कन सक्ने भए सबै। 

उनले प्रहरीको गलत व्यवहारबारे प्रश्न उठाउन प्रयोग गरेका शब्दले बहस अर्कै कोणतिर मोडियो। उनीमाथि प्रश्न उठ्न थाल्यो- ‘प्रहरीलाई डन्ठे र प्युसा भन्नु चाहिँ कसरी शिष्ट?’ 

आलोचना बढेपछि आस्थाले आफ्नो फेसबुकबाट भिडियो डिलिट गरिन् र क्षमा मागिन्। तर उनी क्षमा माग्ने चरणसम्म पुग्दा परिस्थितीले अर्कै मोड लिइसकेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

उनले रिसको झोकमा फेसबुक लाइभ गरेर आफूले अलि बढी नै बोलेको स्वीकार गर्दै माफी मागेकी थिइन्। यद्यपि महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको विषयमा भने उनले आफ्नो मत फिर्ता लिइनन्।

यही बीचमा प्रहरीले उनको फेसबुक लाइभको काउन्टरमा विमानस्थलको क्लोज सर्किट टेलिभिजनको फुटेज सार्वजनिक गरिदियो। फुटेजमा महिला प्रहरीको व्यवहारसँगै उनको व्यवहार पनि भद्र नदेखिएपछि समाज पक्ष-विपक्षमा विभाजित भयो। आस्थाको आलोचना बढ्दै गएको देखेपछि प्रहरीले माहोल आफ्नो पक्षमा पार्न विमानस्थलकी महिला प्रहरीलाई जाहेरी दिन लगाएर आस्थाविरुद्ध पक्राउ आदेशै जारी गरायो। अहिले प्रहरी आस्था नेपाल फर्कने समय पर्खिएर बसिरहेको छ। 

०००
सामाजिक सञ्जाल लोकप्रिय भएसँगै सेलिब्रिटीदेखि आम नागरिकसम्मलाई आफ्ना धारणा राख्न परम्परागत सञ्चार माध्यमकै खोजी गर्ने झन्झट हट्यो। आफूलाई लागेको, भोगेको, देखेको विषय सहजै पस्कन सक्ने भए सबै। 

सञ्जालले समाजका रोल मोडल मानिने सेलिब्रिटीलाई आफ्ना फ्यानहरुसँग प्रत्यक्ष जोडिने गजबको प्लेटफर्म दिएको छ। उनीहरुका हरेक क्रियाकलाप र विषय दर्शकले नियालिरहेका हुन्छन्। उनीहरुले के खान्छन्? के लगाउँछन् मात्रै होइन, उनीहरुले कस्तो व्यवहार देखाउँछन्? त्यो पनि दर्शकको नजरबाट लुक्दैन अहिले। सेलिब्रिटीहरुले पनि आफ्ना फ्यानसँग जोडिन सञ्जालको राम्रै उपयोग गरिरहेका छन्।

तर, दर्शकले ‘रोल मोडल’ मानिरहेका सेलिब्रिटीहरु दर्शकसँग जोडिनका लागि प्रयोग गर्ने सामाजिक सञ्जालमा केही कुरा लेख्दा, कुनै तस्बिर हाल्दा या बोल्दा गम्भीर छन्? 

०००
कात्तिकतिरको कुरा हो। रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पल्ट ठूलो पर्दामा जोडी बाँधेर अभिनय गरेको फिल्म ‘घामड शेरे’ रिलिजको क्रममा थियो। 

कांग्रेस पार्टी कार्यालयमा विरोध गर्दै बसेका आफ्नै पार्टीका विद्यार्थी नेतालाई पार्टी सभापति कांग्रेसका सभापति शेरबहादुर देउवाले रौद्र स्वरुपमा थर्काए। तस्बिर भाइरल भइहाल्यो।

फिल्म निर्देशक आसिफ शाहलाई लाग्यो, फिल्मको प्रचार गर्ने गज्जव सामान फेला पर्‍यो। उनले फिल्मको पोस्टरसँगै देउवाको आक्रोशित मुद्राको तस्बिर फेसबुकमा राखे र लेखे, ‘घामड शेरे, कात्तिक २२।’

