काठमाडौं– विशेष अदालतले सर्लाहीका विभिन्न सामुदायिक वन विनास गरी भ्रष्टाचार गरेको अभियोगमा जिल्ला वन अधिकृतसहित ३ जनालाई दोषी ठहर गरेको छ।
मंगलबार न्यायाधीशद्वय बाबुराम रेग्मी र चन्डीराज ढकालको इजलाशले वन विनास गरी भ्रष्टाचार गरेको भन्दै जिल्ला वन अधिकृत शेखरकुमार यादव, उपसचिव हेमबहादुर कार्की र सहायक जिल्ला वन अधिकृत सत्यनारायाण यादवालाई दोषी ठहर हुने फैसला सुनाएको हो।
विशेषले उनीहरुलाई जनही २ लाख ४० हजार बिगो र जरिवाना तथा ६ महिना कैद हुने फैसला सुनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड २ लाख ९७ हजार रुपैयाँ बराबरको वन विनास गरी भ्रष्टाचार गरेको अभियोगमा २०६९ पुस १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारले वन विनासमा २२ जना कर्मचारीको संलग्नता रहेको दाबी गरेको थियो। तर, विशेषले ३ जनाबाहेक अन्यलाई निर्दोष रहेको भन्दै सफाई दिने फैसला सुनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।