काठमाडौं– सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफू पनि कुनै समय पत्रकार नै भएको भन्दै सञ्चारमाध्यमको भूमिका र महत्व बुझेको बताएका छन्। प्रेस काउन्सिल नेपालद्वारा आयोजित प्रेस काउन्सिल नेपालको ऐनको समयानुकूल संशोधनका लागि प्रस्तावित मस्यौदा उपर छलफल कार्यक्रमको उद्घाटन समारोहमा कामु प्रधानन्यायाधीश जोशीले सञ्चारमाध्यममले व्यावसयिक धर्म कायम राख्नेमा आफू विश्वस्त भएको बताए।
वरिष्ठ साहित्यकार भवानी घिमिरेको उत्साहबाट जन्मेको साहित्यिक पत्रकार संघ कवि हरिभक्त कटुवाल संयोजक रहेको साहित्यिक पत्रकार संघमा सचिवको काम जिम्मेवारी समेत सम्हालेको स्मरण गर्दै जोशीले पत्रकारीता मर्यादित पेसा भएको बताए। २०४८ पछि प्रेस काउन्सिल अध्यक्ष भएका नुतन थपलिया, सर्वोच्च अदालतका वहालवाला न्यायाधीश बासुदेव शर्मा, वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीको कार्यकालले प्रेसलाई न्यायपालिकासँग जोडेको जोशीले बताए।
सञ्चारमाध्यम र न्यायपालिकाको संस्थागत सम्बन्ध सदैव सुमधुर रहनुपर्ने भन्दै उनले त्यसका लागि आफू सदैव सकारात्मक र सहयोगी भूमिकामा रहने भनाइ राखे। ‘यस क्षेत्रको दायरा जति फराकिलो भएको छ, त्यति नै बढी जिम्मेवारी पनि बढेको देखिन्छ,’ कामु प्रधानन्यायाधीश जोशीले भने, ‘निष्पक्ष स"चना जनतासमक्ष सम्प्रेषण गर्ने भूमिकाका साथै सामाजिक सचेतना वृद्धि गर्नका लागि पत्रकारिता जरुरी छ।’
शिक्षा, राजनीति, कला, साहित्य, अर्थतन्त्र, कृषि, उद्योग–व्यवसाय, वाणिज्य, पर्यटन, संस्कृति लगायत न्याय र कानुनको क्षेत्रमा समेत कलम चलाउनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।