त्यसपछि सामाजिक सञ्जालमा चर्को विरोध सुरु भयो। शाहको पोस्टलाई लिएर कांग्रेस भ्रातृ संगठन नेविसंघ र तरुण दलले कडा शब्दमा आपत्तिमात्रै जनाएनन्, सुदूरपश्चिममा फिल्म नै चल्न नदिने उर्दी नै जारी गरे। फिल्म युनिटलाई ज्यान मार्नेसम्मको धम्की गयो। 

फिल्मको प्रचारको साटो ब्याकफायर भएपछि आसिफले फेसबुकमा राखेको पोस्ट हटाउँदै माफी मागे, ‘कुनै व्यक्ति या संस्थाप्रति चोट पुर्‍याउने मेरो उद्देश्य होइन। म स्वयं पनि कुनै राजनीतिक पार्टीमा संलग्न छैन। मैले जुन पोस्ट गरें त्यो विशुद्ध मजाकका लागि गरिएको थियो। गलत सन्देश प्रवाह भएकोमा माफी चाहन्छु।’ 

माफी मागे पनि आलोचना घटेन। फिल्म युनिटले पत्रकार सम्मेलन नै गरेर फिल्मको चरित्र देउवासँग कहीँ कतै नमिल्ने र देउवाको नामसँग जोडेर फिल्मको ट्रोल नबनाइदिन अनुरोधसमेत गर्नुपर्‍यो। 

फिल्म बिना तनाव रिलिज त भयो तर ‘फ्लप’ भइदियो।

०००
आस्था र आसिफ दुवैले सामाजिक सञ्जालमा जे सामग्री राखे दुवैले ‘फाइदै हुन्छ’ भनेर राखेका थिए। तर नतिजा आयो उल्टो। आस्था प्रहरीको अनुसन्धानको दायरामै आइन्। आसिफ विवादमा तानिए।

सञ्जालमा राखेको तस्बिर, भिडियो अनि लेखेका सामग्रीले समाजमा पर्ने प्रभावको वास्तै नगरी क्षणिक आवेग, उत्तेजना र लहडेपनका आधारमा सञ्जाल चलाउँदा आफैं फन्दामा परेका सेलिब्रिटीको संख्या टन्नै छ। सामाजिक सञ्जालका कारण कोही प्रहरी कार्यालय धाउन पुगे, कोही माफी माग्दै होस् पुर्‍याउन नसकेकोमा चुक्चुकाएर बसे।

०००
सोसियल मिडिया विज्ञ उज्वल आचार्यको निरीक्षणमा नेपाली कलाकारहरु प्रायःजसो आफ्नो सामाजिक सञ्जालमा दिनहुँ हुने भेटघाट, समाचारका लिंक र आफूलाई लागेका कुराहरु पोस्ट गर्न सक्रिय देखिन्छन्। सामाजिक सञ्जालमा उनीहरुको सामग्री हेर्दा सञ्जालमा राखेको आफ्नो सामग्रीले समाजमा कस्तो प्रभाव पर्छ भन्ने हेक्कै राख्दैनन् उनीहरु। नकारात्मक प्रतिक्रिया आएपछि पछुताउँछन्। 

फेसबुकमा दर्शकले गर्ने कमेन्टहरुले कलाकारको मन रुवाउँछ। आफ्नो पोस्टमा दर्शक-स्रोताले गर्ने कमेन्टप्रति उनीहरु निकै गम्भीर पनि देखिन्छन् तर आफूले पोस्ट गर्ने स्टाटस या सामग्रीले पनि कहींकतै कसैको मन रुवाउँछ कि? त्यसको ख्याल गर्दैनन्। 

