काठमाडौं- नेपाल धितोपत्र बोर्डले दुई वित्तीय संस्थालाई हकप्रद सेयर निष्काशन अनुमति दिएको छ। बोर्डले कुमारी बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्काशन अनुमति दिएको हो।
कुमारी बैंक
बोर्डले कुमारी बैंकलाई २० प्रतिशत हकप्रद सेयर निष्काशन अनुमति दिएको छ। बैंकले १० बराबर २ अनुपातमा १ करोड १९ लाख ३८ हजार ९ सय ९१ दशमलव ६५ कित्ता हकप्रद सेयर जारी गर्न बोर्डमा आवेदन दिएको थियो।
बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ।
हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ छ। उक्त २० प्रतिशत हकप्रद बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार रुपैयाँ पुग्नेछ।
गुराँस लाइफ इन्स्योरेन्स
गुराँस लाइफ इन्स्योेरेन्सलाई पनि नेपाल धितोपत्र बोर्डले २० प्रतिशत हकप्रद सेयर निष्काशन अनुमति दिएको छ। बोर्डले कम्पनीलाई १ सय रुपैयाँ अंकित मूल्यमा २९ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गर्न अनुमति दिएको हो।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था
यता, स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद सेयर जारी अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। संस्थाले प्रतिकित्ता १ सय अंकित मूल्यमा १२ लाख २४ हजार ९ सय ७७ दशमलव ६० कित्ता हकप्रद सेयर जारी अनुमति मागेको हो। संस्थाको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।