काठमाडौं- नेप्सेमा एकैदिन १ करोड २८ लाख ८ हजार ३ सय ९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
मंगलबार एक वाणिज्य बैंक, एक विकास बैंक र एक लघुवित्त कम्पनीको सेयर सूचीकृत भएको हो। आज सिटिजन्स बैंक इन्टरनेसनलको १ करोड ११ लाख १५ हजार ४ सय ६७ कित्ता बोनस सेयर सूचिकृत भएको छ।
त्यस्तै सहयोगी विकास बैंकको ८ लाख ४९ हजार ४ सय ४७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यता, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ८ लाख ४१ हजार ४ सय ७७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।