काठमाडौं- बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले लिएको छ।
बुधबार साँझ काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोक नजिकै रहेको ढकालको घरमा बम विस्फोट गराएको भन्दै उसले जिम्मा लिएको हो।
बेलुका ८ बजेतिर ढकालको घरको गेटमा बम विस्फोट भएको हो।
विस्फोटबाट पार्किङ गरी राखिएको कार र गेटमा क्षति पुगेको छ। घरका झ्यालका सिसा फुटेका छन्। कुनै मानवीय क्षति भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।