काठमाडौँ- संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ।
प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए। दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो। त्यसयता १० पटक प्रतिनिधिसभाको बैठक बसिसकेको छ। राष्ट्रियसभा बैठक ८ पटक बसेको संसद सचिवालयले जनाएको छ।
जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ। त्यसको कम्तीमा १५ दिनअघि नै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले संसदको पहिलो अधिवेशन अन्त्य गरिएको हो। पहिलो अधिवेशनमा प्रधानमन्त्रीका लागि विश्वासको मत लिने, सभामुख, उपसभामुख चयन, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको चयन र विधेयकले स्वीकृति पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।