काठमाडौं- सहज तरिकाले कोठा वा फ्ल्याट उपलब्ध गराउने उद्देश्यले केही समय अघिदेखि घरभेटी डटकम अनलाइन सञ्चालनमा आएको छ। अत्यधिक जनसंख्याको चाप, असुरक्षित वातावरण तथा आफू अनुकूल कोठा नपाउने समस्याको समाधानका लागि अनलाइन सञ्चालनमा आएको हो।
घरभेटी डटकमको मोबाइल एप पनि छ। जसले गर्दा वेबसाइट वा मोबाइलबाट कोठा भाडामा लिन र दिन सकिने सुविधा छ। यसले युटिलिटी टुलमा रोजेको जस्तो कोठाको सूचना प्रदान गर्ने ‘नोटिफाई रुम’ प्रविधि भनेर विकास गरेको छ। यसैको मद्दतले खाजेको जस्तो कोठा भाडामा पाउन सकिन्छ। साथै प्रिबुकिङ फिचरको सहयोगले घरभेटीले कोठा खाली हुनु अगावै उक्त कोठा भाडामा लागिरहेको विवरण उपलब्ध गराउन सक्नेछन्।
एपका फिचरहरु
आफूले चाहेको ठाउँमा र खोजेको बजेटभित्र कोठा, फ्लाट, घर वा होस्टल पाउन सकिन्छ।
घरभेटी एपले आफूले चाहेजस्तो कोठा वा फ्ल्याट भेट्टाउन नोटिफाई भन्ने फिचरमार्फत इमेल र मोबाइल एपद्वारा नोटिफिकेसन पठाउँछ।
घरभेटीले कोठा, फ्ल्याट वा घर खाली हुनुभन्दा अगाडि नै प्रिबुकिङ गर्नका निम्ति पोस्ट गर्न वा लिस्टिङ गर्न सक्नेछन् । प्रिबुकिङ फिचरले गर्दा कोठा खाली हुनुअगावै भाडा लगाउन सकिनेछ।इन्टरनेट ब्राउजरमा gharbheti.com मा टाइप गरी यसको प्रयोग गर्न सकिन्छ। त्यसपश्चात् आफ्नो आवश्यकता अनुसार कोठा, फ्ल्याट, घर वा होस्टल सर्च गर्नुहोस् वा छान्नुहोस्। आफूलाई मन परेको कोठा वा फ्ल्याटको विवरण हेरी एप्लाई गर्नुहोस्। त्यसपछि तपाईंको सम्पर्क सिधै घरभेटीसँग हुनेछ।
Google Play Store मा गई gharbheti app लाई डाउनलोड गरि सहजै यसको प्रयोग गरि लाभ लिन सकिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।