• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कसले लिक गर्‍यो विमानस्थलको संवेदनशील सिसीटिभी फुटेज?

64x64
नेपाल लाइभ शुक्रबार, माघ ३, २०७६  २०:३१
1140x725

काठमाडौं– अमेरिकी सरकारको वार्षिक सुरक्षा प्रतिवेदन होस् या अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको ‘नेपालको विमानस्थलबाट हात्ती नै पास गराउन सक्छु।’ भन्ने भनाइले होस्, नेपालको विमानस्थलको सुरक्षा सँधै शंकामा पर्छ। भारतीय विमान अपहरणमा परेदेखि त झन् शंका बढायो नै। 

तर सुरक्षा प्रबन्ध कसिलो पारेर अन्तर्राष्ट्रिय समुदायको शंका निवारण गर्नुको साटो नेपालकै सुरक्षा संगठनका सदस्य थप शंका बढाउन सक्रिय देखिए। यस्तै घटना भयो शुक्रबार। गायिका आस्था राउतले विमानस्थलको सुरक्षामा खटिएकी महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै सार्वजनिक गरेको भिडियोको ‘काउन्टर’ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा जाँच भइरहेको भिडियो क्लिप नै सार्वजनिक भयो। 

यो भिडियो आन्तरिक टर्मिनलतर्फको हो। तर यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवैतिरको सुरक्षा निगरानीका लागि राखिएको क्लोज सर्किट टेलिभिजनको दृष्य सुरक्षित छैन भन्ने पुष्टि भयो। सार्वजनिक भएको उक्त भिडियोमा जाँचका क्रममा गायिका राउत र एक महिला प्रहरी (रमिता श्रेष्ठ) बीच भनाभन भएको दृश्य देखिन्छ। जसरी फुटेज बाहिरियो, यसले राउतको दाबीलाई काउन्टर दिन चोर बाटोबाट लिक गराइएको प्रष्टै हुन्छ। 

कसले गर्‍यो यति ठूलो बदमासी? 
यसबारे विमानस्थलको सुरक्षामा खटिएका एसएसपी रामकृपाल शाहका अनुसार गायिका राउतले प्रहरीलाई आरोप लगाएपछि विमानस्थल प्रहरीले फुटेज हेरेको थियो। फुटेजमा प्रहरीको गल्ती नदेखेपछि महानगरीय आयुक्त कार्यालयमा पठाइएको थियो। ‘तालुक कार्यालय मेट्रोमा हाम्रो गल्ती छैन है भन्दै हामीले सिसी टिभी फुटेज, महिला प्रहरी प्रहरीको जाहेरी पठाएका थियौं,’ उनले भने, ‘त्यसभन्दा बढी कसरी बाहिरियो हामीलाई थाहा भएन।’ 

आयुक्त कार्यालयबाट फुटेज बाहिरिएको हो त? यसबारे जानकारीका लागि महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीसँग सम्पर्क गर्न खोज्दा सम्भव भएन। उनको मोबाइल बन्द थियो। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्रीको दाबी सत्य हो भने केन्द्रलाई फुटेज बाहिरिएको बारे जानकारी नै छैन। ‘प्रहरीले फर्मल्ली यस्तो फुटेज सार्वजनिक गरेको छैन। यसबारे विमानस्थल र मेट्रो प्रहरी जानकार हुनुपर्ने हो।’ प्रवक्ता क्षेत्रीले दाबी गरे।

nimb
nimb

अन्तर्राष्ट्रिय बदनामीको खतरा 
अमेरिकाले केही महिनाअघि सार्वजनिक गरेको एक प्रतिवेदनमा नेपालको सुरक्षा अवस्था एकदमै कमजोर भएको उल्लेख गरेको थियो। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको ‘कन्ट्री रिपोट्र्स अन टेरोरिज्म २०१८’ मा प्रतिबन्धित भारतीय आतंकवादी संगठन मुजाहिदिनसम्मका विषय समेटिएका छन्।

रिपोर्टमा भनिएको छ, ‘भारतीय मुजाहिद्दिन नामक संगठनले नेपालमा पनि आफ्नो गतिविधि विस्तार गरेको र मुजाहिद्दिनलाई आफ्नो गतिविधिका लागि नेपाल अहिले सबैभन्दा ठूलो अखडा बनेको छ।’ यिनै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले समेत विमानस्थलमा स्पेशल टास्क फोर्सको टिम नै खटाउँदै आएको छ। अन्तर्राष्ट्रिय आतंकवादी समूहका सदस्य बेलाबखत समातिइरहन्छन् विमानस्थलमा। सुन र कोकिन लगायतका लागुऔषध भित्रिरहेका छन्। 

यस्तो अवस्थामा बाहिरिएको फुटेजले सुरक्षा जोखिम बढाउँदैन र?
विमानस्थलको सुरक्षा जाँच हुने क्षेत्रको भिडियो क्लिप सार्वजनिक हुनु गम्भीर विषय भएको सुरक्षा विज्ञ बताउँछन्। ‘गायिका राउत र प्रहरीबीच भएको विवादको भिडियो बाहिरिएको विमानस्थलको अतिसंवेदशील क्षेत्र हो‚’ विमानस्थल सुरक्षाबारे जनकार एक प्रहरी अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यसैगरी संवेदनशील क्षेत्रको भिडियो बाहिरिँदै जाने हो भने विमानस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठ्छ।’

प्रहरीको गल्ती छैन भन्ने देखाउन संवेदनशील क्षेत्रको फुटेज सार्वजनिक गर्नु गम्भीर घटना भएको विश्लेषण गर्दै ती अधिकृतले भने, ‘चासोको विषय संवेदनशील क्षेत्रको भिडियो कसरी बाहिरियो भन्ने हुनुपर्ने हो तर बहस भने अन्तै भइरहेको छ।’ 

कसरी बाहिरियो फुटेज?
नेपाललाइभको सोधखोजमा सो फुटेज प्रहरीबाटै बाहिरिएको देखियो। गायिका राउतले प्रहरीलाई गाली गर्दै गरेको फेसबुक लाइभपछि पक्ष र विपक्षमा बहस भएपछि माहौल आफ्नो पक्षमा पार्न प्रहरीले नै अनौपचारिक रुपमा फुटेज वितरण गरेको हो। फुटेज चोर बाटोबाट लिक गराउनेबारे प्रधान कार्यालयका वरिष्ठ प्रहरी अधिकृत पनि जानकार थिए।

सल्लाहअनुसार नै फुटेज बाहिरिँदा सुरक्षा संवेदनशीलताबारे प्रश्न उठेपछि जिम्मेवार प्रहरीहरु नै तैं चुप मैं चुप बनेका छन्। फुटेज बाहिरिएको बारे छानबिन हुन्छ त? प्रवक्ता क्षेत्री भन्छन्‚ 'यस विषयमा अहिलेसम्म कुनै औपचारिक छलफल भएको छैन।'

प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्