• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

प्रधानमन्त्री ओलीको भारत भ्रमण र क्रिकेट कूटनीति

64x64
नेपाल लाइभ बुधबार, चैत २१, २०७४  ०६:०१
1140x725

एक साताअघि जिम्बावेमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको समापनसँगै मार्च २५, २०१८ देखि नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट मान्यता प्राप्त गर्न सफल भएको छ। यस ऐतिहासिक उपलब्धिसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटका विभिन्न संस्था तथा सुप्रसिद्ध क्रिकेटरबाट बधाई तथा शुभकामना प्राप्त गरिरहेको छ। सँगसँगै नेपालले प्राप्त उपलब्धिलाई संस्थागत गर्न सफल हुन्छ कि हुँदैन भन्ने चिन्ता पनि त्यत्तिकै छ।

निलम्बनमा रहेको नेपाल क्रिकेट संघ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारहरुको समेत अभाव भएको परिप्रेक्ष्यमा यो उपलब्धि जोगाउन नेपालले निकै कठिन मेहनत गर्नुपर्ने देखिन्छ। प्राप्त उपलब्धिको सन्दर्भमा अब क्रिकेटको सम्भाव्यता र यसको विकासको लागि कूटनीतिक पहलको आवश्यकता छ।

क्रिकेटलाई प्राथमिकता किन?
आजको विश्वमा खेलकुदलाई केवल मनोरन्जनको माध्यमका रुपमा व्याख्या गर्नु बिलकुल असान्दर्भिक हुन्छ। खेल क्षेत्र मनोरन्जनमा मात्र सीमित नभई उद्योगको रुपमा विकास भइरहेको छ र विकासको क्रम तीव्र रुपमा रहेको छ। युरोप, दक्षिण अमेरिका, अफ्रिकामा फुटबलले ठूलो उद्योगको रुप लिएको छ। त्यहाँका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताले क्लब र खेलाडीको आर्थिक उन्नति मात्र नभई समग्र देशको आर्थिक अवस्थामा प्रभाव पार्ने क्षमता राख्दछन्। यसैगरी अमेरिकामा बेसबल र बास्केटबल ठूलो उद्योगको रुपमा रहेका छन्। यसैगरी क्रिकेटमा टेस्ट मान्यता प्राप्त राष्ट्रहरुमा (विशेषगरी भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका) समेत यसले ठूलो उद्योगको रुप लिइसकेको छ। व्यावसायिक स्तरमा निरन्तर भइरहने यी खेलकुदले ती राष्ट्रमा खेलकुदलाई करिअरको रुपमा विकास गर्ने संस्कार विकास गराइसकेको छ। ठूलाठूला प्रायोजन, असीमित र प्रभावकारी विज्ञापन र खर्बौं डलरको कारोबार तथा खेलसँगै जोडिएर आउने पर्यटन विकासले ती देशको समग्र विकासमा खेलकुदले सकारात्मक प्रभाव पारेको छ।

नेपालको सन्दर्भमा फाट्टफुट्ट एसियाली स्तरमा प्राप्त गरेका केही सफलताबाहेक दक्षिण एसियाली स्तरमा समेत नेपाल खेलकुद क्षेत्रमा पछाडि नै छ। निकै लोकप्रिय रहेको फुटबलमा पनि दक्षिण एसियाभन्दा माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन। विश्वकप र एसियाली स्तरका प्रतियोगिताका छनोट खेलमा सहभागितामा नै सीमित छ।

तुलनात्मक रुपमा नेपालले क्रिकेटमा भने छोटो समयमै लोकप्रियता हासिल गरी सोही अनुरुपको सफलतासमेत प्राप्त गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

क्रिकेटमा नेपाल सरकारले दीर्घकालीन रुपमा सहयोग उपलब्ध गराइरहनुपर्ने अवस्था रहने देखिँदैन। तर विश्व स्तरका प्रतिस्पर्धा र टेस्ट मान्यता प्राप्त गर्दाको अवस्थासम्म नेपाल सरकारको प्रत्यक्ष सहभागिता र सक्रियताको आवश्यकता रहिरहनेछ। एकपटक टेस्ट मान्यता प्राप्त गरिसकेपछि नेपाल क्रिकेट संघ नै भौतिक पूर्वाधारहरुको विकास र क्रिकेटको प्रणालीगत विकास र सुधार गर्नको लागि सबल हुने अपेक्षा राख्न सकिन्छ। क्रिकेटको विकासले नेपाललाई खेलकुदको माध्यमबाट विश्वस्तरमा चिनाउनुका साथै पर्यटन क्षेत्रको विस्तार लगायतका प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आर्थिक विकासमा योगदान पुर्‍याउनेछ। 
 
