काठमाडौं- साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक बढेता पनि कारोबार रकममा भने गिरावट आएको छ।
बिहीबार १ सय ६४ कम्पनीको ३८ करोड ७१ लाख ७८ हजार ४ सय १ रुपेयाँ बराबरको सेयर किनबेच भएको छ। अघिल्लो दिन भने कारोबारमा ५१ करोड ४१ लाख ५० हजार १ सय ३७ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
बिहीबार नेप्से परिसूचक १५ दशमलब ४८ अंकले बढेर १ हजार २ सय २० दशमलब २९ को बिन्दुमा आइपुगेको छ।
यता, क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलब ४० अंकले बढेर २ सय ६० दशमलब ८८ को बिन्दुमा आइपुगेको छ।
बिहीबार कारोबारमा आएको मध्ये ट्रेडिङ र अन्य समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ। ट्रेडिङ समूहमा ३ दशमलब शून्य ४ अंक र अन्य समूहमा शून्य दशमलब शून्य ३ अंकको गिरावट आएको छ।
यता, बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यो समूहमा ६६ दशमलब ३५ अंकको वृद्धि देखिएको छ। त्यस्तै, विकास बैंक समूहमा २० दशमलब ४५ अंकको वृद्धि देखिएको छ भने लघुवित्त समूह १९ दशमलब ९९ अंकले बढेको छ।
बिहीबार मेगा बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ। बैंकको ३ करोड ६४ लाख ९५ हजार ९ सय रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ। त्यस्तै, नबिल बैंकको १ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।
बिहीबार राधी विद्युत् कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य ९ दशमलब ६३ प्रतिशत अर्थात् १८ रुपैयाँले बढेको छ। त्यस्तै, अपि पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९ रुपैयाँले बढेको छ।
यता, काबेली विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँ अर्थात् ५ दशमलब ५० अंकले घटेको छ। त्यस्तै, हाथवे फाइनान्सका लगानीकर्ताले प्रतिसेयर १ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।