• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सर्वोच्चको आदेशपछि भारतका दलितहरु सडक संघर्षमा, ७ जनाको मृत्यु

64x64
नेपाल लाइभ सोमबार, चैत १९, २०७४  १६:३३
1140x725

काठमाडौं– भारतका विभिन्न राज्यमा दलितहरुले चर्काएको आन्दोलनका क्रममा सोमबार बेलुकीसम्म ७ जनाको मृत्यु भएको छ।

सर्वोच्च अदालतको नयाँ आदेशपछि हजारौं दलित भारतका सहरमा प्रदर्शनमा निस्किएका हुन्। सर्वोच्च अदालतको पछिल्लो आदेशले आफूहरुले पाउँदै आएको अधिकार र सुरक्षा गुमेको भन्दै उनीहरु सडकमा उत्रिएका हुन्।

अदालतले भारतमा दलितहरुको पक्षमा रहेको ‘एससी, एसटी एक्ट’को दुरुपयोग भएको भन्दै कानुनमा रहेका केही प्रावधान हटाउने फैसला गरेको थियो।

‘एससी, एसटी एक्टले भारतमा दलितमाथि हुने जातीय विभेदलाई सजायको भागिदार हुने नियम बनाएको थियो तर सर्वोच्च अदालतको अहिलेको फैसलाले हामीले पाउँदै आएको आरक्षण र

अधिकार कटौती भएको छ। यो हाम्रो भावना र आशा विपरीतको निर्णय हो,’ अल इन्डिया एसोसियसन फर लोअर कास्टका महासचिव केपी चौधरीले भने।

दंगापछि त्यहाँका संघीय सरकारले अदालतलाई आफ्नो पैmसला पुनरावलोकन गर्नका लागि आग्रह गरेका छन्।

भारतमा जातीय विभेद र जातसँग सम्बन्धित करिब ४० हजार अपराधका घटना सन् २०१६ मा मात्रै दर्ता भएका थिए।

देशका विभिन्न भागमा भड्किएको हिंसाका कारण अधिकांश क्षेत्रमा रेल सेवा बाहेक सडकमा आवतजावत बन्द भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अदालतको फैसलापछि भारतीय सहरहरुको अवस्था

सोमबार फैलिएको दंगामा भारतको मध्यप्रदेश राज्यमा मात्रै ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हिंंसा र प्रदर्शन बढ्दै गएपछि एकै ठाउँमा मानिसहरुलाई भेला हुनबाट रोक लगाइएको छ भने केही क्षेत्रमा कफ्र्यु आदेशसमेत जारी भएको छ।

यता, राजस्थान राज्यमा पनि एक प्रदर्शनकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Xtrem

Xtrem

दंगा भड्किँदै गएपछि पञ्जाव राज्यका सबै शैक्षिक संस्था, बैंक र कार्यालय बन्द भएका छन् भने परीक्षा पनि सारिएको छ। साथै, राज्य सरकारले सोमबार राति ११ बजेसम्मका लागि इन्टरनेट सेवा पनि रोकेको छ।

यसका साथै भारतको उत्तर प्रदेश, झारखण्ड र बिहार राज्यमा पनि प्रहरी र आन्दोलनकारीबीच झडप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

के हो भारतको एससी, एसटी एक्ट?

करिब २० करोड दलितको जनसंख्या रहेको भारतमा सन् १९८९ मा एससी, एसटी एक्ट लागू भएको थियो। जसले अत्याचार विरुद्ध बोल्न दलितहरुलाई उप्रेरित गरेको थियो भने उनीहरुमाथि भेदभाव पूर्ण व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने प्रावधान राखेको थियो।

त्यस समयमा विद्यमान कानुनले तल्लो जातका वा दलितको वचाउ गर्न नसकेको भन्दै उक्त कानुन पारित गराइएको थियो।

एससी, एसटी एक्टमा जातको आधारमा विभेद गर्ने व्यक्तिलाई तत्काल गिरफ्तार गर्न सक्ने, उनीहरुले पाउने सुविधा कटौती गर्ने, जमानतको अपिल खारेज गर्ने र आपराधिक अभियोग लगाउन सक्ने प्रावधान उल्लेख छ। 

साथै यो कानुनले पिडकको सम्पत्ति रोक्कादेखि जफत गर्नेसम्मको अधिकार सरकारी कार्यालयलाई दिएको छ।

यो कानुनले कुनै पनि निजामती कर्मचारीले जातीयताका आधारमा भेदभाव गरी सरकारी काममा ढिलाइ गरेमा उनीहरुमाथि पनि कारबाही हुने सुनिश्चतता प्रदान गरेको थियो।
सन् १९८९ मा ल्याइएको उक्त कानुन सन् २०१५ मा मात्रै परिमार्जन गरिएको थियो।

सर्वोच्च अदालतको नयाँ फैसलाले के भनेको छ?

सर्वोच्च अदालतले आफ्नो फैसलामा उक्त कानुन उच्छृंखल तरिकाले प्रयोग भएको उल्लेख गरेको छ। सन् २०१५ मा यही कानुनको आधारमा परेका उजुरी मध्ये १५ देखि १६ प्रतिशत उजुरी झुटो भएको र यसले निर्दोषमाथि लाञ्छना लगाएको अदालतको ठहर छ।

तत्काल हिरासतमा लिने प्रावधान खारेजका साथै आपराधिक क्रियाकलापको मुद्दा दायर गर्ने प्रावधानलाई पनि खारेज गर्दै अदालतले घटनाको उजुरी आएपछि प्रारम्भिक अनुसन्धान नगरी कसैलाई पक्राउ गर्न नसकिने फैसला गरेको छ।

यसका साथै कसैलाई पक्राउ गर्नुपूर्व त्यस जिल्लाका वरिष्ठ प्रहरी अधिकारीको स्वीकृति पनि अनिवार्य बनाइदिएको छ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०७४  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्