क्रिकेट कूटनीतिको अनिवार्यता
खेलकुद र कूटनीति कुनै नयाँ विषय होइन। अमेरिका र चीनको कूटनीतिक सम्बन्धमा सुधार ल्याउन अमेरिकाबाट चीनमा टेबलटेनिस खेल्नको लागि टोली पठाइएको थियो। इतिहासमा उक्त घटनालाई अझै पनि 'पिङ्ग पोङ्ग डिप्लोम्याट्स' को रुपमा स्मरण गरिन्छ। आयरल्यान्ड र स्कटल्यान्डको क्रिकेटको स्तर उकास्न इंग्ल्यान्डले प्रत्यक्ष रुपमा सहयोग गरिरहेको छ। यसैगरी बंगलादेश र अफगानिस्तानको क्रिकेट विकासमा समेत भारत र पाकिस्तानको प्रत्यक्ष, अप्रत्यक्ष सहयोग रहिआएको छ। नेपालभन्दा पछि क्रिकेट खेल्न सुरु गरेको अफगानिस्तान अहिले टेस्ट क्रिकेट मान्यता प्राप्त गर्न सफल भइसकेको छ।

नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाई टेस्ट मान्यताको लागि पृष्ठभूमि तयार गर्न कूटनीतिक पहलको अनिवार्यता आवश्यक छ। नेपालको क्रिकेट संघ निलम्बनमा रहेको अवस्थामा संस्थागत पहलको टड्कारो अभाव देखिएको छ। संघको सक्रियतामा मात्र पनि उच्चस्तरका क्रिकेट प्रतियोगितामा सहभागिता सम्भव रहेको छैन। विगतमा नेपाल अभ्यास खेलको लागि भारतमा जाँदा सामान्य स्तरका क्लबहरुसँग खेलेर फर्किएको थियो। भू-राजनीतिमा यति धेरै निकटता हुँदा पनि क्रिकेटको सम्बन्धमा नेपालले भारतबाट कुनै पनि उल्लेख्य सहयोग प्राप्त गर्न सकेको छैन। पाकिस्तानले बरु मैत्रीपूर्ण खेलमा आफ्नो अन्तर्राष्ट्रिय टोलीलाई नै नेपालसँग खेलाएको थियो। अहिलेको अवस्थामा क्रिकेट कूटनीति नेपाल र भारत दुवै देशको लागि उपयोगी सिद्ध हुनेछ। नेपालमा संविधान जारी भएपश्चात् बिग्रिएको नेपाल-भारत सम्बन्धलाई सुधार्ने र नेपालमा बढ्दै गएको भारतप्रतिको नकारात्मक भावनालाई सुधार्न क्रिकेट प्रभावकारी माध्यम हुन सक्दछ ।

नेपालका प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा नि:सन्देह रुपमा क्रिकेट सहयोगलाई पनि एउटा मुद्दाको रुपमा छलफल गर्नु उपयुक्त हुन्छ। भारतले विशेषगरी क्रिकेट रंगशाला लगायतका भौतिक पूर्वाधारको निर्माण, नियमित रुपमा नेपालसँग द्विपक्षीय सिरिजहरुको आयोजना तथा उच्चस्तरका टिमसँग नेपाललाई अभ्यासको अवसर/प्रशिक्षण र अन्य प्राविधिक सहयोग गरी नेपालको क्रिकेटलाई विकासमा सहयोग गर्न सक्दछ। भारतसँगको सम्बन्धले नेपाली क्रिकेटलाई व्यावसायिक बनाउनसमेत उल्लेख्य योगदान गर्न सक्दछ।

Xtrem
Xtrem

सन्दीप लामिछाने आइपिएलमा छनोट भए जस्तै नेपालका अन्य प्रतिभालाई समेत भविष्यमा यस्ता प्रतियोगितामा सहभागी हुने बाटो खुल्नेछ। यसका अलावा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को सबैभन्दा महत्वपूर्ण सदस्यको रुपमा भारत रहेको छ। नेपाललाई भविष्यमा टेस्ट मान्यता दिलाउनको लागि निर्णय प्रक्रियामा भारतको महत्वपूर्ण भूमिका रहन्छ। तसर्थ प्रधानमन्त्रीको आसन्न भ्रमणमा क्रिकेट विकासमा सहयोगको लागि पहल गर्नु अत्यन्त जरुरी छ।

भारतका अलावा पाकिस्तान, बंगलादेश, श्रीलंकासमेत नेपालको क्रिकेट विकासको लागि सहयोग गर्न तत्पर हुनेछन्। तर सामान्य स्तरका पहलबाट यो सम्भव छैन। उच्च स्तरका कूटनीतिक भेटघाटहरुबाट मात्र उच्च स्तरको क्रिकेटमा सहभागिता र सहयोग प्राप्त गर्न सकिन्छ। अन्यथा ४ वर्षको उपलब्धि यसै खेर जाने पक्का छ। ४ वर्षका लागि प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई सदुपयोग गरी आयरल्यान्ड, अफगानिस्तान जस्तो टेस्ट मान्यता प्राप्त राष्ट्रझैं बन्ने वा पपुवा न्युगिनी, हङकङ वा केन्या जस्तो अवस्थामा रहने भन्ने मुख्य जिम्मेवारी अब नेपाल सरकारकै काँधमा रहेको छ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०७४  ०६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु मृतकमध्ये तीन बालबालिका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ भारतको राजधानी दिल्लीमा मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गर्न पुगेका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बनर... शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूलाई नदिइएकोमा पुनः असन्तुष्टि जनाउँदै यस निर्णयले नर्वेको प... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्