काठमाडौं- बाढी प्रभावित जिल्लाका लागि नेपाल टेलिकमले नि:शुल्क जिएसएम प्रिपेड सिम कार्ड वितरण गरेको छ।
केही दिनअघिको बाढी र डुबानबाट प्रभावित २३ जिल्लामा टेलिकमले विभिन्न सुविधा सहितको सिम वितरण गरेको हो। सिमसहित रु ५० को टक भ्यालु र आफ्नो नेटवर्कभित्र थप ५० मिनेट बराबरको नि:शुल्क कल सुविधा रहेको छ। पीडितहरुले आफ्नो सिम हराएको वा काम नगर्ने अवस्थाबारे जानकारी गराए अर्को सिम नि:शुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ।
भदौ १२ गतेदेखि लागू भएको यो सुविधा कम्पनीले आगामी २६ उपलब्ध गराउनेछ।
नि:शुल्क सिम पाउने २३ जिल्लाहरु
- सप्तरी
- सिरहा
- धनुषा
- महोत्तरी
- रौतहट
- सर्लाही
- बारा
- पर्सा
- मकवानपुर
- झापा
- मोरङ
- सुनसरी
- उदयपुर
- नवलपरासी
- चितवन
- सिन्धुली
- दाङ
- बाँके
- रुपन्देही
- कपिलवस्तु
- बर्दिया
- कैलाली
- कञ्चनपुर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।