काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन्।
शुक्रबार प्रधानमन्त्री ओलीले आफू मातहतमा रहेको स्वास्थ्य मन्त्रालयको कामकारबाही पूर्ण मन्त्रीका हैसियतले नै गर्ने गरी राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी दिएका हुन्। यो जिम्मेवारीपछि अर्यालले पूर्ण मन्त्रीसरह मन्त्रिपिरषद्मा सहभागी हुन पाउनेछिन्। उनले स्वास्थ्यमा गरेका निर्णयले पनि मन्त्रीस्तरीय मान्यता पाउनेछन्।
उनी चैत २ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन्। स्याङ्जाबाट प्रत्यक्षतर्फ चुनाव जितेकी अर्याललाई एमालेले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएको थियो। स्याङ्जा २ बाट कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गर्दै उनी प्रतिनिधिसभा निर्वाचनमा विजयी भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।