• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सन्तोषको गोल बिर्संदा भरतले हानेनन् पेनाल्टी

64x64
ऋग्वेद शर्मा सोमबार, माघ ६, २०७६  २०:३४
1140x725

काठमाडौं- सोमबार भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबका छिरिङ गुरुङले पेनाल्टी क्षेत्रमा त्रिभूवन आर्मी क्लबका सुमन अर्याललाई लडाएपछि पेनाल्टी पायो आर्मीले। धैरेको अनुमान थियो, अब पेनाल्टी आर्मीका कप्तान भरत खवासले हान्नेछन्। तर सन्तोष तामाङ पो अघि सरे।

केहीबेर बल भरतसँगै थियो। अन्तिममा उनले बल सन्तोषलाई दिए। सन्तोषले दाहिनेतर्फ चेपेर हानेको बल च्यासलको किपर एलन न्यौपानेको हातमा लागेर पोस्टभित्र पुग्यो। त्यो आर्मीको तेस्रो गोल थियो।

च्यासलविरुद्ध खेलको ५८औँ मिनेटमा भरतले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाइसकेका थिए।

‘ए’ डिभिजन लिगमा त्यो गोल भरतको ४७औँ थियो। यदि सन्तोषको साटो उनले पेनाल्टी हानेर गोल गरेको भए उनी ५०औं गोलको अझ नजिक पुग्थे। 

विश्वकप फुटबलको छनोटमा कुवेतसँगको खेल खेल्न भुटान जानुअघि ‘डिस्को काण्ड’मा परेर ४५ दिनको प्रतिबन्ध भोगेका सन्तोषको मनोबल बढाउन भरतको पेनाल्टी हान्ने मौका दिएका थिए। उनलाई लागेछ, सन्तोषले अहिलेसम्म गोल गरेकै छैनन्। मौका दिऔं। तर सन्तोषले यस अगाडि नै थ्री स्टारविरुद्धको खेलमा सम्झनायोग्य गोल गरेर आफ्नो खाता खोलिसकेका थिए। तर त्यो गोल टिमका क्याप्टेन खवासले नै बिर्सिएका रहेछन्।

लिगमा नेपाल आर्मी क्लबको चौथो खेल सन्तोषको पहिलो खेल थियो। थ्री स्टारविरुद्ध मैदान उत्रिएका उनले खेल सकिन ११ मिनेट बाँकी रहँदा उत्कृष्ट फ्री-किक गोल हानेका थिए। 

‘नढाँटी भन्ने हो भने पहिलो पेनाल्टी पाउँदा आफै हानौँ भन्ने लागेको थियो। त्यति नै बेला सन्तोष भाइले म हान्छु नि त भनिहाल्यो। मलाई पनि लाग्यो- उसको गोल भएको छैन, एक गोल हान्यो भने उसको मनोबल उच्च हुन्छ,' खेलपछि भरतले भने, ‘तर उसले यसअघि नै थ्री स्टारविरुद्धको खेलमा गोल गरिसकेको थियो भन्ने मैले भुलेछु। त्यो सम्झिएको भए पेनाल्टी आफै हान्थेँ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

सन्तोषले गोल हाने लगत्तै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भरतका स्थानमा जितेन्द्र कार्कीलाई मैदान छिराए। थप समयमा आर्मीले दोस्रो पेनाल्टीको मौका पायो। आर्मीले पाएको दोस्रो पेनाल्टीको मौकामा भरत मैदानमै थिएनन्। दोस्रो पेनाल्टी नवयुगले हाने र पोस्टमा लागेर फर्कियो। 

३–० ले जितेको खेलमा म्यान अफ दि म्याच बनेका भरतलाई खेलपछि सोच आयो- ‘त्यो पहिलो पेनाल्टी मैले नै हानेको भए हुने रहेछ।’ ५० गोलको आँकडा पूरा गर्न उनलाई त्यसले सघाउने थियो। फुटबलको सुरुवाती दिनमा पेनाल्टी हान्न लाग्दा ‘गोलकिपर त पहाड जत्रो लाग्ने’ भन्दै अघि नसर्ने भरतले च्यासलविरुद्ध भने चाहेको पेनाल्टी पनि हानेनन्। 

सोमबारको मौका चुकाए पनि जारी लिगमा बाँकी रहेको ६ खेलभित्र आफूले ५० गोलको आँकडा पार गर्नेमा विश्वस्त देखिन्छन् भरत।  ‘यो पटक त्यही सोचमा नै बढिरहेको छु, ५० गोल पूरा गर्नेछु भन्ने नै लागेको छ,’ उनले भने। 

च्यासलको स्टार टिम, कमजोर खेल
जारी लिगमा च्यासल अनुभवी खेलाडी भएको टिम हो। टिमका सदस्यमध्ये अधिकांश अनुभवी खेलाडी छन्। तर जारी लिगमा अब उसले रेलिगेसनबाट बच्नकै लागि प्रतिस्पर्धा गर्नुपर्ने छ। ७ खेलमा १ खेल मात्रै जितेको च्यासलले ३ खेल हारेको छ, ३ खेल बराबरी गरेको छ। ६ अंक भएको च्यासल भन्दा तल एपिएफको ५ अंक र सरस्वती क्लबको १ अंक मात्र छ। 

