काठमाडौं- बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा कुकर बम विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान प्रहरीले गरेको छ।
बुधबार साँझ काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोक नजिकै रहेको ढकालको घरमा बम विस्फोट भएको थियो।
'कुकर बम विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। तर अनुसन्धान पूरा भएपछि मात्र निर्क्योल गर्न सकिन्छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले भने।
बेलुका ८ बजेतिर ढकालको घरको गेटमा बम विस्फोट भएको हो।
विस्फोटबाट पार्किङ गरी राखिएको कार र गेटमा क्षति पुगेको छ। घरका झ्यालका सिसा फुटेका छन्। कुनै मानवीय क्षति भएको छैन।
विस्फोटको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ।
सो पार्टीले ललिता निवासको जग्गा कब्जा समेत गरेको घोषणा गरेको छ।
थप समाचारः
ललिता निवास जग्गा काण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।