• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ९, २०८२ Tue, Nov 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

रञ्जितको फ्रि किक उत्कृष्ट कि सामान्य?

जहाँ हार्ने र जित्ने दुवै टिम दुःखी
64x64
ऋग्वेद शर्मा बुधबार, माघ ८, २०७६  १८:४४
1140x725

काठमाडौं- रञ्जित धिमालको गोललाई छाडेर हेर्दा नेपाल पुलिस क्लब र मछिन्द्रबीचको खेलमा खास जोश थिएन। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पुलिस क्लबसँग यस्तो अपेक्षा हुँदैन। अहिलेको मछिन्द्रसँग त झनै यस्तो अपेक्षा राख्नै मिल्दैन। 

मछिन्द्रले पुलिसलाई १-० ले जितेर पनि खुसी हुन नसक्नुको कारण त्यही अपेक्षाअनुसारको खेल हुन नसक्नु नै हो। पराजित पुलिसको त कमजोर खेलमा अपेक्षा पूरा हुने कुरै रहेन। 

विराज महर्जन, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, दीपक राई, हेमन गुरुङ, एडिलजा सोमिडे, अभिषेक रिजाल र देवेन्द्र तामाङ जस्ता खेलाडीलाई मनाङ मर्स्याङदीबाट यसैसिजन क्लब भित्र्याएको मछिन्द्रको लिग जित्ने योजना यत्तिको खेलले कठीन हुने प्रशिक्षक प्रवेश कटुवाललाई पनि लाग्छ। 

‘आज हामीले तीन अंक त जोड्यौँ तर सोचेअनुसार खेल भएन। हाम्रो हेभिवेट टिम भएर पनि केही राम्रा मौकाहरु गुमाउन पुगेका थियौँ। सिनियर खेलाडीहरुले सामान्य गल्ती गर्नु राम्रो देखिएन’ मछिन्द्रका प्रशिक्षक कटुवालले भने। 

मछिन्द्र र पुलिसको खेलको पहिलो हाफ त निरश नै थियो। दोस्रो हाफमा केही राम्रा मुभहरु देखिए। त्यसमा ५४औँ मिनेटमा कर्नरबाट दुई याड नजिकैको फ्रिकिक बलमा मछिन्द्रका रञ्जित धिमालले हानेको फ्रि किक गोल विशेष थियो। खेलभर सम्झनलायक अवस्था त्यति नै हो।  

तर त्यसलाई रञ्जितको उत्कृष्ट गोल भन्दा पनि आफ्ना गोलकिपर शत्रुधन कुमार चौधरीको गल्तीको परिणाम मान्छन् पुलिस क्लबका प्रशिक्षक अनन्त थापा। 

‘त्यो फ्रि किक साधरण फ्रि किक हो। त्यसमा केही अचम्म मान्नु पर्दैन त्यो गोलकिपरको गल्तीले मात्रै गोल भएको हो। त्यो कुरा स्वीकार गर्नै पर्छ। उसले बचाउनै पर्ने गोल हो’ खेलपछि निराश देखिएका प्रशिक्षक थापाले भने। 

Ncell 2
Ncell 2

मछिन्द्रविरुद्धको हारले पुलिस क्लबलाई उपाधिमा दाबेदारी दिन कठीन हुने भएको छ। पुलिसको ८ खेलमा ११ अंक छ। ३ खेलमा जित २ बराबरी र ३ हार भएको पुलिसले बाँकी ५ खेलमा मछिन्द्रसँगै आर्मी क्लब र मनाङ मर्स्याङ्दी जस्ता टिमलाई पछि पार्नुपर्ने हुन्छ। 

पुलिसविरुद्धको खेल जितेको मछिन्द्रको ८ खेलमा १६ अंक छ। ५ खेल जितेको मछिन्द्रले २ खेल बराबरी र १ खेल हारेको छ। गएको वर्ष रेलिगेसनबिनाको लिगमा पुछारबाट दोस्रोमा रहेकाले एन्फाको नियमअनुुसार जारी लिगमा मछिन्द्रको एक अंक घटाइएको हो। 