टिम हेर्दा सन्तुलित देखिए पनि च्यासलका खेलाडीले मैदानमा त्यसअनुरूप खेल देखाउन सकेका छैनन्। एलन न्यौपाने, सुनील बल, सन्तोष साहुखलजस्ता खेलाडीको कमजोर प्रदर्शनका कारण टिम रेलिगेसनबाट जोगिने संघर्षमा उत्रन बाध्य बनेको छ। 

आर्मीविरुद्धको खेलमा मैदानमा च्यासल कुनै समय पनि सन्तुलित हुन सकेन। ६४औँ मिनेटमा सुनील घाइते भएपछि त च्यासलको खेलको लय पूरै बिग्रियो। मिडफिल्डमा नितिन थापाले केही राम्रा ‘मुभ’ बनाए पनि गोल लाइनमा पुग्दा अवसर बिग्रिसकेको हुन्थ्यो। 

के भन्छन् प्रशिक्षक?
दोस्रो हाफमा खेल बिग्रियो : बालगोपाल साहुखल, च्यासल युथ क्लब

हाम्रो खेल असाध्यै निराशाजनक भयो। जतिजति खेल अघि बढ्दै गएको छ टिममा झन्झन् समस्या देखिँदै गएको छ। आर्मी धेरै राम्रो टिम थियो। सामूहिक रूपमा खेल्ने टिम पनि आर्मी नै देखिएको छ। हाम्रो टिममा भने समस्या नै छ। एक दुई जना खेलाडीमा मात्रै पूरा खेल निर्भर हुने भयो, अरु खेलाडी मैदानमा उभिने जस्तो मात्रै देखियो। 

टिमका रूपमा अघि नबढ्ने र योजनाअनुसार नखेली आफ्नै तरिकाले खेल्ने समस्या देखिएको छ। चौथो खेलबाट देखिएको समस्या अझैसम्म त्यही छ। टिम ‘सेटअप’ नै थिएन। यसरी त आर्मी जस्तो टिमसँग गाह्रो भई नै हाल्छ। पहिलो हाफमा भन्दा दोस्रो हाफमा त निकै बिग्रियो। आफ्नो पक्षमा खेल नहुँदा खेलाडी आत्तिने गरेको देखियो। सुनीलको आँखा नजिक सानो चोट लागेको छ। अर्को खेलसम्म ठीक होला। अंक तालिका हेर्दा हामी रेलिगेसन नजिक नै देखिएका छौँ। अब टिमको खेलले पनि त्यही देखाइरहेको छ। जबसम्म हामीले खेल जित्दैनौँ योजना मात्रै बनाएर केही हुँदैन। अब हरेक खेल निकै महत्वपूर्ण छ। 

पहिलो हाफमा खेल बिग्रिएको थियो : नवीन न्यौपाने, त्रिभुवन आर्मी क्लब
समग्रमा पहिलो हाफ बिग्रिएको थियो। आज मैदानमा धेरै चिसो महसुस भएकाले पनि खेलाडीहरुलाई केही बेर गाह्रो भयो। हाम्रो खेलमा जुन तीव्रता हुन्थ्यो त्यो पहिलो हाफमा भएन। दोस्रो हाफमा खेल धेरै सुधारियो। 

भरतको राम्रो गोलबाट अग्रता लिएपछि हामीलाई सजिलो भयो। विपक्षीहरू अघि बढेर खेल्दा हामीले ‘काउन्टर’मा राम्रो गरिरहेका थियौँ। खेलको अवस्था नै त्यस्तै हुन्छ। एक गोल पहिले हान्दा खेल नै यताउता पुग्छ। च्यासलले राम्रो नै खेलेको हो। हामीले पहिले गोल गर्न सक्दा नै उनीहरूलाई दबाबमा राख्न सकेका हौँ। हामीले तीन अंक जोडेर शीर्ष स्थानमा बस्न सकेका छौँ। शीर्ष स्थानमा पुग्न पनि निकै गाह्रो हुन्छ र त्यो स्थानलाई जोगाइराख्न पनि गाह्रो नै हुन्छ। 

अहिलेको अंक तालिका हेर्दा हामीले अरुको खेल हेरेर योजना बनाउन पाइरहेका छौँ। थ्री स्टार र मनाङको बराबरी र मछिन्द्रको हारले हामीलाई फाइदा भएकै छ। आर्मी क्लबको खेलकुद केन्द्रका केन्द्रपति शशिकिरण रायमाझी करसाबको जन्मदिन भएकाले आजको तीन अंक हामीले उहाँलाई उपहार दिएका छौँ। अब आउने खेल पनि महत्वपूर्ण छ। हामीले राम्ररी अगाडि बढ्दै जानुपर्छ।

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्