‘आफ्नो पोस्टले आम सर्वसाधारणमाझ कस्तो प्रभाव पार्न सक्छ त्यसको हेक्का नराखी नेपाली कलाकारले सामाजिक सञ्जाल चलाइरहेका छन्,’ आचार्य भन्छन्, ‘सामाजिक सञ्जाल आवेगका बेला चलाउने वस्तु होइन। त्यसले पार्ने प्रभावको ख्याल नगरी जे मन लाग्यो त्यही लेखिहाल्ने या बोलिहाल्ने ठाउँ होइन।’

कुनै कारणले कसैलाई दुख्छ भने त्यो कारणहरु केलाएर, स्टाटस पब्लिस भइसकेपछि त्यसले केकस्तो प्रभाव पार्न सक्छ, त्यसको अध्ययन गरेर मात्रै लेख्यो भने राम्रो हुने उनको सुझाव छ। ‘नत्र पछि आफूले भनेको या लेखेको विषय आफैंले खन्डन गर्नुपर्ने अवस्था निम्तिन सक्छ। त्यो पक्कै राम्रो होइन,’ उनले भने।

आफ्नो पोस्ट, आफैंलाई घातक
फेसबुकमा दर्शकले गर्ने कमेन्टहरुले कलाकारको मन रुवाउँछ। आफ्नो पोस्टमा दर्शक-स्रोताले गर्ने कमेन्टप्रति उनीहरु निकै गम्भीर पनि देखिन्छन् तर आफूले पोस्ट गर्ने स्टाटस या सामग्रीले पनि कहींकतै कसैको मन रुवाउँछ कि? त्यसको ख्याल गर्दैनन्। 

यसका उदाहरण बग्रेल्ती छन्। 

केही समयअघि अभिनेत्री प्रियंका कार्कीले ‘मेरो मनलाई रुवाउनेहरूका लागि’ भनेर फेसबुकमा एउटा लामो स्टाटस राखेकी थिइन्। 

स्टाटसमार्फत उनले दर्शकलाई प्रश्न गरेकी थिइन्, ‘जब-जब म नयाँ फोटो हाल्छु, कुनै नयाँ फिल्मको गीत या म्युजिक भिडियो सेयर गर्छु, किन यति धेरै गाली गर्नुहुन्छ मलाई? के मैले कुनै प्रकारको चोट पुर्‍याएँ? तपाईंलाई व्यक्तिगत रूपमा ठेस पुर्‍याएँ? ‘रन्डी’, ‘भालु’, ‘बेश्या’ जस्ता शब्दहरु प्रयोग गरेर बडा आनन्द महसुस हुन्छ हो? एकदम महान काम गरेझैं लाग्छ हो?’

उनको स्टाटस यतिमै सीमित थिएन। थप लेखेकी थिइन्, ‘हामी कलाकार दिनरात मिहिनेत गर्छौं। घरी फिल्म सुटिङ, घरी कार्यक्रम। दसैं, तिहार, चाडपर्व केही नसोची यहाँहरुलाई मनोरञ्जन दिन घरी कतार, घरी मलेसिया त घरी अस्ट्रेलिया पुग्छौं। केको लागि? यही आलोचना खेप्नको लागि? कति चित्त दुख्छ होला, सोच्नुस् त?’

दर्शकले कमेन्टका क्रममा प्रयोग गर्ने अपशब्दले अभिभावकलाई समेत चोट पुग्ने उनको गुनासो थियो। उनले लेखेकी थिइन्, ‘यहाँहरुको घरमा छोरीचेली छैनन्? एक पटक सोच्नुस् त, तपाईंको घरको दिदीबहिनी, आमा, भाउजु, छोरीहरुमाथि यस्तो शब्द कसैले प्रयोग गर्दा, तपार्इंलाई कस्तो महसुस हुन्छ? ठिक त्यस्तै महसुस हुँदो होला नि, मेरा बुबा, आमा, भाइ र अन्य परिवारका सदस्यहरुलाई। कहिलेकाहीँ मामुले फोन गरेर ‘छोरी कस्तो नराम्रो लेखेछ तिम्रो फोटोमा हेर त। छिटो डिलिट गर’ भन्नुहुन्छ। कति चित्त दुख्छ होला उहाँको। तपाईंलाई यदि म मन पर्दैन भने बिन्ती मेरो पेजमा आउँदै न आउनुस्। बरु ब्लक गर्नुस् मलाइ तर अश्लिल, जथाभावी कृपया नलेखिदिनुस्। देशको कलाकारको सम्मान, देशबाटै सुरु हुन्छ। हामीले नगरे, कल्ले त? यति भन्न चाहन्थें। धन्यवाद।’

