काठमाडौं– आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार बिहीबारबाट खुलेको छ। कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि नेप्सेले ८१ दशमलब ८४ रुपैयाँदेखि २ सय ४५ दशमलब ५२ रुपैयाँसम्मको ‘ओपनिङ रेन्ज’ दिएको छ।
कम्पनीले फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म २ लाख ९४ हजार कित्ता आइपिओ जारी गरेको थियो।
कम्पनीले कुल निष्कासनको ३ प्रतिशत अर्थात ८ लाख ८ हजार २० रुपैयाँ बराबरको ८ हजार ८ सय २० कित्ता कर्मचारीका लागि र सामूहिक लगानी कोषका लागि कुल निष्कासनको ५ प्रतिशत अर्थात १४ लाख ७० हजार रुपैयाँ बराबरको १४ हजार ७ सय कित्ता छुट्याएको थियो।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको आइपिओ जारी भएपछि चुक्ता पुँजी ६ करोड रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।