काठमाडौैं– अफ्रिकाको कङगोबाट नेपालमा सालक तस्करीमा चिनियाँहरु सक्रिय रहेको खुलेको छ। गत महिना पक्राउ परेका दुई चिनियाँमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको छ।
टर्कीस एयरलाइसन्बाट २ महिनाअघि काठमाडौं ल्याइएको सालकसहित चिनियाँ नागरिक क्वी जिओरोङ र क्यू लिबाओलाई पक्राउ गरेको थियो। जिल्ला वन कार्यालयले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिदै संगठित अपराध मुद्दामा उनीहरुमाथि थप कारबाहीका लागि सिआईबीलाई पत्राचार गरेको हो। सोही आधारमा सिआईबीले सो गिरोहका अन्य सदस्यमाथि कारबाही अघि बढाएको छ।
६ वटा सुटकेशमा उनीहरुले सालकको खपटा लुकाएका थिए। सालक संरक्षित वन्यजन्तु हो।
नेपालबाट चीनमा सालक लैजान सजिलो हुने भएकाले उनीहरुले नेपाललाई ट्रान्जिट बनाएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनामा संलग्न एक चिनियाँ, एक नेपाली र एक बंगलादेशी नागरिक फरार छन्। उनीहरुले कछुवा भन्दै सालकको खपटा तस्करीको प्रयास गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।