कुवेत सिटी– कुवेतमा सन् २०१७ भरी भएका सडक दुर्घटनामा परी करिब ४ सय २८ जनाको मृत्यु भएको छ। कुवेती ट्राफिक विभागले वर्षभरीमा ७१ हजार १ सय ६१ वटा दुर्घटना भएको पनि जानकारी दिएको छ।
विभागले सार्वजनिक गरेको वार्षीक प्रतिवेदनका अनुसार मृत्यु भएका ४ सय २८ जना मध्ये १ सय ७७ जना कुवेती नागरिक रहेका छन्। त्यसैगरी २१ जना बेडोइन्स्, १६ जना गल्फ कर्पोरेसन काउन्सिल र अन्य २ सय १४ जना अन्य विभिन्न देशका रहेका विभागले जनाएको छ।
तथ्याङ्कका अनुसार सबैभन्दा धेरै दुर्घटना हवालीमा भएको छ। सो ठाउँमा १९ हजार ६ सय ९७ वटा दुर्घटना भएका छन्। त्यसैगरी क्यापिटल दोस्रो धेरै दुर्घटना हुने ठाउँमा परेको छ। त्यहाँ १७ हजार ८ सय ५१ ओटा दुर्घटना भएको विभागले जनाएको छ।
पछिल्लो तथ्यांक अनुसार सडक दुर्घटनाको मुख्य कारण ट्राफिक नियमहरुको उलंघन नै भएको विभागले जनाएको छ। रातो बत्तीको संकेत बेवास्ता गर्ने, सवारी साधन चलाउँदा अत्याधिक गति, हेलचक्रयाई र मोबाईल फोनको प्रयोग लगायतका कमजोरी बढी देखिएको पाइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।