काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा कलाक्षेत्रका तर्फबाट अभिनेता राजेश हमाल र दिनेश डिसी जाने भएका छन् । चैत २३ गतेका लागि तय भएको भ्रमणका क्रममा नेपाली कला क्षेत्रको प्रतिनिधित्व गर्दै हमाल र डिसी जाने निर्णय भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल लाइभलाई जानकारी दिए ।
नेपाली चलचित्र क्षेत्रको विकासमा आफू सकारात्मक रहेको बताउँदै आएका प्रधानमन्त्री ओलीले यसअघि आफ्नो भारत भ्रमणमा कलाकार पनि समेट्ने घोषणा गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बलिउडका कलाकार र अन्य व्यक्तिहरुसँग पनि भेट्ने कार्यक्रम छ । सो क्रममा नेपालका विभिन्न स्थानलाई बलिउड फिल्मको सुटिङ स्थलका रुपमा लिन र नेपालको पर्यटन विकासमा टेवा पुर्याउने दोहोरो फाइदाका लागि छलफल गरिने नेपाली पक्षको तयारी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।