• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

२० वर्ष नपुग्दै २ पटक विवाह, २ श्रीमानबाट २ सन्तान

64x64
नेपाल लाइभ मंगलबार, चैत २०, २०७४  ००:२४
1140x725

लिबाङ, रोल्पा- (रासस) एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन। बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका आमासमेत बनिसकेका छन् । गरिबी, बेरोजगारी, चेतना अभाव तथा अशिक्षा नै बालविवाहको मुख्य कारक तत्व रहेको अधिकारकर्मीको भनाइ छ। 

‘जबसम्म जिल्लाका सम्पूर्ण किशोर किशोरी वा तिनका अभिभावक बालविवाहले निम्त्याउने समस्या तथा चुनौतीका बारेमा जानकार हुँदैनन् तबसम्म जिल्लामा बालविवाह न्यूनीकरण हुन सक्दैन’, पूर्व शिक्षक खोविलाल सुवेदी भन्छन। उमेर नपुग्दै विवाह गर्ने र दुई तीन सन्तानका आमा बन्नु उनीहरुको रहर नभएर बाध्यता भएको पीडित महिलाको भनाइ छ। रोल्पा नगरपालिकाकी चाहना क्षेत्री अहिले २० वर्ष पुग्दै छिन्। यतिबेलासम्म उनी दुई सन्तानकी आमा बनिसकेकी छिन्। ती दुई सन्तान उनका दुई श्रीमानबाट जन्मिएका हुन्। उनले पहिलो श्रीमानसँग सम्बन्धविच्छेद गरिसकेकी छन् भने हाल दोस्रो श्रीमानबाट दोस्रो बच्चासमेत जन्मिसकेको छ। 

‘लगातार तीन दिनको बिरामी परेर ममाथिकी दिदीको मृत्यु भएपछि मलाई आफ्नै भिनाजुले केहीवर्ष पहिले श्रीमतीका रुपमा उहाँको घरमा भित्र्याउनुभएको थियो तर भिनाजुको श्रीमती बन्नु मेरो रहर होइन बाध्यता थियो,’ चाहनाले भनिन्। भिनाजुले दिदी मरे लगत्तै आफूलाई साथ दिन हारगुहार गर्न थाले। तिमीलाई तिम्री दिदीलाई भन्दा सुखसँग राख्छु, जिन्दगीभरि दुःख दिन्न। यदि मलाई साथ दिएनौँ भने तिम्रै घरमा झुण्डिएर मर्छु भन्दै बिलौना गर्न थाले । त्यसबेला म कक्षा ८ मा पढ्दै थिएँ । मलाई आफूभन्दा करीब १५ वर्ष जेठो भिनाजुसँग बिहे गर्ने नभएपनि बिलौना सुनेर मेरा बुबाआमाले पनि भिनाजुलाई साथ दिनुपर्ने बताउन थालेपछि म बन्धनमा परेर भिनाजुको घरमा भित्रिएकी थिएँ। 

Ncell 2
Ncell 2
nimb
nimb

भिनाजुले मेरो सिउँदोमा सिन्दूर लगाउन नपाउँदै म दुई जिउकी भएँ उनको घरमा म भित्रिएको करीब साडे एक महिनामा उनी धन कमाउने बहानामा भारतको सिमलाका लागि घरबाट हिँडेका थिए। उताबाट फर्केर बिहे गर्ने बाचा गर्दै मलाई झुठा आश्वासन बाँडेर हिँडेका भिनाजुले रोल्पाको सुलिचौरबाट अर्की श्रीमती लिएर हिँडेछन्। करीब ८–१० दिनसम्म त मैले गरेको फोन उनले उठाउँथे । त्यसपछि न फोन सम्पर्क गरे न त मैले गरेको फोन नै उठाउँथे तर पनि सुखदुःख सहँदै म उनको घरमा करीब १४ महिना बसे त्यसैबेला छोरी जन्मिई । श्रीमान् बनिसकेका भिनाजु घर फर्कंदा अर्की श्रीमती लिएर आए र मेरो वास्ता गर्नुको साटो उल्टो मलाई धम्कीदिने थर्काउने गर्न थाले । त्यसपछि म असह्य पीडाको भारी बोकेर त्यो घरबाट निस्किएँ ।

त्यसपछिका दिनमा एक्लो जीवन जीउन नसक्ने भएकाले मैले पनि करीब दुईवर्ष पहिले दोस्रो बिहे गरेँ । ‘केटामान्छेको जात स्वार्थी हुन्छ भन्ने सुनेकी थिएँ हो रैछ । पहिलो सन्तानले बाभन्दा भक्कानो फुट्छ अहिले दोस्रो सन्तानकी आमा बनिसकेकी छु’, भावुक बन्दै उनले भनिन्। यस्तै रोल्पा नगरपालिकाकी मीना विष्ट हाल १९ वर्षकी छिन्। आफ्नै दाइसँग इँटाभट्टामा घुम्न पुगेकी मीनाले १४ वर्षको उमेरमा पहिलो श्रीमान्सँग प्रेम विवाह गरेकी थिइन्। हाल उनी पनि दुई श्रीमान्का दुई सन्तानकी आमा बनिसकेकीछिन्। बिहे गरेपछि बेवास्ता गर्ने, खान लगाउन नदिने र कुटपिट गर्ने गरेकै कारण मीनाले पहिलो श्रीमान् छोड्नुपरेको थियो ।

Xtrem
Xtrem

‘पहिलो श्रीमान्ले सँगै जीउने सँगै मर्ने सपना देखाएर बिहे गर्‍यो तर वाचा पूरा गरेन । जसका कारण उसको घर छोडेर केही समय माइतीमै बसेँ । माइतीमा बसेकै बेला कामको खोजीमा काखको नानी च्यापेर इँटाभट्टा पुगेकी थिएँ त्यसैबेला दोस्रो बिहे गरेकी हुँ’, मीना भभन्छिन्। चाहना र मीना त प्रतिनिधि पात्रमात्र हुन् रोल्पामा यस किसिमका विवसता बोकेर जीवन जिउन बाध्य भएका किशोरीको संख्या ठूलो छ । उनीहरु दुवैजनाको पहिलो श्रीमान्बाट जन्मिएका सन्तानसमेत आमाकै संरक्षणमा बस्दै आएका छन्। यसरी अबोध अवस्थामा आफूलाई जन्मदिने बाबुको माया नपाउँदा बालबालिकाको मस्तिष्कमा नकारात्मक असर त पर्छ नै त्योभन्दा बढी आमाले दोस्रो बिहे गर्दा उनीहरुलाई छुट्टै पीडामा जिउनुपर्दा कुलतमा लाग्ने, पढ्नुको साटो कलिलो उमेरमा कामको खोजीमा भौँतारिन बाध्य छन्। यस किसिमका बालबालिका अभिभावकको मायाका साथै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुँदै आएका छन्। 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०७४  ००:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्