बेनी– लोकतान्त्रिक गणतन्त्र कंगोमा विद्रोही समूह एलिड डेमोक्रयाटिक फोर्स्(एडीएफ) को आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ।
देशको उत्तर किभु प्रान्तमा पर्ने बेनी भन्ने ठाउँमा मंगलबार राती भएको आक्रमणमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।
यस आक्रमणमा परी मारिएका सबैजना आमनागरिक भएका सरकारी सेनाका प्रवक्ता क्याप्टेन माक अजुकायीले बताए।
सेनाले सुरक्षा कारबाही सुरु गरेको केही घण्टापछि आक्रमणकारीहरु त्यहाँबाट भागेका उनले जानकारी दिए। आक्रमणमा परी अन्य केही आमनागरिकहरु पनि घाइते भएका जनाइएको छ।
बेनीका स्थानीय श्रोतहरुले सिन्ह्वालाई दिएको जानकारीअनुसार उच्च सतर्कतासहित सेनाले सुरक्षा कारबाहीलाई निरन्तरता दिएको छ।
केही समयको विश्रामपछि विद्रोही समूह एडीएफले युगान्डा र लोकतान्त्रिक गणतन्त्र कंगोमा आतङ्ककारी गतिविधि बढाएपछि सरकारी सेनाले पूर्वी कंगोमा सुरक्षा कारबाहीलाई जारी राखेको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।