काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ करोड ७१ लाख ९२ हजार ८ सय ९३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
मंगलबार दुई वाणिज्य बैंक, एक बिमा कम्पनी र एक लघुवित्त कम्पनीको सेयर सूचीकृत भएको हो।
यस दिन स्ट्यान्डर्ड चाटर्ड बैंकको ४ करोड ५७ हजार १ सय ५३ कित्ता तथा माछापुच्छ्रे बैंकको ६६ लाख ५१ हजार ४ सय ९० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यता एभरेष्ट इन्स्योरेन्स कम्पनीको २ लाख २ हजार ५ सय कित्ता बोनस सेयर सूचीकृत भएको छ। यस्तै, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको २ लाख ८१ हजार ७ सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।