काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४२ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ। कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ हजार १ सय १६ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १ हजार ६ सय ९९ रुपैयाँ दिएको थियो।
कम्पनीले लगानीकर्तालाई १ अर्ब ३० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो। साथै, कम्पनीले लगानीकर्तालाई प्रतिसेयर २८ रुपैयाँ ५३ पैसा बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।