कराची – पाकिस्तानले टी–२० अन्तर्राष्ट्रिय खेलमा रनको आधारमा अहिलेसम्मकै जित हात पारेको छ। तीन खेलको टी–२० सिरिजअन्तर्गत आइतबार कराचीमा भएको खेलमा वेस्ट इन्डिजलाई १ सय ४३ रनले पराजित गर्दै पाकिस्तानले सानदार जित हात पारेको हो । पाकिस्तानले दिएको २ सय ४ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज १३.४ ओभरमा ६० रनमै अलआउट भयो । वेस्ट इन्डिजका लागि मार्लोन स्यामुयल्सले सवैभन्दा बढी १८ रनको योगदान गरे ।
वेस्ट इन्डिजको इनिङ ध्वस्त पार्ने क्रममा पाकिस्तानका मोहमद अमिर, मोहमद नवाज र सोएब मलिकले समान २–२ विकेट लिए। हसन अली, सादब खान र हुसेन तलातले पनि १–१ विकेट हात पारे। पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन जोड्यो । पाकिस्तानका लागि हुसेन तलातले ३७ बलमा ४१ रन जोडे। ओपनर फकर जमानले २४ बलमा ६ चौका र १ छक्काको मद्दतमा ३९ रन जोडे । बाबर जमानले १७ रन जोड्दा सर्फराज अहमद ३८ र सोएब मलिकले ३७ रन दिए। सार्फराजले २२ बलमा ४ चौका र १ छक्का तथा मलिकले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।