• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सिमाना र डुबान समस्या समाधानमा भारत भ्रमण केन्द्रित गर्न प्रधानमन्त्रीलाई सुझाव

64x64
नेपाल लाइभ मंगलबार, चैत २०, २०७४  ०७:५९
1140x725

रमेश लम्साल/रासस
काठमाडौ-
नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकले सिमाना र डुबान समस्या समाधानमा प्रधानमन्त्रीको भारत भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्। 

सिमानामा आफूहरुले भोग्नुपरेका समस्या समाधानका लागि प्रभावित पक्षले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण चैत २३ गतेदेखि हुँदैछ। दुई देशबीचको खुला सीमा र सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेका बाँध तटबन्ध, सडक, निकुञ्ज र आरक्षजस्ता संरचनाका कारण सिमानाका नेपालीले समस्या भोग्नुपरेको उनीहरुको गुनासो छ। 

जीविकोपार्जनसँग प्रत्यक्ष रुपमा जोडिएका विषय तथा खाद्य अधिकारसमेत हनन हुने अवस्था उत्पन्न भएको जनाउँदै उनीहरुले सीमावर्ती क्षेत्रमा सिर्जित समस्या समाधानका निम्ति ठोस प्रयास गर्न तथा ती विषयलाई प्रमुख प्राथमिकताका साथ उठाउन अनुरोध गरेका छन्। सीमावर्ती क्षेत्रमा निर्माण भएको महलीसागर, लक्ष्मणपुर, कलकलवा, रसियालखुर्दलोटन, कैलाशपुरी, कोइलाबास, लुना, खाँडो बाँध तथा तटबन्धका कारण वर्षायाममा नेपाली भूमि डुबानमा परेको र समस्या समाधानका लागि पटक पटक प्रयास भए पनि त्यसबाट कुनै निष्कर्ष ननिस्केको उनीहरुको दुःखेसो छ। 

नेपालमा बर्सेनि डुबान र कटानपटान भइरहेको तथा हरेक वर्षायाममा सीमावर्ती क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको यथार्थ सुनाउँदै स्थानीयवासीले डुबानका कारण खेतीयोग्य जमीन बगरमा परिणत भएको, बालीनाली नष्ट भएको तथा पशुचौपाया र धनमाल गुमाउँदै आएकाले दीर्घकालीन समस्या समाधानको उपाय खोज्नैपर्ने माग उनीहरुको छ। 

राष्ट्रियसभाका सदस्य रामलखन हरिजनका अनुसार नेपालबाट बग्ने नदीको प्राकृतिक बहावमा अवरोधका कारण जनजीविकामा नै असर परेकाले लाखौँ नेपाली प्रभावित भएका छन्। वर्षायाममा सीमाक्षेत्रमा निर्माण गरिएका बाँधका ढोका बन्द गर्न नहुने, बाँधका कारण विस्थापित र जोखिममा परेका परिवारलाई क्षतिपूर्तिसहित सुरक्षित पुनःस्थापनाको व्यवस्था गरिनुपर्ने, लक्ष्मणपुर बाँधबाट प्रभावित खेतीयोग्य जमीनको कटान एवं गाउँ बस्ती डुबान र पटानबाट जोगाउन भारतसँग भएका सम्झौताबमोजिम राप्ती नदीको दुवै किनारामा पक्की तटबन्ध निर्माण गर्नुपर्ने, गण्डक

नहरमा भारत सरकार र प्रभावित स्थानीयवासीबीच भएको २१ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने बाँध सरोकार मञ्चका अध्यक्षसमेत रहेका हरिजनको आग्रह छ। 

झापाका हरि उप्रेती सीमावर्ती क्षेत्रका दुधुवा राष्ट्रिय निकुञ्ज र महानन्द राष्ट्रिय वन्यजन्तु आरक्षबाट आउने हात्ती, बाघलगायत जंगली जनावरले झापामा सबैभन्दा बढी प्रभाव पारेको बताउँछन्। उनका अनुसार झापाको बाहुनडाँगीमा मात्रै जंगली हात्तीका कारण १९ जनाको ज्यान गइसकेको छ। दुधुवा निकुञ्ज वन्यजन्तु पीडित संघर्ष समितिका अध्यक्ष केशवप्रसाद तिमिल्सिनाका अनुसार कञ्चनपुरको पुनर्वास क्षेत्रमा मात्रै ११ नागरिकको वन्यजन्तुको आक्रमणमा परी ज्यान गएको छ। झापा, बर्दिया, कैलाली, कञ्चनपुर आदि जिल्लामा बर्सेनि मानवीय र भौतिक क्षति बढिरहेको छ। किसानले लगाएको अन्नबालीको क्षति ठूलो मात्रामा छ। जंगली जनावरले खेतीबाली नष्ट गर्दा किसानलाई खेतबारी बाँझो नै राख्नुपर्ने बाध्यता छ। 

