मस्को– रुसको दक्षिणपश्चिमी प्रान्त साइबेरियाको केमेरोभो सहरमा रहेको एक सपिङ्ग मल(किनमेल केन्द्र) मा आइतबार भएको आगलागीमा परी ज्यान जानेमा ४१ जना बालबालिका रहेको पुष्टि भएको छ।
रुसको रिया नोभोस्ति समाचार समितिले बुधबार सो जानकारी दिएको हो। गत आइतबार भएको यस आगलागीमा परी ६४ जनाको ज्यान गएको रुसका स्वास्थ्यमन्त्री भेरोनिका स्कभोर्तसोभाले जानकारी दिए।
सो मलमा रहेको चलचित्र प्रदर्शनी हलमा चलचित्र हेर्न आएका बालबालिका सो आगलागीमा परेका प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।
केही बालबालिका अझै पनि हराइरहेकाले मृतक बालबालिकाको संख्या बढ्नसक्ने पनि प्रहरीको अनुमान रहेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।