यो प्रियंकाको मात्रै गुनासो होइन, प्रायः कलाकारले यस्तै गुनासो गरिरहेका हुन्छन्।

सामाजिक सञ्जालमा अरु गम्भीर भएनन् भनेर चित्त दुखाउने नेपाली कलाकार आफ्ना पोस्टप्रति गम्भीर देखिँदैनन्। गलत सन्देश दिने मामिलामा प्रियंका नै सञ्जालमा धेरैपल्ट चुकेकी छिन्। 

तर, सामाजिक सञ्जालमा अरु गम्भीर भएनन् भनेर चित्त दुखाउने नेपाली कलाकार आफ्ना पोस्टप्रति गम्भीर देखिँदैनन्। गलत सन्देश दिने मामिलामा प्रियंका नै सञ्जालमा धेरैपल्ट चुकेकी छिन्। 

एउटा उदाहरण
गत जेठमा कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी थिइन्, प्रियंका। उनी कान्समा सहभागी हुने खबरले नेपाली मनोरञ्जन क्षेत्रप्रति चासो राख्ने मात्रै होइन, आम दर्शक पनि खुसी भए। बधाई दिए। 

फ्रान्स पुगेलगत्तै उनले तस्बिर राख्न थालिन्। नेपालबाट कान्समा सहभागी हुन पाउने पहिलो कलाकार, कान्सको रेड कार्पेटमा हिँड्न पाएकोमा खुसी छु भन्दै सञ्जालमा राखिइरहिन् तस्बिरहरु। उनका तस्बिरका पोज बलिउड अभिनेत्री प्रियंका चोपडाको कपी थियो। यसैमा उनले भक्कुमार गाली खाइन्। रेड कार्पेटमा अन्तर्राष्ट्रिय कलाकारसँगै हिँड्ने लगायत उनले जेजे दावी गरिन् ती सबै झुटो रहेको खुलेपछि उनले नकारात्मक प्रतिक्रिया थेग्नै सकिनन् र आफ्नो इन्स्टाग्राम अकाउन्टको प्रतिक्रिया नै निष्क्रिय बनाउनुपर्‍यो।

आफ्नो तस्बिर या धारणा मात्रै होइन, सेलिब्रिटीले सामाजिक सञ्जालमा सेयर गर्ने सामग्रीको पनि भ्यालु हुन्छ। आफ्नाको प्रमोसन भन्दै विचार नै नगरी सामग्री सेयर गर्दा विवादमा पर्न सक्छन्।

महिला हिंसाविरुद्ध कडा आवाज उठाइरहेकी अभिनेत्री केकी अधिकारी गत साउनमा फेसबुकमा एउटा गीत सेयर गरेका कारण विवादमा आइन्। उनले आफ्नो फेसबुक वालमा ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको महिलामाथि भद्दा मजाक गरिएको गीत सेयर गरेकी थिइन्। 

तर, सेयर गरेको सामग्री आफूले सार्वजनिक मञ्चमा राख्ने गरेको धारणा अनुकूल छ छैन, हेक्का नगर्दा गीतका गायक आर्जन पाण्डे र गीतमा अभिनय गरेकी मोडल रीमा विश्वकर्मालाई बधाई दिएर गीत सेयर गरेकी अभिनेत्री केकी आलोचित भइन्।

