काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइटमा समस्या देखिएको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार 'जीआइडीसी सिस्टम'मा समस्या देखिएकाले वेबसाइट चल्न नसकेको हो।
उनले भने, ‘जीआइडीसी सिस्टममा प्रविधिक समस्या आएकाले वेबसाईटमा समस्या आएको हो। प्राविधिक टिम सिंहदरबार अाइपुगेको छ। के समस्या भएको रहेछ पत्ता लगाउने काम भइरहेको छ।'
केही समयमा नै वेबसाइट खुल्ने उनले बताए।
वेबसाइटमा समस्या देखिए पनि कारोबार संचालन भइरहेको उनले प्रस्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।