ब्रसेल्स– युरोपेली युनियन (इयु)का सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक सङ्कटबाट उठाउन पहिलो किस्ता बापत बुधबार ५ दशमलब ७ अर्ब युरो उपलब्ध गराउने भएका छन्।
कारोबारको माध्यम युरो बनाएका इयुका १९ वटै सदस्य राष्ट्रले आर्थिक सङ्कटबाट पार लगाउन ग्रीसलाई दिन सहमत यो पहिलो किस्ता हो।
यसले ग्रीसलाई यहि वर्षभित्र जमानत कार्यक्रमबाट फिर्ता हुने बाटोलाई सहज बनाउने अपेक्षा गरिएको छ।
युरोको प्रचलन रहेका सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक मन्दीबाट बाहिर ल्याउन सन् २०१० पछि ल्याएको तेस्रो राहत कार्यक्रम अन्तर्गतको पहिलो किस्तास्वरूप ५ दशमलब ७ अर्ब युरो पुर्याउनका लागि तोकिएको आफ्नो भाग उपलब्ध गराउन गत जनवरीमा सहमति जनाएका थिए।
बाँकी एक अर्ब युरो भने ग्रीसले अन्तिम सुधारको काम नगरेसम्म रोकिने र मेभन्दा पहिले नदिने दाताहरूले जनाएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।