फेसबुक पोस्टले पुर्‍यायो हिरासत
आलोचना त भइनै गयो। सामाजिक सञ्जालमा के राख्नुहुन्छ, के राख्न हुँदैन भन्ने हेक्का नराख्दा कलाकार हिरासत समेत पुगेका छन्। 

गत वर्षको भदौमा कलाकार देशभक्त खनाल महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा एक दिन थुनिनुको कारण फेसबुकमा उनले लेखेको स्टाटस नै थियो। 

उनले तत्कालीन कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई भू-माफिया र भयानक ठगको आरोप लगाउँदै स्टाटस लेखेका थिए। त्यसपछि बोगटीले आफ्नो चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिए। बोगटीको उजुरीका आधारमा खनाल पक्राउ परे।

त्यतिबेला प्रहरीले खनालले अब उप्रान्त कसैको चरित्र हत्या नगर्ने र फेसबुकमार्फत माफी माग्ने लिखित कागज गरेर मुक्ति पाएका थिए।

रिहा भएलगत्तै फेसबुकमार्फत माफी माग्दै खनालले लेखे, ‘बोगटी ज्यूका बारेमा आवेशमा आई मबाट अनावश्यक शब्द लेखिन गई गल्ती हुन गएकोले सार्वजनिक रुपमा सामाजिक सञ्जालमार्फत क्षमा माग्दछु।’ 

फेसबुकमा ‘गेट वेल सुन’ 
राष्ट्रिय बहसमा आइरहेका विषय सही हुन् या खराब विश्लेषण नै नगरी मनमा लागेको सरर लेखेर पोस्ट गर्दा विवादमा आउने कलाकार पनि छन्। यसमा अभिनेता, तथा फिल्म निर्माता दीपकराज गिरी अग्र सूचीमा पर्छन्।

उनी जुन माध्ययमा क्रियशील छन्, त्यसका लागि अभिव्यक्ति स्वतन्त्रताको महत्व उच्च छ। तर उनी आफू कुन माध्ययमा छु भन्ने हेक्का नै नराखी अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभिन पुग्छन्।

सेन्सरसिपलाई बढावा दिने गरी प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको पक्ष–विपक्षमा बहस भइरहेका बेला दीपक एकाएक विधेयकको पक्षमा उभिएका थिए फेसबुकमार्फत। 

विधेयकमा आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने मात्र नभई सरकारको आलोचना गर्नेलाई जन्मकैदसम्मको कारबाही गर्ने व्यवस्था राखिएको थियो।

विधेयकमा सामाजिक सञ्जालमा नेपालको सार्वभौमिकता, राष्ट्रियता, अखण्डता तथा अन्य विषयविरुद्ध हुने कुरा प्रेषित गरे त्यस्ता व्यक्तिलाई कडा कारबाही हुने प्रावधान समेत थियो। विद्युतीय प्रणाली प्रयोग गर्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था समेत छ।

अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरु विधेयकको विपक्षमा उभिइरहँदा अभिनेता गिरीले आफ्नो फेसबुक वालमा लेखे, ‘फेसबुक लगायतका सामाजिक सञ्जाल दुरुप्रयोगकर्तालाई तह लगाउन सरकारले नीति पास गरेको छ, त्यो अत्यन्त स्वागतयोग्य छ। लोकतन्त्रको नाममा मनपरीतन्त्र धेरै थियो।’

उनले ‘...तर, भविष्यमा यही कानुनलाई टेकेर विरोधी सिध्याउने अभिलाशा चाहिँ कसैमा नपलाओस् शुभकामना’ भनेर पनि लेखेका थिए। तर उनको मूल धारणा अभिव्यक्ति स्वतन्त्रता विरोधी थियो। कलाकर्मी नै अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभिएपछि आलोचना हुने नै भयो। आम नागरिकले मात्रै होइन, फिल्मकर्मी समेत उनको धारणाको विपक्षमा उभिए।