मछिन्द्रभन्दा अघि शीर्ष स्थानमा रहेको आर्मी क्लबको पनि १६ अंक नै छ। तर आर्मीले ७ मात्र खेलेको छ। उता मनाङ मर्स्याङ्दी क्लबको पनि ७ खेलमा १३ अंक पुगिसकेको छ। यसले पनि लिग उपाधि जित्न आउँदो खेलमा गल्ती गर्ने छुट मछिन्द्रलाई छैन।

के भन्छन् प्रशिक्षक?

गोलकिपरको गल्तीले हार्न पुग्यौँ - अनन्त थापा (पुलिस क्लब)

आजको खेल जितेको भए हामी उपाधिको दौडमा भइराख्थ्यौँ। मछिन्द्र राम्रो टिम भएकाले हामीले त्यहीअनुसार योजना बनाएर बढीरहेका थियौँ। तर अब कर्नर नजिकको त्यो ठाउँबाट गोल हुनु त दुर्भाग्य नै हो। त्यो सिधा सिधा गोलकिपरको गल्ती हो। खास गरी भन्ने हो भने फुटबलमा यस्ता कुराहरु हुनु हुँदैन। 

हामीले उनीहरुलाई फ्रस्टेट गरेर काउन्टरमा गोल गर्ने भन्ने योजनामा बढीरहेका थियौँ, त्यस्तो हुन सकेन। त्यो फ्रि किक साधरण फ्रि किक नै हो। त्यसमा केही अचम्म मान्नु पर्दैन त्यो गोलकिपरको गल्तीले मात्रै गोल भएको हो। त्यो कुरा स्वीकार गर्नै पर्छ। उसले बचाउनै पर्ने गोल हो। यति सजिलै गोल हुन थाल्यो भने त कसैसँग पनि खेल जित्न सकिँदैन। त्यस्तो गल्तीहरुले विजेता हुन सकिँदैन। 

सोचेअनुसार खेल भएन - प्रवेश कटुवाल (मछिन्द्र क्लब)

आज हामीले तीन अंक त जोड्यौँ तर सोचेअनुसार खेल भएन। हाम्रो हेभिवेट टिम भएर पनि केही मौकाहरु गुमाउन पुगेका थियौँ। त्यो सुजलले हानेको बल पनि रिबाउन्डमा आएपछि हान्दा अफसाइड थियो जस्तो लाग्दैन। पछाडिबाट नै कुदेर गएको जस्तो लाग्छ।

 अब मैले के भन्ने, दुई अफसाइड गोलले पनि सोचेजस्तो नतिजा हुन सकेन। बाँकी खेलहरु पनि कठिन नै छ। धेरै टिमहरु नै विजेताको हकदार छन्। पुलिसविरुद्धको तीन अंक त्यसैले पनि महत्वपूर्ण भने हो। सिनियर खेलाडीहरुले सामान्य गल्तीहरु गर्नु भने राम्रो देखिएको थिएन। हिमालयन शेर्पासँगको हारपछि केही मोमेन्टम बिग्रिएको हो कि जस्तो लाग्छ। 

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शिक्षामन्त्रीले स्थानीय तहलाई भने- कर्मचारी र बालशिक्षकलाई न्यूनतम तलब दिनू मंगलबार, मंसिर ९, २०८२
काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई मंगलबार, मंसिर ९, २०८२
भीमफेदी कारागारका १६८ कैदीबन्दी अझै सम्पर्कविहीन मंगलबार, मंसिर ९, २०८२
सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ बढ्यो मंगलबार, मंसिर ९, २०८२
कोप-३०: १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता मंगलबार, मंसिर ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ८, २०८२
दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी सोमबार, मंसिर ८, २०८२
खगेन्द्र सुनार नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्