काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैत २३ देखि २५ सम्म हुने प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको हो।
प्रतिनिधिसभाको आजको बैठकमा ‘राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश २०७४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ लाई निर्णयार्थ पेश गर्ने पनि बैठकले निर्णय पनि गरेको छ। बैठकले एसियाली विकास बैंक (एडिबी) ले दिने भनिएको १० अर्ब सहयोग पनि लिने निर्णय गरेको छ।
अर्थ मन्त्रालयबाट प्रस्तावित भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न भुक्तानी तथा फर्स्यौट विधेयकलाई पनि सैद्धान्तिक सहमति दिएको छ। चैत २८ गतेसम्म राख्ने भनिएको जिल्ला शिक्षा कार्यालयलाई असार मसान्तसम्म निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी बैठकले विधेयक सहजीकरण समितिमा कमलशाली घिमिरेलाई नियुक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।