दीपकराजकै स्टाटसमुनि उनको स्टाटसप्रति असहमति जनाउँदै फिल्म निर्देशक सुरेशदर्पण पोखरेलले कमेन्ट गरे, ‘सरकार ‘साइबर बुलिङ’ रोक्ने बहानामा अभिव्यक्ति स्वतन्त्रता नै संकुचित गर्ने तयारी गर्दैछ। एक्काइसौं शताब्दीको खुला समाज भएको लोकतान्त्रिक मुलुकमा सामाजिक सञ्जालमा लेखेकै कारण पाँच वर्ष कैद र १५ लाख रुपियाँ जरिवाना हुने कानुन बनाउन खोज्नुलाई स्वभाविक मान्न सकिँदैन। नेपाली समाजको लोकतन्त्रीकरणमा यस्तो निषेधात्मक प्रयासबाट गम्भीर धक्का लाग्न सक्छ। बुढी मरी भन्ने होइन, काल पल्कियो भन्नेतर्फ विचार गरौं, त्यो कालले तपाईं हामी सबैलाई लान सक्छ।’

यही स्टाटसमुनि एक जना प्रसंशक दीपेन्द्र सापकोटाले दीपकराजलाई कमेन्ट गरे, ‘ एक नम्बरमा हजुर पनि पर्नुहुन्छ। खिल्ली उडाउँदै केही वर्ष अगाडि ऋचा शर्मालाई गरेकोे गाली ताजा छ। हरेक कुरामा मजाक गर्दै लेख्ने?’

त्यतिबेला आफूले नाम किटान नगरेको र घुमाएर भन्न पाइने भन्दै उनले दीपेन्द्रलाई त्यहाँ जवाफ दिएका छन्। 

यद्यपि दीपकराज र उनको ‘छक्का पन्जा’ टिमले त्यतिबेला ऋचामाथि सामाजिक सञ्जालमार्फत सामूहिक आक्रमण गरेको ‘ओपन सेक्रेट’ जस्तै थियो। भलै अहिले दीपक विधेयकको समर्थन गर्न त्यो विषयमा पन्छिदै प्रतिक्रिया दिइरहेका थिए।
दुई वर्षअघि एक सिनेमासम्बन्धी बहस कार्यक्रममा ऋचाले फिल्म ‘छक्कापन्जा’ को महिला चरित्र चित्रणलाई लिएर खरो टिप्पणी गर्दा फिल्मसँग सम्बन्धित कलाकारको ठूलो समूहले फेसबुकमा उनलाई ‘गेट वेल सुन’ भन्दै सामूहिक रुपमा गाली गरेका थिए।

बहसका क्रममा ऋचाले त्यतिबेला भनेकी थिइन्, ‘छक्का पञ्जामा महिलालाई दैनिक पिट्न पाउनुपर्छ भनिएको छ। जुन दृश्य हेरेर दर्शकहरु खुब हाँसे र ताली पनि पिटे। दर्शक रमाएको देखेर लाग्यो देखाउन हुने सामान्य कुरा देखाएको हो त? तर महिला, पुरुष सबै रमाएको देखेर मलाई चाहिँ रिस उठेको थियो।’

ऋचाले बहसका क्रममा आफूले ‘छक्का पन्जा’ लाई लिएर निर्देशक दीपाश्री निरौलालाई प्रश्न गरेको अनुभवसमेत सुनाएकी थिइन्। ‘दीपा दिदी तपाईं महिला भएर के फिल्म बनाउनु भएको यो? भनेर प्रश्न गरेको थिएँ,’ उनले कार्यक्रममा सुनाइन्। 

ऋचाले राखेको यो अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ‘छक्कापञ्जा’ युनिट रिसले चुर देखियो। फिल्म युनिटका निर्माता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, कलाकारहरु प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, गौरव पहारी लगायतले ऋचालाई व्यंग्य गर्दै एउटै स्टाटस पोस्ट गरे। 

स्टाटसमा लेखिएको थियो, ‘एक जना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलाई मूर्ख भन्नु भएछ। प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपाईंका फिल्मले कहिल्यै दर्शक पाएनन्, गेट वेल सुन।’

