दमास्कस– सिरियाको राजधानी दमास्कसदेखि पूर्वीक्षेत्रमा पर्ने गुटाबाट कुल १ लाख २८ हजार नागरिक विस्थापित भएका छन्। विद्रोहीहरुको नियन्त्रणमा रहेकाले सो ठाउँ उनीहरुले छाडेका राज्यद्धारा संचालित समाचार संस्था सानाले बुधबार जनाएको छ।
सैन्य अधिकारीहरुलाई उद्धृत गर्दै सानाले संप्रेषण गरेको समाचार अनुसार ठूलो संख्यामा आमनागरिकहरु विस्थापित भएका हुन्।
सुरक्षाकर्मीहरुले घटनास्थलमा सुरक्षा कारबाही जारी राखको पनि समाचारमा उल्लेख गरिएको छ। पछिल्लो विवरण अनुसार मंगलबार मात्रै झण्डै ५ सय जना आमनागरिक गुटाबाट विस्थापित भएका छन्।
उनीहरु गुटाबाट भागेर सरकारको नियन्त्रणमा रहेको वाफिडीन क्षेत्रमा पुगेका हुन्। वाफिडिन क्षेत्र राजधानी दमास्कसदेखि उत्तरपूर्वी क्षेत्रमा पर्दछ।
सिरियाली जिहादी समूहलाई आफ्नो कब्जामा राख्दै आएको इस्लामिक स्टेट्स (आइएस) समूहले राजधानी दमास्कसको दक्षिणी क्षेत्रमा सरकारी सेनामाथि आक्रमणलाई बढावा दिएको छ। आइएस समूहले दमास्कस र प्यालेस्टिनी शिविर यारमुक, हजार अल–असाद तथा तादामुन क्षेत्रमा आफ्नो उपस्थिति देखाउँदै आएको छ।




पूर्वी गुटा क्षेत्रबाट द्वन्द्वको भुमरीबाट बच्नकै लागि आमनागरिकहरु विस्थापित हुनुपरेको हो।
विद्रोहीको राम्रो आधारस्थलका रूपमा चिनिने गुटा क्षेत्रमा सरकारी फौजले विगत एक महिनायता चलाएको कारवबाहीपछि ठूलो संख्यामा सर्वसाधारण पलायन भई सुरक्षितस्थलतर्फ गएको सिरियाली सेनालाई उद्धृत गर्दै सानाले जनाएको छ।
सिरियाली राज्य सञ्चालित टेलिभिजनले पनि करिब ४ लाख जनसंख्या रहेको गुटाबाट विस्थापित हुनेहरुको संख्या बढीरहेको समाचार प्रसारण गरेको छ।
विस्थापित सबैजना सिरियाली सेनाले मानवीय सहयोगका लागि खुला गरेको बाटोे प्रयोग गर्दै गुटाबाट बाहिरिएका विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।