गायिका आस्था राउतलाई कारबाहीको तयारी

नेपाल लाइभ | २०७६ माघ ४ शनिबार | Saturday, January 18, 2020 १०:४५:०० मा प्रकाशित

काठमाडौं- गायिका आस्था राउतमाथि प्रहरीले कारबाही प्रक्रियाअघि बढाएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकाे आन्तरिक टर्मिनलमा गायिका राउतले गरेको ‘अभद्र व्यवहार’को मुद्दामा प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको हो। सुरक्षा जाँचका क्रममा गायिका राउतकाे महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो।

महिला प्रहरी श्रेष्ठले गायिका राउतले सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै विमानस्थल प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी पठाइएको छ।

सोहि जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंमा आज पुग्दैछ। महानगरीय प्रहरी परिसर काठमाडौंमा उक्त जाहेरी प्राप्त भएपछि गायिका राउतमाथि कारबाहीको हुने काठमाडौं परिसरका प्रमुख उत्तमराज सुवेदीले नेपाल लाइभलाई जानकारी दिए।

गायिका राउतको कसुर प्रमाणित भएमा पाँच महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने छ।

सम्बन्धित समाचार

कसले लिक गर्‍यो विमानस्थलको संवेदनशील सिसीटिभी फुटेज?

आस्थाकै गल्ती देखिने भिडियो सार्वजनिक,अझै भन्छिन्- मैले झुट बोलेको छैन

गायिका आस्था राउतविरुद्ध प्रहरी जवान रमिताले दिइन् जाहेरी

रिसमा फेसबुक लाइभ गर्दा समस्यामा आस्था​​​​​​​