प्रियंका र स्वस्तिमाले पछि आफ्नो स्टाटस डिलिट गरे। यो घटनापछि ऋचासँग ती कलाकारहरुको धेरै समय सम्बन्धमा दरार आएको थियो। 

किन यस्तो हुन्छ ?
‘कलाकारहरुले आफ्नै क्षेत्रसँग जोडिएका विषयमा मात्रै गहिराइमा बसेर लेख्दा राम्रो हुन्थ्यो तर हामीकहाँ केहीको फेसबुक हेर्दा उहाँहरु आफ्नो क्षेत्रभन्दा पनि प्रायः सबै क्षेत्रलाई समेट्न खोज्नुहुन्छ,’ सोसियल मिडिया विज्ञ आचार्य भन्छन्, ‘आफूलाई कम ज्ञान भएको क्षेत्रका विषयमा पनि आफूलाई एकदमै धेरै ज्ञान भएजसरी लेख्नुहुन्छ। आफूलाई थाहा नभएको विषयमा बढी जान्ने भएर लेख्दा पनि यहाँ समस्या भइरहेको हो कि जस्तो लाग्छ।’ 

भोलि के प्रभाव पार्ला? त्यसको लेखाजोखा नगरी जथाभावी स्टाटस लेख्ने अनि आलोचना हुन थालेपछि डिलिट गर्ने, नेपाली कलाकारका सामाजिक सञ्जाललाई नियालेर हेर्दा प्रायःमा यो प्रवृत्ति देखिन्छ। 

गाली खाएपछि स्टाटस डिलिट
अघिल्लो वर्ष अभिनेत्री आँचल शर्माको एउटा स्टाटस चर्चामा आयो। स्टाटसमा लेखिएको थियो, ‘रुँदै-रुँदै लगानी गर्ने अनि कलाकारिता गर्ने देखेर हाँसो लाग्यो।’

त्यतिबेला धेरैले आँचलको यो स्टाटस अभिनेत्री पूजा शर्मा लक्षित रहेको अनुमान लगाए। र, त्यही ठानेर आँचललाई गालीको ओइरो लाग्यो। सायद उनले गाली सहन सकिनन्, स्टाटस डिलिट गरिन्। 

फिल्म क्षेत्रमा यो प्रवृत्ति व्याप्त छ। भोलि त्यसले के प्रभाव पार्ला? त्यसको लेखाजोखा नगरी जथाभावी स्टाटस लेख्ने अनि आलोचना हुन थालेपछि डिलिट गर्ने, नेपाली कलाकारका सामाजिक सञ्जाललाई नियालेर हेर्दा प्रायःमा यो प्रवत्ति देखिन्छ। 

०००
अहिले आस्था आवेगमा सामाजिक सञ्जालमा प्रस्तुत हुँदा समस्यामा परेकी छिन्। उनले माफी मागिसक्दा समेत पक्राउ नै गर्ने प्रहरीको तयारीको विरोध पनि भइरहेको छ। तर यो घटनाले ‘आवेग, उत्तेजना, मदहोसीमा सामाजिक सञ्जालमा प्रस्तुत हुनु आफ्नै लागि ब्याक फायर हुने पुष्टि गर्‍यो।

अब चाहिँ हाम्रा कलाकर्मीको चेत खुल्छ कि!
 

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १४:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पराजुलीको सभापतित्वमा प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन
प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
राष्ट्रियसभा उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
पराजुलीको सभापतित्वमा प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन सोमबार, चैत २३, २०८२
प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सोमबार, चैत २३, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित सोमबार, चैत २३, २०८२
इन्धन कर हटाएर जनतालाई राहत दिन खुश्बु ओलीको माग सोमबार, चैत २३, २०८२
प्रतिनिधि सभा बैठक, २०८२ चैत २३ गते, सोमबार (लाइभ) सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
हाजिरी जमानीमा छुटे शंकरलाल अग्रवाल आइतबार, चैत २२, २०८२
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्