सीमा बचाऊ अभियानका अभियानकर्मी देवनारायण यादवका अनुसार सप्तरीको तिलाठी र बाँकेको हिरमिनियाका बासिन्दाले हरेक वर्ष नदी कटानका कारण समस्या भोग्दै आएका छन्। सीमावर्ती क्षेत्रमा करिब तीन मिटरदेखि सात मिटर उचाइ तथा ३० मिटर चौडाइको सडक निर्माण हुँदा वर्षामा बाढी तथा डुबानको समस्या उत्पन्न भएकाले समस्या समाधानका लागि पहल गरिदिन यादवले परराष्ट्रमन्त्रीसँग आग्रह गरे।

Ncell 2
Ncell 2
nimb
nimb

लक्ष्मणपुर बाँध पीडित संघर्ष समिति बाँकेका सचिव राजकुमार शुक्ला निर्माण भइरहेका संरचनाका कारण नदीको प्राकृतिक बहाव रोकिने गरेकाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सो विषयले प्राथमिता पाउनैपर्ने बताउँछन्। उनले नेपाल–भारतबीच रहेको विवादास्पद सीमांकनको तत्काल समाधान गरिनुपर्ने र नेपाली जनताले भोग्नुपरेको समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिए।

भारतीय निकुञ्ज तथा आरक्षबाट आउने वन्यजन्तुबाट हुने क्षतिको दिगो रोकथामका लागि संरक्षणसम्बन्धी संरचना विद्युतीय तारबार र ट्रेन्चको व्यवस्थाका साथै निकुञ्ज तथा आरक्षभित्रै निर्माण गर्नुपर्ने दुधुवा निकुञ्ज वन्यजन्तु पीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष केशवप्रसाद तिमिल्सिनाले परराष्ट्रमन्त्री ज्ञवालीलाई आग्रह थियो। 

वन्यजन्तु, बाढी तथा डुबानपीडितको समस्या समाधान गर्न सरकारले आन्तरिक रुपमा विशेष पहल तथा भारत सरकारसँग पनि निरन्तर कूटनीतिक संवाद जारी राख्नुपर्ने सुझाव नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य घनश्याम यादवको छ। 'हामीले आन्तरिक रुपमा के कति गर्न सक्छौँ, त्यो पहिला गरौँ र भारत सरकारसँग सुल्झाउनुपर्ने विषयलाई कूटनीतिक तहबाट सुल्झाऔँ,' यादवले भने।

एकीकृत राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले लामो समयदेखि विवादमा रहेको नेपाल–भारत सीमा क्षेत्रको व्यवस्थापनका लागि वर्तमान सरकारले विशेष पहल गरोस् भन्ने आफ्नो माग रहेको बताए।

Xtrem

Xtrem

भ्रमणमा सीमा समस्या उठाइने 
परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यी विषयले प्राथमिकता पाउने र समस्या समाधानका लागि अधिकतम पहल गरिने बताए। 'सार्वभौससत्ताको रक्षाका लागि वर्तमान सरकार एक इन्च पनि दायाँबायाँ गर्न सक्दैन। हामी सबै समस्यालाई क्रमशः समाधान गर्ने दिशामा नै छलफललाई केन्द्रित गर्छौं,' उनले भने, 'आशा छ दुई देशबीचका समस्या समाधान हुन्छन्।' 

मन्त्री ज्ञवालीले स्थानीयवासीको मागसँग सरकार जानकार रहेको र समस्या समाधानमा नै ध्यान दिएको स्पष्ट पारे। 'मानवीय कारणबाट सिर्जित समस्या वार्ताका माध्यमबाट तथा प्राकृतिक रुपमा आएका समस्या आन्तरिक तथा बाह्य रुपमा नै समाधान गरिन्छ,' मन्त्री ज्ञवालीले भने।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०७४  ०७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्